“भाङ खाएको दिन”

शायद म त्यती खेर कक्षा १० अध्ययनरत थिए । होलीको चहल् पहल निकै चारै तिर थियो । सबै आ-आफ्नो धुनमा साथी-साथीहरुमा रङ रोगनले लित पोत गरी रहेका थियो । म पनि आफ्नै साथीभाइहरुसँग होली पर्बको मजा लुटिरहेको थिए । हुन त होलीमा सबैको आ-आफ्नो टोली हुने गर्थ्यौ – त्यो ताका हाम्रो घर गाउमा । मेरो पनि आफ्नै टोली थियो । म पनि आफुसँगै पढ्ने साथीभाइहरुसँग रङहरु लगाउदै हिंड्न थाले ।

एक किसिमले मेरो समूहमा भएको सबै जना उटपट्याङ काम मात्र गर्ने किसिमका थियो । बेलूनको लोलाहरु बनाएर बाटोमा हिडिरहेको मान्छेहरुलाई लोलाहरु फ्याक्ने गर्थ्यौ । शायद त्यती खेर हाम्रो केटाकेटीहरुको दिमाग नै थियो होला, त्यसैले हामीहरुले होलीको महत्व नै नबुझी जो पायो त्यही मान्छेलाई बलजफ्ती अबिर घसी दिने गर्ने गर्थ्यौ, अरुलाई समातेर दातमा पती रङ लगाइ दिन्थ्यौ, अझ कोही कोही साथी त घरको भाडाको पिधमा भएको कालो भाग जति हातमा धसेर अरुलाई दली दिन्थ्यौ । रङ नभएको खण्डमा नजिकैको धान, चिउरा कुट्ने मिलको डिजेल चोरेर मान्छेहरुलाई धसी दिन त्यही डिजेल प्रयोग पनि गर्ने गर्थ्यौ । आज भोलि त त्यस ताकामा गरिएको उटपट्याङ सम्झिने बितिकै हास उठेर आउछ ।

होलीहरु त धेरै मनाइ सकेको थिए तर मैले कहिले पनि भाङ भन्ने चिज चाँही सेवन गरेको थिइन । भाङ खाएर मान्छेहरु लडीबुडी गरेको, लुगाहरु च्याताच्यात गरेर झगडा गरेको पनि देखेको थिए । तर पनि यो पटकको होलीमा मलाई भाङ खाने बिचार आयो । त्यती खेर त्यो समयमा हामीसँग पैसा पनि निकै सिमित मात्रामा हुने गर्थ्यौ । भएको पैसा जति रङ किन्दैमा सकी सकेको थियौ । अब भाङ खाने त भनियो तर पैसा कसैसँग पनि प्रयाप्त नभएकोले सबैले आ-आफ्नो अभिभाबकहरुसँग अलि अलि गरेर पैसा मागेर ल्याउने योजना बनायौ ।

लगभग १ घण्टा पछि हामी सबै साथीहरु फेरि एकै ठाउमा जम्मा भयौ । पैसा कसरी मागियो भन्ने आ-आफ्नो कथा थियो । मैले त पिपी (म हजुरआमालाई पिपी भन्ने गर्छु) सँग रुदै कराउदै भएर पनि १० रुपैया मागेको थिए । शायद मेरा अरु साथीहरुको पनि यस्तै कथा थियो होला त्यती खेरको समयमा । तर कसैले कसैलाई पनि पैसा कसरी मागियो भन्ने कुराहरु खुलाउन चाहेनौ । त्यस पछि नजिकै एउटा हलुवाइको दोकानमा गएर ६ वटा ५ रुपैया पर्ने भाङ किन्यौ । अनि त्यो दोकानको ठीक अगाडि रहेको G.K. Sports Shop मा गएर सबैले एक एक वटा भाङ सेवन गर्यौ । मैले भने होली खेल्ने खुशीले गर्दा बिहान् देखि नै खाना खान पनि थिए । पहिलो पटकको अनुभवमा खादा भाङ त मलाई निकै गुलियो लाग्यो ।

