“संसारको नियम”

March 30, 2009

श्री रुपेश कुमार श्रेष्ठ 13556
काठमाडौं , नेपाल
हाल ; अल जाबर ग्यारेज  कम्पनी
दोहा कतार !!!! 
 

संसारको यही नियम छ रे !
मृत्‍युको कात्रो ओढनै  पर्ने !!

यो शरीरको अस्तित्व  के छ र ?
जलेर खरानी हुनै पर्ने !!  

नगर कहिले घमन्ड सम्पत्तिको तिमी !
एकदीन कंगाल् हुनै पर्छ !!  

ताकत के हो र अर्थ के यसको
जलेर खरानी हुनै पर्छ !!  

आज लाउ माया ;दिल खोलेर लगाउ माया !
संसार जित्ने छौ पौरख बिना !!  

प्रेमबाद चोखो हरेकलाई !
अमर हुनेछौ निस्वार्थ दिलले मरेर पनि तिमी  यहाँ !!


“शुभकामना”

March 30, 2009

कर्ण बस्नेत10792-149-x-2251
सोलुखुम्बु, नेपाल
हाल ; अल जाबर ट्रेडीङ एन्ड् कंट्राक्टिंग कम्पनी
दोहा कतार !!!!!!!!!

नव वर्ष २०६६ सालको पुनित अवसरमा सम्पूर्ण देश विदेशमा रहनु भएका आदरणीय मित्रगण, दाजु-भाई तथा दिदी-बहिनीहरुमा सु-स्वास्थ, दिर्घ जीवन एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै यो २०६६ साल हामी सबैमा शान्तिमय, भयरहित जीवन जिउनमा प्रेरक बनोस यही छ मेरो शुभ कामना !!!!!
 

वसन्तको पालुवा सगैँ आउदै छ नव वर्ष हामी माझमा !
सदा हर्ष उमगँ छाओस  साल भरिमा !!

पानी जस्तै पबित्र रहोस गहिरिदै जाओस भावना !
पुरयाउन सक्षम बनोस यो साल नयाँ संबिधानको माझमा !!

म के दिन सक्छु र तिमीलाई खुशियालीको यो क्षणमा !
मात्र ०५ अङ्क मिलायर सानो शब्द शुभ-कामना !!

नव वर्ष पनि आइ रहेकोछ स्वागत गर्न संबिधानको हामीमा!
नयाँ बर्ष २०६६  सालको यही छ मेरो पुन शुभ-कामना, शुभ-कामना !!!!!


“Love Is Blind”

March 28, 2009

Once there was a blind girl, she used to hate every one except her Boy friend. She always used to say I’ll marry you, if I could see you. Suddenly some one donated eyes to that Girl and now she was able to see every thing. She was shock to see that her Boy Friend was also blind. Boy Friend asked will you marry me now? She simply refused & boy turns back with lot of tears by saying Just TAKE CARE OF MY EYES……………!

 


“मेरो complain मलाई नै”

March 23, 2009

म बिगत ४ साल देखी Al Jaber Trading & Contracting Company, Doha, Qatar मा कार्यरत छु । म जब देखि Qatar आएको छु, त्यो दिन देखि नै म Main Office मा काम गर्दै आएको थिए, तर कम्पनीले निकै ठुलो Project पाएको कारणले मलाई मेरो Manager ले Al Khor Housing Project मा H.R. Site Administrator को रुपमा पठाउने कुरा मेरो सामु राख्यो । मैले आफ्नो Manager ले भनेको कुरालाई नकार्ने कुरा नै उठेन ।

