-राजु राई
चोखो मनले चोखो मायाले तिम्रो हित देउ
बर्षौ नयाँ तिम्रो मितेरी मसँग लगाइ देउ
टोलाउदै लजाउदै मिरमिरेमा उज्यालोसित आउ
मुस्कुराउदै शरमाउदै शितल पवनसङै नजर झुकाउ
हातमा कलश फूलभरी पानी पूजाको थाली समाउ
शिरमा बिन्दी मुहारमा हलुका चन्चल लिएर जाउ
स्वागत गर आउने पाहुनालाई भबिष्य सम्झेर
बिदा गर जाने यात्रीलाइ आशिष देउ भनेर
पञ्चे बाजा सहनाइ बजाउ नयाँ बर्ष फूल बर्षाएर
शुभकामनाका गुच्छाहरु फिजाउ शान्तिको बिगुल गाएर
खुशीहरु देउ हासोहरु देउ रमाउदै उमङहरु छरेर
चिनारी र साईनो गासी देउ भाईचाराको सन्देश बोकेर
जाउ तिमी २०६६ कुरीति अनि अशान्ति यहाँबाट बोकेर
आउ तिमी २०६७, नयाँ संबिधान हामी बीच बोकेर । । ।
यहाँहरुलाई यो लेख कस्तो लाग्यो ? सुझाबको लागि तल comment मा गई आफ्नो सुझाब छोडी दिनु हुन नबिर्सिनु होला ।











yeah dats great one . do you have any information abt lohrung rai then plz send me mail on sanjaylohrungrai@yahoo.com
For the time being, I do not have any information about it….