म किन बिदेश लाग्दै छु भन्ने मिती २०६१ जेष्ठ २३ गते लेखेको आफ्नो मनको कुरा यसरी राख्न पुगेको छु ।
नाम : राजु राई
बुवा : बित्नु भएको १० साल भाई सक्यो अनि घरमा ममी, दुई भाई र एक बहिनी ।
पारीवारिक अवस्था : निम्नस्तर
यसरी शुरु हुन्छ – मेरो पहिचान । दरिद्रता र गरीबीपनबाट झुल्किन अबसर पाएको मेरो दुई मुठी सासको जीन्दगीले आज सम्म पनि यही दरिद्र र गरीबी बीच नै जेनतेन आफूलाई बचाइ राखेको छ । हामी भन्ने गर्छौ, ईश्वर मानिसको मनमा हुन्छ, अरुको मनमा खुशी भर्नु, ईश्वर प्राप्तिको अनुभूती हुन्छ, तर किन फेरी ईश्वर प्राप्तिको लागि अरुको काँध चढेर हामी मन्दिर, मस्जिद, गुम्बा, चर्च धाउने गर्छौ ? आखिर मानिसको बोलाई र सोचाइमा यत्रो भिन्नता किन ? पिठ्यूमा बिस्वासघातको छुरा रोपेर आफन्तको मल्हम लगाउनु नै मानिसको पहिचान हो भने म आफूलाई मानिस भनेर चिनाउन चाहन्न ।
मानिसहरु बेला बेलामा आवाज लिएर उठ्ने गर्छन् । कहिले नारी, कहिले पुरुष त कहिले जातीय भेदभाव । तर यी सब फजुल बिषय हो जस्तो मलाई लाग्छ । कसैसँग सम्पत्ति छ भने उसको जात, धर्म, सँस्क्रिति केही हेरिदैन, तर ऊ गरीब छ भने चाहे उसको जात माथिल्लो होस वा उसको धर्म, सँस्क्रिती, तपाईं र हाम्रो नजरमा ऊ कमजोर हुन्छ, तल्लो हुन्छ, केवल निहत्था मूल्य सरीको हुन्छ – जसको ज्वलन्त उदारहण् स्वयम म नै हुँ ।
आफन्तको भीडमा रमाएको गरीब त लाचार हुन्छ, कमजोर मानिन्छ भने त्यो ब्यक्ति जसको खुला आकाश छानो हुरी बतासले उडाइ दिएको पित्रु ममताबाट बन्चित न आफ्नो कुनै पन न पहिचान केवल बिशेषताको खात छ म माथि त्यो हो गरीबीपन ।
तपाईं आफूलाई ईश्वरको भक्त भन्ने गर्नु हुन्छ, मन्दिर गएर तमाम प्रसाद अनि नगद पनि चढाउनु हुन्छ । शायद विश्वाश गर्नु होस – तपाईंको उद्धेश्य मन्दिरको पूजारी धनी होस भन्ने हो भने त मेरो भन्नु केही पनि छैन । तर ईश्वर प्रति आस्था राखेर इच्छा पूर्तिको आशा हुँदैन – मेरो ब्यक्तिगत अभिब्यक्तिमा । यहाँ एउटा मन्दिर बनाउनुको कुनै औचित्य छैन किनकी मन्दिर इश्वरको घर हो, अनि तपाईं र हामीहरुले इश्वरलाई यो धर्ती छोड्न वाध्य बनाएको पनि धेरै भैसक्यो । एउटा रित्तो घरमा आफन्तको आवाज खोज्नु भन्दा कुनै फरक छैन शायद मन्दिरमा आस्था राख्नु । तर किन बुझ्दैनौ हामी सभ्यताको आवरणमा लुक्न खोज्ने असभ्य नेपालीले तिमीलाई सबै भन्दा दु:ख कहिले लाग्छ भनेर सोध्नुस । कसैले टुहुरो भनेर बोलाँउदा भन्ने आवाज आउछ । प्रत्येक क्षणमा भौतारिने टुहुरोको नाम त एउटै छ, जात अनी मानिसको जस्तै छ, मन पनि अरुको जस्तै नै । दु:खमा आँसु झर्ने अनि सुखमा हासो छुट्ने, मुटु भरी तमाम सपना तर पहिचान किन फरक छ – एउटा टुहुरोको । के गरीब हुनु को टुहुरोको बिशेषता हो । गरीबी नै टुहुरोको पहिचान हो भने त्यस्तो मानिस् संसारमा बिरलै मात्रा होलान्, जसलाई गरीबको उपनाम दिन नमिलोस ।