मैले काम गर्ने Company मा काम गर्नेहरु मध्येमा नेपालीहरुको सँख्या निकै ठूलो मात्रमा छ् । Company मा काम गर्ने नेपालीहरु साथीभाइहरुले केही समस्याहरु परेको खण्डमा धेरै जसो मात्रमा मलाई नै कल गर्ने गर्थ्यो । मान्छे यही हो भनेर नचिने पनि Site मा काम गर्ने केही नेपाली साथीभाइहरुबाट मेरो Mobile Number नफैलिने त कुरै थिएन । त्यही भएकोले कति नेपाली साथीहरुले मलाई नचिने पनि सोल्टीको नाता लगाउदै भए पनि सहयोगको अपेक्षा गर्नु हुन्थ्यो र म पनि सक भर आफ्नो नेपाली साथीभाइहरुलाई सहयोग गर्न तयार हुन्थे । यसो गर्नुमा मलाई सन्तोष पनि मिल्ने गर्थ्यो, तर कति पय अवस्थामा त चाहदा चाहदै पनि म उहाहरुलाई म आफ्नो सहयोग प्रदान गर्न असमर्थ हुन्थे । त्यसमा पनि ९०% नेपाली साथीभाइहरु त semi-skilled र labor कामको लागि मात्र छन । त्यो हुँदा खेरी धेरै जसो समस्याहरु त आफन्तहरुको मात्र हुने गरेको अनुभव छ मसँग ।

कसैले तलब नपाएको त कसैले छुट्टी जानको लागि त कसैले काम नपाएको अनि कसैले ticket refund को पैसाको बारेमा सोधपुछ गर्नु हुन्थ्यो मसँग । आफ्नो उत्तरदायित्वमा भएको काम त म तत्कालाई solve गरी दिन्थे, तर कती पय काम त मसँग सम्बन्धित नभएर अरुसँग हुने गर्थ्यो । त्यस बखत म आफ्नो नेपाली साथीभाइहरुको समस्या लिएर सम्बन्थित staff सँग जान्थे । कति पय अवस्थामा त ती समस्याहरु चाडै नै solve हुने गर्थ्यो त कहिले त समाधान नै हुँदैन थियो । यस्तो बेला ती नेपाली साथीभाइहरु म सँग रिसाउने गर्थ्यो । कतिलाई सम्झाउने पनि गर्थे, तर कतिलाई सम्झाएर पनि site अनि camp मा मेरो बारेमा नराम्रो नराम्रो कुराहरु अरुलाई सुनाउदै हिंड्ने गर्थ्यो ।

यस्तै घट्ना एकदिन मेरो सामु नै घट्न पुग्यो । लगभग आज भन्दा ९ महिना अगाडिको कुरा हो । म Al Khor Housing project मा जानु पूर्व main office काम गर्दा एक जना नेपालीले फोन गरी आफ्नो समस्या सुनायो । छुट्टी जानको लागि main office मा आफ्नो document दिएको एक महिना भै सकेको रहेछ, तर पनि त्यो समय सम्म उहाले final settlement पाउनु भएको रहेनछ । त्यही भएर उहाले मलाई सक्दो सहयोग गरी दिनु अनुरोध गर्नु भयो । मैले पनि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने सोच लिएर सम्बन्धित section को स्टाफलाई त्यो काम चाडो भन्दा चाडो सकी दिनको लागि मैले आग्रह गरे । तर त्यो स्टाफ Egyption मूलको परेको हुनाले इन्सल्लाह मात्र भने ।

त्यसको लगतै म भोलि पल्ट म Site मा Transfer भए । त्यो भएकोले गर्दा मैले पनि त्यो नेपाली साथीको समस्यालाई त्यति राम्रो सँग follow up गर्न सकिन किनभने म Site मा काम गर्न थाले पछि मेरो main office जाने काम पनि त्यति नै हुँदैन थियो । site गएको ५ दिन बिहान् ८ बजे तिर म आफ्नो काम गरी रहेको थिए, एउटा Time keeper ले एक जना नेपालीलाई केही समस्या छ भनेर मेरो अगाडि ल्यायो अनि मैले उहालाई आफ्नो समस्या भन्न लगाए । “सर! मै vacation जना चाहता हुँ, (धेरै जस्तो नेपालीले यहाँ हिन्दी भाषा नै प्रयोग गर्ने गर्छ) मैने अफिसमे काम कर्ने वाला राजुको फोन करके सब कुछ बता दिया था, फिर भि उसने अभी तक कुछ भि नही किया है, सार पहाडीयाकी ! (धनुषा जिल्लाको नेपाली थियो, त्यही भएर मैथिली पनि मिसाउथ्यो) मै नेपाल जाके forum को रिपोर्ट कर दुङा उनके खिलाफ” यसरी मेरो सामु उहा महानुभावले मेरो नै complain गर्नु भयो । आँखा भरी आसु चुहाउन थाल्यो, त्यो देखेर मेरो पनि मन पग्लिनु स्वाभाविकै थियो किनकी म पनि नेपाली हुँ । त्यस पछि मैले त्यति खेर नै अफिसमा फोन गरेर त्यो समस्याको बारेमा सोधे । final settlement तयारीमा नै रहेछ । अनि मैले उहालै सम्झाउदै भने “आपका पैसा आज साम camp मे ही आएगा । आप अभी अपना camp मे जाइए । अगर आज आपको पैसा नही मिला त कल इधर फिर मेरे पास आईए, मै फिर फोन कर देगा अफिसमे।” त्यस पछि आफ्नो गम्छाले आसु पुछ्न थाल्यो । मलाई “शुकृया” दिदै जान लागेको त्यो नेपाली (उमेरमा म भन्दा धेरै ठुलो थियो)रोक्दै सोधे “आपने कभी राजुको देखा है?” “नही” भन्दै उहाले आफ्नो बाटो ततायो ।

