मैले आफ्नो ब्लगलाई सुचारुरुपले चलाऊन सकी रहेको छैन आफ्नो कार्य ब्यस्तताले गर्दा । परदेशी भूमिमा बस्दा आफूले सोचे जस्तो हुनु त बिरलै होला । त्यही पनि कहिले काही आफ्नो कामलाई थाती राखेर केही लेखहरु लेख्ने प्रयत्न गर्छु । तर कामको बोझ र तनाबले गर्दा आफूले सोचे जस्तो लेखहरु फुर्दैन । हुन त आज मैले कुनै लेख प्रेशित गर्नको लागि होइन । मेरा केही साथीहरुको शुभ विवाह भएको अबसरमा उहाहरुको दाम्पत्य जीवन सुखमय रहोस् भन्ने कामना गर्न चाहन्छु, यो मेरो ब्लग मार्फत ।














राई जी नवबिबाहित जोडीहरु लाइ मेरो पनि शुभकामना ‘उहाँहरुको दाम्पत्य दिर्घ सुखमय रहोस’ । अनि रहयो निरन्तरता को कुरा, हामि सर्ब प्रथम आफ्नो विबसतालाई सोंच्छौ जसको कारण हामी तातो खाडीमा छौं, लेखन र रचनात्मक कामको कुरा दोस्रो स्थान को कुरा हो, कुनै बेला समय निक्लियो भने गर्नु होला; बरु तनाव मुक्त रहने कुरालाई प्राथमिकतामा राख्नु होला । Thank you.
अनप जी !
यहाँको आमुल्य सुझाबको लागि मूरी मूरी धन्यवाद अनि यहाँको प्रगतिको लागि सफल आयाम कोरियोस भन्ने चाहाना छ ।