यो गरीब भन्ने शब्द कसले बनायो अनि आज यो गरीबको उपनाम पाएको मलाई अनायसै दु:ख झेल्नु पर्ने वाध्य कसले बनायो ? रहरले कोही गरीबीको खाल ओढेर बस्न रुचाउछ ? रहरले कोही दश ठाउँ टालिएको लुगामा सजिन चाहन्छ त ? तर आज भोलिका सभ्य भनाउदा मानिसहरु यी सब कुराहरु सोच्दैनन, केवल उनीहरुलाई घ्रिणित रुपमा मात्र हेर्छन र हेरी रहेका छन । फर्केर आफ्नो बिगतलाई हेर्नु कतै तपाईंको क्षणिक आनन्द आज गल्ली गल्लीमा भौतारिन बाध्य त छैन ? जसरी म हर पल, हर क्षण पैसा कमाएर आजका धनी भन्ने सँस्कृतिलाई बुचो लगाउनको निम्ती सपनीमै प्रत्येक रात बिहानीको किरणसँगै ब्युझिन वाध्य भएको छु । मानिसहरु अरुलाई चरित्रहीन भनेर आक्षेप लगाउनु सक्नु हुन्छ, तर आफ्नो बारेमा सोच्नु हुन्न । अरुलाई आक्षेप लगाउनु भन्दा पहिला आफ्नो शरीरलाई नियाल्न जानेका छैनौ ।
आउनु होस अब तिनको सँसारमा छिरौ, जो मानिसको नजरमा गरीबको उपनामले चिनिन्छन, अझ त्यस माथि उसमा अर्को बिशेषताको खात छ – टुहुरोको । अर्थात म बर्षीय केटो २ बर्ष अघि गाइघाटबाट उच्च शिक्षाको लागि काठमाण्डौ छिरे । छिर्दा जति सपना सजाएको थिए, त्यो सब अर्थहिन साबित भै रहेछ आज । म मात्र होइन, मेरा अरु कयैन साथीहरु पनि यस्तै शब्दहरु दोहोर्याउन वाध्य छन । एकै छिन तपाईं आफ्नो बारेमा सोच्नु होस, अरुको प्रगती देखेर तपाईं कहिले हास्नु भएको छ? तपाईं हास्नु हुन्न, तपाईंलाई डाहा लाग्न सक्छ किनकी तपाईं पनि त्यही स्वार्थी सँस्कारमा मौलाउदै हुनु हुन्छ, तर एउटा आमाले आफ्नो छोराछोरीहरुलाई पालनपोषण गरी रहेछन ता कि तिनीहरुको भबिष्य उज्वल हुन सकोस भनेर । यस्तै छ मेरो जिन्दगी, हामीलाई यहाँसम्म पुर्याउनको निम्ति मेरो आमाले धेरै दु:ख, समस्यासँग जुध्नु भएको छ र जुधी रहनु भएको छ अझै सम्म पनि । तर अति भईसक्यो मेरो बिचारमा । त्यसैले अब उप्रान्त म मेरी आमालाई दु:ख दिने छैन, दु:खमा झेलिएको देख्न चाहन्न र चाहदिन पनि । त्यसर्थ मैले जसरी होस, पैसा कमाउनु पर्दछ – आफ्नो आगत इतिहासको लागि, आफ्नो लागि नभए पनि आफ्नो आमा र भाईबहिनीहरुको लागि । यही सोच्दै पल पल बितिरहेको छ, अनि दिन बित्छ, हप्ता सकिन्छ, महिनाको पात्रो पल्टिन्छ, बर्ष सकिन्छ, तर मेरा समस्याहरु ज्यूका त्यू नै छ । यद्धपी मैले हार नखाइ अगाडि बढ्ने सोच बनाएको छु किनकी म आज पैसाको महत्व र औचित्यको अर्थ बुझ्दैछु र पैसा र धनीत्वको अर्थ पनि । यसैले अरु मानिसहरुको पहिचान बनाइ रहेको छ र म पनि आतुर छु – आफ्नो पहिचान बनाउन, पैसाको बोट फलाउन । तर अफसोचको कुरा यसमा छ कि पैसा फलाउने बोट अहिले सम्म भेट्न् सकी रहेको छैन । कतै देश बाहिर पो छ कि, शायद मेरो गन्तब्य त्यती तिर हो कि ? यती खेर मैले “मा” भन्ने अहमा भावनालाई त्यागेर मेरो परिवारअको लागि “हामी” भन्ने सोच लिएर त्यता तिर लम्किने सोच लिएको छु, आखिरमा मलाई पनि आफ्नो आमाको असल छोरा र मेरा भाईबहिनीहरुको एउटा कर्तब्यनिष्ठ दाजु बनेर देखाउनु छ ।
Like this:
Be the first to like this post.