२ घण्टा सम्म मजाले हामी सबैले होली खेल्यौ । अनि सबै जना आ-आफ्नो घर तिर लाग्ने सोच लिएर हामी सबै छुटियौ । तर म भने चाँही नुहाउनको लागि त्रियुगा नदीमा गए । जिउ भरी लागेको रङ फ्याल्न नै धेरै समय लाग्यो, तर पनि जिउको कही कतै भागहरुमा रङको टाटापाटाहरु देखिन छाडेको थिएन । त्यती खेर भने मलाई अलि अलि भाङले समात्न थालेको थियो क्यार, मलाई चक्कर लाग्न थाल्यो । तर एक सुरको हुइदो रहेछ भाङ लाग्न थाले पछि त । जति जति मैले नुहाउन समय लगाउन थाले, त्यति नै मलाई भाङले समात्न थाल्यो ।

अनि म नुहाइ सके पछि मैले आफ्नो पाइला अगाडि बढाउन थाले । तर बिस्तारै बिस्तार गर्दै मलाई आफ्नो वरपर भएको सबै चिजहरु घुम्न थालेको जस्तो महशुश हुन थाल्यो । मैले आफुलाई आफ्नो नियन्त्रणमा राख्नको लागि धेरै प्रयास गरे, तर म जति पटक पाइला चाल्थे, त्यति नै पटक आफ्नो आँखा झिमिक झिमिक गरेर झिम्काउन पुग्दो रहेछु । मलाई त्यति खेर राम्रोसँग थाहा थियो कि मैले के गर्दै छु भनेर अनि यसो पनि गर्नु हुँदैन भनेर, तर म भाङको नशाले यती एकोहोरो भै सकेको थिए कि मैले आँखा झिम्काउन सिबाय् केही पनि गर्न सकिन ।

आँखाको नानी वरिपरि दिउसै ताराहरु नाचिरहेको जस्तो महशुस हुन थाल्यो । आफु अगाडि भएको चिजहरु पनि मैले धमिलो देख्न थाली सकेको थिए । करीब १०० मिटर परबाट एउटा केटी आउँदै थिइन । मैले त उनलाई एकोहोरो हेर्न थालेछु । त्यति खेर एकोहोरो हेर्नु त ठुलो कुरा थिएन त्यहा, तर जति पटक पाइला चाल्थे, त्यति नै पटक आँखा झिम्काउने कामले पो मलाई अप्ठेरोमा पार्यो त । त्यो केटी नजिक आउँदा सम्म पनि मैले उनलाई आँखा झिम्काएको झिम्काएकै थिए रहेछु ।

एक्कासी मेरो गालामा झड्याम्म एक थपड बज्न पुग्यो । त्यसै पनि ताराहरु देखि सकेको थिए, त्यस पछी त मैले खै के के हो के के देख्न थाले । सारो नमिठो किसिमले त्यो दिन मैले एउटा केटीको हातबाट झापड् खाए । त्यसैले जहिले पनि होलीको अबसर आउने गर्छ, तब म त्यो दिन सम्झन पुग्छु “भाङ खाएको दिन”

3 Responses to “भाङ खाएको दिन”

  1. मिलन says:

    सारै मोज पो भएछ त !…. भांगको नशामा त थप्पड़ नि रमाइलै लाग्ला नि .. होइन ?

  2. Ametya says:

    Nice memo…..Holi ma Bhang so intresting ….tara maile ahile samma khayeko chiana hia ta …..

  3. sanukanchi says:

    amboo…hajur po..? teyo थप्पड़ त mero didi lay po denu vako ho ni..lol yesto vabuk manchai lay jan ““भाङ khada kasto vabuk tallma tolayera a..um..agadi akha ma akha bada ko ho la ni ..?mus_mus???

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.

Join 365 other followers