त्यसको २ दिन पछि त्यो नेपाली दाई नेपाल उडी सकेको खबर मेरो कानमा पर्‍यो, तर उहाले जस्को complain जसलाई सुनायो, त्यो मान्छे पनि complain सुनी दिने मान्छे नै हो भनेर थाहा पाए कि पाएन, त्यो त मलाई थाहा हुन सकेन, तर मलाई अझै पनि मेरो दिमागमा उहाले भनेको कुरा अझै घुमी रहेको छ “सार पहाडीया अनि forum को रिपोर्ट” ।


“केही मुक्तकहरु”

March 23, 2009

- राजु राई

“प्रहर”

हृदय छट्पटिने छ जब हाम्रो मिलन हुने छैन
बैचन हुन्छ हृदय जब तिमीसङ कुरा हुने छैन
तिम्रो ज्यानको कसम तिम्रो सम्झना नआएको त
यस्तो कुनै प्रहर नै मेरो हुने छैन

“तिम्रो याद”

साँस लिनु भन्दा अघि तिम्रो याद आउने गर्छ
मेरो हरेक साँसमा तिम्रो खुश्बु आउने गर्छ
कसरी भनु तिमीलाई कि म यही साँसले बाचेको छु
जब कि साँस लिनु भन्दा अघि तिम्रो याद आउने गर्छ

“आसुको थोपा”

तिमीलाई भेट्ने मौका मेरो सामु आयो
तर मेरो खुट्टामा बाधिएको जन्जीर याद आयो
जति पनि आँसु बगाए तिम्रो यादमा
हर आँसुको थोपामा तिम्रो तस्बिर याद आयो

“धोकेबाज”

धोकाको कुरा नगर मेरो साथीहरु हो
धोका शब्दले हृदय दुखाउने छ
जब धोकाको कुरा आउने गर्छ
तब एउटा धोकेबाजको याद आउने छ


“म किन बिदेश लाग्दै छु”

March 22, 2009

म किन बिदेश लाग्दै छु भन्ने मिती २०६१ जेष्ठ २३ गते लेखेको आफ्नो मनको कुरा यसरी राख्न पुगेको छु ।

नाम     : राजु राई

बुवा       : बित्नु भएको १० साल भाई सक्यो अनि घरमा ममी, दुई भाई र एक बहिनी ।

पारीवारिक अवस्था : निम्नस्तर

यसरी शुरु हुन्छ – मेरो पहिचान । दरिद्रता र गरीबीपनबाट झुल्किन अबसर पाएको मेरो दुई मुठी सासको जीन्दगीले आज सम्म पनि यही दरिद्र र गरीबी बीच नै जेनतेन आफूलाई बचाइ राखेको छ । हामी भन्ने गर्छौ, ईश्वर मानिसको मनमा हुन्छ, अरुको मनमा खुशी भर्नु, ईश्वर प्राप्तिको अनुभूती हुन्छ, तर किन फेरी ईश्वर प्राप्तिको लागि अरुको काँध चढेर हामी मन्दिर, मस्जिद, गुम्बा, चर्च धाउने गर्छौ ? आखिर मानिसको बोलाई र सोचाइमा यत्रो भिन्नता किन ? पिठ्यूमा बिस्वासघातको छुरा रोपेर आफन्तको मल्हम लगाउनु नै मानिसको पहिचान हो भने म आफूलाई मानिस भनेर चिनाउन चाहन्न । 

