“HAPPY BIRTHDAY”

April 23, 2010

HAPPY BIRTHDAY TO YOU, ROHINA!

I wish you will get each achievement that you have desired………………….Happy many many returns of the day.


“नयाँ साल”

April 16, 2010

-राजु राई

चोखो मनले चोखो मायाले तिम्रो हित देउ
बर्षौ नयाँ तिम्रो मितेरी मसँग लगाइ देउ

टोलाउदै लजाउदै मिरमिरेमा उज्यालोसित आउ
मुस्कुराउदै शरमाउदै शितल पवनसङै नजर झुकाउ

हातमा कलश फूलभरी पानी पूजाको थाली समाउ
शिरमा बिन्दी मुहारमा हलुका चन्चल लिएर जाउ

स्वागत गर आउने पाहुनालाई भबिष्य सम्झेर
बिदा गर जाने यात्रीलाइ आशिष देउ भनेर

पञ्चे बाजा सहनाइ बजाउ नयाँ बर्ष फूल बर्षाएर
शुभकामनाका गुच्छाहरु फिजाउ शान्तिको बिगुल गाएर

खुशीहरु देउ हासोहरु देउ रमाउदै उमङहरु छरेर
चिनारी र साईनो गासी देउ भाईचाराको सन्देश बोकेर

जाउ तिमी २०६६ कुरीति अनि अशान्ति यहाँबाट बोकेर
आउ तिमी २०६७, नयाँ संबिधान हामी बीच बोकेर । । ।

यहाँहरुलाई यो लेख कस्तो लाग्यो ? सुझाबको लागि तल comment मा गई आफ्नो सुझाब छोडी दिनु हुन नबिर्सिनु होला ।


“सोध्ने गर”

April 11, 2010

-राजु राई

एक्लै एक्लै टोलाई बस्दा मलाई यताउता खोज्ने गर
अरुलाई होइन आफ्नो हृदयको धड्कनलाई सोध्ने गर

म त सधैं तिम्रो वरपर नै बसिरहेको नै हुने छु
दुनियाँलाई होइन सँगै बिताएका पललाई सोध्ने गर

कति आहत छु आज तिमी बिना यो सफरमा
मान्छेको भीडलाई होइन आँखाको आँसुलाई सोध्ने गर

तिम्रो चोट बल्झिदा त्यहा दर्द यहाँ छातीमा हुन्छ
मल्हमलाई होइन मनको चिच्याहटलाई सोध्ने गर

म त जले हजुर तिमीलाई न्यानो राप दिन
कति माया गर्थे तिमीलाई, चिताको खरानीलाई सोध्ने गर

यहाँहरुलाई यो लेख कस्तो लाग्यो ? सुझाबको लागि तल comment मा गई आफ्नो सुझाब छोडी दिनु हुन नबिर्सिनु होला ।


“बिदाइ”

April 3, 2010

-राजु राई
बिदाई तिमीसँग मागी आज
यो शहर छोड्दै छु
तिम्रो खुशी बिज्ल भनी
बसाइ जादैछु
बिदाई तिमीसँग मागी आज

आँखा भरी आँसु लिई
तिम्रो सामु हासेकै थिए
तिम्रो दु:ख तिम्रो सुख
आफ्नो मानेकै थिए
बिदाई तिमीसँग मागी आज

पराई अङालोमा तिमी रमाउदा
मुटु मेरो चर्की दियो
साँचेथे चोखो माया तिम्रो लागि
सारा टुटी दियो
बिदाई तिमीसँग मागी आज

यहाँहरुलाई यो लेख कस्तो लाग्यो ? सुझाबको लागि तल comment मा गई आफ्नो सुझाब छोडी दिनु हुन नबिर्सिनु होला ।


Follow

Get every new post delivered to your Inbox.

Join 365 other followers