-राजु राई
बितेका ति दिनहरु सम्झन म चाहन्न
देखेका सपनाहरु दोहोर्याउन म चाहन्न ।
चस चस घोचिरहन्छ तिम्रो सम्झनाले सधैं
तिमीलाई अब मुटुमा सजाउन चाहन्न ।
हरेक मिलनको अन्त्य बिछोडमा टुङिदो रहेछ भने
अब तिमीसँग मिलनको आशा राख्न चाहन्न ।
साचेको खुशी तिम्रो निम्ती फगत बनि दिन्छ भने
आज देखि यो खुशीसँग नाता गास्न चाहन्न ।
Posted by Raju Rai 