मानिसहरु बेला बेलामा आवाज लिएर उठ्ने गर्छन् । कहिले नारी, कहिले पुरुष त कहिले जातीय भेदभाव । तर यी सब फजुल बिषय हो जस्तो मलाई लाग्छ । कसैसँग सम्पत्ति छ भने उसको जात, धर्म, सँस्क्रिति केही हेरिदैन, तर ऊ गरीब छ भने चाहे उसको जात माथिल्लो होस वा उसको धर्म, सँस्क्रिती, तपाईं र हाम्रो नजरमा ऊ कमजोर हुन्छ, तल्लो हुन्छ, केवल निहत्था मूल्य सरीको हुन्छ – जसको ज्वलन्त उदारहण् स्वयम म नै हुँ ।

आफन्तको भीडमा रमाएको गरीब त लाचार हुन्छ, कमजोर मानिन्छ भने त्यो ब्यक्ति जसको खुला आकाश छानो हुरी बतासले उडाइ दिएको पित्रु ममताबाट बन्चित न आफ्नो कुनै पन न पहिचान केवल बिशेषताको खात छ म माथि त्यो हो गरीबीपन ।

तपाईं आफूलाई ईश्वरको भक्त भन्ने गर्नु हुन्छ, मन्दिर गएर तमाम प्रसाद अनि नगद पनि चढाउनु हुन्छ । शायद विश्वाश गर्नु होस – तपाईंको उद्धेश्य मन्दिरको पूजारी धनी होस भन्ने हो भने त मेरो भन्नु केही पनि छैन । तर ईश्वर प्रति आस्था राखेर इच्छा पूर्तिको आशा हुँदैन – मेरो ब्यक्तिगत अभिब्यक्तिमा । यहाँ एउटा मन्दिर बनाउनुको कुनै औचित्य छैन किनकी मन्दिर इश्वरको घर हो, अनि तपाईं र हामीहरुले इश्वरलाई यो धर्ती छोड्न वाध्य बनाएको पनि धेरै भैसक्यो । एउटा रित्तो घरमा आफन्तको आवाज खोज्नु भन्दा कुनै फरक छैन शायद मन्दिरमा आस्था राख्नु । तर किन बुझ्दैनौ हामी सभ्यताको आवरणमा लुक्न खोज्ने असभ्य नेपालीले तिमीलाई सबै भन्दा दु:ख कहिले लाग्छ भनेर सोध्नुस । कसैले टुहुरो भनेर बोलाँउदा भन्ने आवाज आउछ । प्रत्येक क्षणमा भौतारिने टुहुरोको नाम त एउटै छ, जात अनी मानिसको जस्तै छ, मन पनि अरुको जस्तै नै । दु:खमा आँसु झर्ने अनि सुखमा हासो छुट्ने, मुटु भरी तमाम सपना तर पहिचान किन फरक छ – एउटा टुहुरोको । के गरीब हुनु को टुहुरोको बिशेषता हो । गरीबी नै टुहुरोको पहिचान हो भने त्यस्तो मानिस् संसारमा बिरलै मात्रा होलान्, जसलाई गरीबको उपनाम दिन नमिलोस ।

यो गरीब भन्ने शब्द कसले बनायो अनि आज यो गरीबको उपनाम पाएको मलाई अनायसै दु:ख झेल्नु पर्ने वाध्य कसले बनायो ? रहरले कोही गरीबीको खाल ओढेर बस्न रुचाउछ ? रहरले कोही दश ठाउँ टालिएको लुगामा सजिन चाहन्छ त ? तर आज भोलिका सभ्य भनाउदा मानिसहरु यी सब कुराहरु सोच्दैनन, केवल उनीहरुलाई घ्रिणित रुपमा मात्र हेर्छन र हेरी रहेका छन । फर्केर आफ्नो बिगतलाई हेर्नु कतै तपाईंको क्षणिक आनन्द आज गल्ली गल्लीमा भौतारिन बाध्य त छैन ? जसरी म हर पल, हर क्षण पैसा कमाएर आजका धनी भन्ने सँस्कृतिलाई बुचो लगाउनको निम्ती सपनीमै प्रत्येक रात बिहानीको किरणसँगै ब्युझिन वाध्य भएको छु । मानिसहरु अरुलाई चरित्रहीन भनेर आक्षेप लगाउनु सक्नु हुन्छ, तर आफ्नो बारेमा सोच्नु हुन्न । अरुलाई आक्षेप लगाउनु भन्दा पहिला आफ्नो शरीरलाई नियाल्न जानेका छैनौ ।  

