This entry was posted on Monday, February 9th, 2009 at 11:5 and is filed under "मेरो कबिताहरु". You can follow any responses to this entry through the RSS 2.0 feed.
You can leave a response, or trackback from your own site.
of course your feelings favor you and it is nice too but in the last line of poem ”I knew my love for you was never going to die” meant different to the concept of hole poem. Because the title of poem “when I first saw you” and coded line is contrast.
सर्बप्रथम त सम्पूर्ण मित्रजनहरुलाई न्यानो नमस्कार,
भन्नै पर्दा म कुनै साहित्यकार होइन, न त म कुनै कबिताकार नै हो, न त कथाकार नै । तर साहित्य रुचाउने एउटा पारखी चाँही भन्दा बेश होला जस्तो लाग्छ मेरो बिचारमा । तर पनि जिन्दगीको भोगाइबाट हामीहरुले धेरै कुरा सिकिदै जाने रहेछौ । त्यसैले कहिले काही यही जिन्दगीको तितो मिठो अनुभवहरुबाट जन्मिएको भावहरुलाइ मैले आफ्नो यस ब्लगमा राख्ने जमर्को गरेको छु । शायद तपाईंहरुको बिचारमा यो उपयुक्त साबित नहुन सक्छ । तर पनि सिर्जना त सिर्जना नै हो, चाहे त्यो ठूला साहित्यकारले गरेको होस या एउटा सामान्य मानिसले नै किन नहोस ।
मेरो बिचारमा कुनै पनि सिर्जनाहरु दिमागले लेखिने गरिदैन, यो त हृदयबाट निस्किने एउटा उपज हो । साहित्यको सिर्जना गर्न चाहनु हुन्छ र त्यस बखत तपाईंहरुले दिमाग लगाउनु हुन्छ भने शायद त्यो तपाईंको मुर्खता सिवाय अरु केही पनि कहिदैन । त्यसैले एक पटक मनले सोच्नु होस, सिर्जना आफसेआफ उब्जिएर आउने गर्छ ।
हुन सक्छ मेरो यो कुराहरु तपाईंहरुलाई सही नलाग्ला । यदी तपाईं सही अर्थमा साहित्य रुचाउनु हुन्छ भने, साहित्य प्रति झुकाब छ भने मेरो यस अभिब्यक्तिले चोट पुर्याउन गएको खन्डमा दुई हात जोडी माफी माग्ने छु किनकी मैले अगाडि नै भनी सकेको छु कि म कुनै साहित्यकार होइन ।
हुन त म सानै उमेर देखी नै कहिले काही साहित्य फाट्मा हात लगाइ रहने भएको हुँदा आज पनि त्यही प्रभावले कहिले काही आफ्नो काम र ब्यस्ततालाई थाती राख्दै सेतो क्यान्भाषमा कालो मसी दौडाउने प्रयास गर्छु । म भित्र साहित्य शब्दहरुको धेरै अभाव छ, तर पनि मनले सोचेर लेख्ने गर्छु । तसर्थ आफ्नो सिर्जना आफूलाई मन पर्छ, तर यहाँहरुलाई ……………………. यहाँहरुको जिम्मा ।
वास्तवमा यो कुरा सही अर्थमा नै लेखिएको हुन सक्छ । “जहा पुग्दैन रबि, त्यहा पुग्न सक्छ कबि” एक पटक मनले सोचेर लेख्ने प्रयत्न मात्र तपाईंले गर्नु होस, तपाईंले सोच्न पनि सक्नु हुन्न कि तपाईंको सोच कहाँ कहाँ पुगी रहेको हुन्छ । त्यस्तै मेरो मन पनि थाहा नै नपाई कहिले काही कहाँ कहाँ उडी रहेको हुन्छ, कहाँ कहाँ पुगी रहेको hunchha । त्यस बखत नै कुनै सिर्जनाको सिर्जना हुन पुग्छ मेरो हातबाट । त्यती खेर लाग्ने गर्छ मलाई लेख्न चाहेर लेख्न सकिदैन, लेख्छु भनेर बस्दैमा लेख्न सकिदैन कुनै पनि सिर्जना । किनकी यो दिमागको देन होइन, यो त हृदयको सिर्जना हो ।
र त्यही सिर्जनाहरुको म एउटा फूलबारी बनाउने प्रयत्न गरी रहेको छु, तर लाग्छ तपाईंहरुको सहयोग र सल्लाह, सुझाब बिना म अपूरो नै हुन्छु जस्तो लाग्छ । त्यसैले मेरो www.meropaila.wordpress.com यो सिर्जानाको फूलबारीमा यहाँहरुलाई पटक पटक हेरी दिनु हुन, आफ्नो साथीभाइहरुलाई बाडी दिनु हुन अनुरोध गर्दै यहाँको सहयोग सदा सदैव मलजलको रुपमा पाइ रहने छु भन्ने कुरामा बिस्वस्त् छु ।
-राजु राई
of course your feelings favor you and it is nice too but in the last line of poem ”I knew my love for you was never going to die” meant different to the concept of hole poem. Because the title of poem “when I first saw you” and coded line is contrast.
As per my point of view, we could not meet any person who can forget the 1st love till the end of his life.
The 1st expression is the last and that’s what I believe.
BWT, thankgs for your suggestion……….