आउनु होस अब तिनको सँसारमा छिरौ, जो मानिसको नजरमा गरीबको उपनामले चिनिन्छन, अझ त्यस माथि उसमा अर्को बिशेषताको खात छ – टुहुरोको । अर्थात म बर्षीय केटो २ बर्ष अघि गाइघाटबाट उच्च शिक्षाको लागि काठमाण्डौ छिरे । छिर्दा जति सपना सजाएको थिए, त्यो सब अर्थहिन साबित भै रहेछ आज । म मात्र होइन, मेरा अरु कयैन साथीहरु पनि यस्तै शब्दहरु दोहोर्याउन वाध्य छन । एकै छिन तपाईं आफ्नो बारेमा सोच्नु होस, अरुको प्रगती देखेर तपाईं कहिले हास्नु भएको छ? तपाईं हास्नु हुन्न, तपाईंलाई डाहा लाग्न सक्छ किनकी तपाईं पनि त्यही स्वार्थी सँस्कारमा मौलाउदै हुनु हुन्छ, तर एउटा आमाले आफ्नो छोराछोरीहरुलाई पालनपोषण गरी रहेछन ता कि तिनीहरुको भबिष्य उज्वल हुन सकोस भनेर । यस्तै छ मेरो जिन्दगी, हामीलाई यहाँसम्म पुर्याउनको निम्ति मेरो आमाले धेरै दु:ख, समस्यासँग जुध्नु भएको छ र जुधी रहनु भएको छ अझै सम्म पनि । तर अति भईसक्यो मेरो बिचारमा । त्यसैले अब उप्रान्त म मेरी आमालाई दु:ख दिने छैन, दु:खमा झेलिएको देख्न चाहन्न र चाहदिन पनि । त्यसर्थ मैले जसरी होस, पैसा कमाउनु पर्दछ – आफ्नो आगत इतिहासको लागि, आफ्नो लागि नभए पनि आफ्नो आमा र भाईबहिनीहरुको लागि । यही सोच्दै पल पल बितिरहेको छ, अनि दिन बित्छ, हप्ता सकिन्छ, महिनाको पात्रो पल्टिन्छ, बर्ष सकिन्छ, तर मेरा समस्याहरु ज्यूका त्यू नै छ । यद्धपी मैले हार नखाइ अगाडि बढ्ने सोच बनाएको छु किनकी म आज पैसाको महत्व र औचित्यको अर्थ बुझ्दैछु र पैसा र धनीत्वको अर्थ पनि । यसैले अरु मानिसहरुको पहिचान बनाइ रहेको छ र म पनि आतुर छु – आफ्नो पहिचान बनाउन, पैसाको बोट फलाउन । तर अफसोचको कुरा यसमा छ कि पैसा फलाउने बोट अहिले सम्म भेट्न् सकी रहेको छैन । कतै देश बाहिर पो छ कि, शायद मेरो गन्तब्य त्यती तिर हो कि ? यती खेर मैले “मा” भन्ने अहमा भावनालाई त्यागेर मेरो परिवारअको लागि “हामी” भन्ने सोच लिएर त्यता तिर लम्किने सोच लिएको छु, आखिरमा मलाई पनि आफ्नो आमाको असल छोरा र मेरा भाईबहिनीहरुको एउटा कर्तब्यनिष्ठ दाजु बनेर देखाउनु छ ।


“पहिलो प्रेमको लक्षण”

March 16, 2009

के तपाईंले कहिले याद गर्नु भएको छ कि तपाईं पहिलो पटक कसैको प्रेममा फस्नु भएको छ या कसैलाई तपाईंले चाहनु भएको छ भने तपाईंमा के के कुराहरुको भिन्नता आउने छ । एक पटक कोशीश गरेर हेर्नु होस त तपाईंको सोचाइ र मेरो सोचाइमा मेल खाने छ कि छैन

१३. तपाईं  उ प्रती एक अथवा दुई मिनेट भन्दा बढी पागल हुन सक्नु हुन्न । वास्तवमा तपाईंले उ प्रती पागल हुन धेरै मेहनत गर्नु पर्छ।
१२. तपाईं  उसले पठाएको मेसेज घरी घरी हेर्नु हुने छ ।
११. जती खेर उ तपाईंसँग हुन्छ, तब तपाईं  साच्चै नै बिस्तारै हिंड्नु हुने छ ।
१०. जब तपाईं  उसँग हुनु हुन्छ, तपाईंलाई शरम लाग्ने छ ।
९. जति खेर उसको बारेमा तपाईं सोच्ने हुन्छ, तपाईंको मुटु छिटो छिटो धडकने छ ।
८. तपाईं उसको कुरा सुनेर बिना कारण मुस्कुराउन थालनु हुने छ ।
७. जब उसलाई हेरी रहनु हुन्छ, तपाईं आफ्नो वरपर कसैलाई पनि हेर्नु हुने छैन ।  केवल तपाईं उसलाई मात्र हेर्नु हुने छ ।
६. तपाईं अनी स्लो गीतहरु सुन्न मन पराउनु हुन्छ ।
५. तपाईंले सोच्ने हर कुराहरुमा उसलाई पाउनु हुन्छ ।
४. उसको शरीरबाट आउने गन्ध मन पर्ने छ र सोही गन्धबाट नै तपाईंले उसलाई नदेखी पनि चिन्ने हुने छ ।
३. तपाईंलाई आँफै मुस्कुराइ रहेको आभाश हुने छ जती खेर तपाईं उसको बारेमा सोच्नु हुन्छ ।
२. उसको लागि तपाईं  जे पनि गर्न तयार हुन हुन्छ ।
१. जब तपाईं माथीका कुराहरु पढीरहेको हुनु हुन्छ, त्यती खेर तपाईंको दिमागमा बश एउटै मान्छे घुमी रहने छ ।


“उनले दिएको चोट”

March 12, 2009

- राजु राई
यो गीत मिती २०६५ फाल्गुन २८ गते लेखिएको हो ।

 
उनले मलाई आज यसरी चोट दियो
कि घाए बने पछि खबर सोध्यो
तर उनीसँग मेरो कुनै गुनासो छैन
दुनियाँले त मलाई हसाएर रुवाएर छोड्यो

पहिले ऊ मेरो लागि ज्यान दिन्छु भन्थ्यो
तर आज ऊ निकै माथि पुग्यो रे
मेरो नजिक आउँदा पनि अन्जान बनी
आज उनले मलाई चिन्न छोड्यो रे

ब्यथा नै भए पनि उनले उनले उपहार दिएको छ
तर उनको उपहार आज आसुँ बनी दिएको छ
म धोकेवाज हुँ भनी बद्नाम गर्‍यो मलाई
खुशी लाग्यो उनको ओठमा मेरो नाम त आएको छ ।


“मेरो सानुलाई एउटा प्रेम पत्र” भाग – ३

March 10, 2009

विश्वाश गरे, मुटु झिकेर तिमीलाई सुम्पी दिए
दुत्कारी दियौ, फट्कारी दियौ
त्यही शोकले आज म योगी भए
निश्ठुरीलाई माया गरी आँफैलाई जोगी बनाए

सुनेको थिए यो गीत एक ताका । सार्है नै मन छुने किसिमको गीत लागेको थियो मलाई । तर कहिले पनि सोचेको थिइन कि यो गीत जस्तै मेरो जीवनमा पनि यस्तै किसिमले घटना घट्ने छ भनेर । तर आज म योगी बन्नु र जोगी बन्नुको मझदारमा उभिएर सोच्न वाध्य भएको छु । सक्ने भए त शायद म पनि छाती चिरेर उनलाई कति माया गर्छु भनेर देखाउथे होला, तर त्यो पनि गरेर देखाउन सक्दिन । नजिक भए उनलाई कति माया गर्छु भनेर बताउथे होला, शायद मेरो हृदयका तमाम ब्यथाहरु अनि उनैको नामका कोरेका गीत, कबिता, मुक्तक सुनाउथे होला, उनको उनुपस्थितीमा मैले कसरी दिन रातहरु काटेको छु भन्ने कुरा त मलाई मात्र थाहा छ । भन्थ्यो साथीभाईहरुले कसैको माया मोहमा परियो भने दिनको भोक रातको निन्द्रा हराउछ रे । तर मैले त्यो कुरालाई त्यति खेर विश्वाश गर्न सकेको थिइन । तर आज यही कुरा अरु साथीहरुलाई सुनाउने गर्छु, उनीहरुले विश्वाश गर्दैन, जसरी मैले गरेको थिइन । शायद तिनीहरुले पनि कसैको मायालाई नजिक बाट नियालेर हेरेको छैन होला । तर सके सम्म मैले आफ्नो हृदयको अनेकौ भावनाहरु मेरी प्यारी सानुलाई ब्यक्त गर्ने प्रयास गरेको छु तर पनि उनले मेरो विश्वाश गरेको छैनन । आखिरमा किन त ?

मनभरी कयैन शोकहरु छन किन भने मैले उनलाई विश्वाश गरी आफ्नो मुटु दिने काम गरेको थिए । हरेक धड्कन धड्किनु भन्दा उनैको नाम लिने गर्थ्यौ मेरो मुटुले । मुटु मेरो भए पनि दासी त उनैको थियो । त्यही कारणले मैले आफ्नो मुटु पनि उनैको नाम गरी दिएको थिए । तर उनले मेरो मुटुलाई बिच दोबाटोमा नै छोडेर गइन । आज पनि मेरो मुटु उनी कहिले आउलिन भनेर प्रतिक्षाको झिनो आशा लिएर त्यही दोबाटोमा पर्खिरहेको छिन् । तर कहिले उनको मन फर्कने कुनै टुङो छैन । सुर्य कयौ पटक उदाइ सक्यो, कति पटक पुर्णिमाको चन्द्रमाले आफ्नो काचुली फेरी सक्यो, तर उनको मन शायदै अब पग्लिने छैन होला । शायद मोमको मुटु भाई दिएको भए, म पगाल्न पनि सक्थे होला, तर उनको मुटु त ढुङ्गाको पो रहेछ, पगाल्नै नसक्ने । कसैले कसैले भनेको थियो कि कसैको मुटु ढुङ्गा सरह सारो छ भने त्यसलाई फुटाउनु पर्छ भनेर तर म त्यसो पनि गर्न मानिन । कतै उनको मुटुलाई चोट लाग्ने छ भनेर मैले उनलाई टुटाउन चाहिन किन कि म उनलाई टुटाएर होइन न कि मनाएर आफ्नो बनाउन चाहन्थे । तर उनले त मेरो विश्वाशलाई यसरी लत्याइ दिइन कि म आज निश्ठुरीको माया लिई योगी र जोगी बन्नु सिबाय् केही गर्न सकीरहेको छैन ।

बाँकी चाँही अर्को पटक है सानु ।

यहाँ लेखिएको प्रेम पत्रलाई केवल काल्पनिक मानि दिनु हुन अनुरोध गर्दछु ।


“ठूले दाई”

March 9, 2009

- राजु राई
यो गीत मिती २०६५ श्रावण २५ गते लेखिएको हो ।

ठूले दाई हो$$$$ ठूले दाई बहिनी देउ हामीलाई
जेठी, माइली होइन, कान्छीइ चाहियो हामीलाई

लुकी लुकी हेर्छिन, भागी भेट्न् आउछिन
तिम्रो पनि बहिनी हामीलाई माया गर्छिन
रातो टिका दिउला, चुरा पोते दिउला
ए! ठूले दाई तिम्रो बहिनीलाई

हुन्छ भने ठूले दाई लमी पठाउला
जन्ती लिई तिम्रो घरअंा बहिनी लिना आउँला
रातो टिका दिउला, चुरा पोते दिउला
ए! ठूले दाई तिम्रो बहिनीलाई

ठूले दाई हो$$$$ ठूले दाई बहिनी देउ हामीलाई
जेठी, माइली होइन, कान्छीइ चाहियो हामीलाई


Follow

Get every new post delivered to your Inbox.

Join 365 other followers