“सडक” मनोबाद र कबिताको सँगम

राजु राई
यो लेख मिती २०६५ माघ १७ गते लेखिएको हो । ।


मेरो एक दिन कालेज चाडैनै सकियो । त्यही भएर मोतिगडाको बस प्रतिक्षालयमा बस कहिले आउला भनी बसको 2072717802_006055e85cइन्तजारमा बसिरहेको थिए । मेरा अरु साथीहरु आफ्नै धुनमा गफ गरी रहेको थियो । त मलाई किन हो किन आज त्यति रौश थिएन जति हिजोका दिनमा थियो । अचानक मेरो आँखा आफु अगाडि भएको सडकको खाडल तिर ध्यानाकर्षण हुन पुग्यो । छाती भरि खाडलहरु बोकेको सडकलाई देखेर मलाई खिस्स हास्न मन लाग्यो र हासे पनि । मलाई अचम्म लाग्यो जब म प्रति पनि त्यो सडकले खिसी गर्दै हास्यो । किन हासेको नि ?” भनेर मैले सडकलाई सोधे । जवाफको सवाल दिनु त कहाँ हो कहाँ उल्टै मलाई प्रश्न तेर्साइ दियो । तिमी चाँही म माथि किन हासेको नि ।म अलि असामन्जस्यमा परे । खास त म त्यो सडकको हबिगत देखेर हासेको थिए। त्यही पनि मैले वास्तबिक कुरा नै बताए । तिम्रो यो अवस्था देखेर मैले आफ्नोहासोलाई रोक्न सकिन ।””यसमा हास्नु पर्ने कुरा नै के छ र ? कहिले तिमीले आफुलाई नियालेर हेरेको छौ ?” एक्कासी मेरो हासो रोकियो त्यो कुरा सुन्ना साथ । कता कता मुटु भित्र नै काँडाले घोचे जस्तो भयो । अनी मैले आफुलाई मजाले नियालेर हेरे –भित्री बाहिरी सबै चिरफार गर्न थाले । त्यति खेर मैले आफुलाई वास्तबिक रुपमा त्यो सडक जस्तै नै पाए । कही ब्यथा, कही बेदना अनि कति सपना र बिपनाको सही धरातल, सबै नै मैले राम्ररी मुल्याङ्कन गर्न थाले आफ्नो यथार्थ जीवनको ।
त्यति नै खेर एउटा भलादमीले मुखमा भएको पान प्याच्च त्यही नै थुकी दियो । मलाई त्यो सडकले टुलुटुलुहेरी रहयो । मैले उसको आँखामा हेरे, उसले त आँखा भरि पानीका थोपाहरु जमाइ रहेको थियो । उ माथि मलाई दया पलाएर आयो । अनी मलाई पान खाएर थुक्ने मान्छेलाई गाली गर्लौज गर्न मन लाग्यो, तर मैले गर्न सकिन किनकी उ पनि म जस्तै मान्छे थियो, जसलाई संसारको समाजदार् र बुद्धिमान मानिएको छ । उ भन्दै थियो यी हेर संसारको सबै भन्दा बुद्धिमानी प्राणीहरुको बुद्धी यस्तो छ ।मेरो मनमा कसिलो पेच पर्‍यो । आखिरमा म पनि त्यही बर्गमा पर्थे ।
तिमीलाई मान्छेहरुको कुन कुन बानीहरु मन पर्दैन्?” मैले उसलाई सोधे । त्यति मात्रा के सोधेको थिए, नजिकै चिया पसले दिदीले एक बाल्टी फोहोर पानी फ्यात्त सडक तिर फ्याकी दियो । उसले आफुतिर नियालेर हेर्यो साथमा मलाई पनि ईशारा गर्दै आफ्नो छाती भरि फ्यालिएको फोहोर देखाउन थाल्यो । त्यहाबाट एकदमै नमिठो गन्ध आई रहेको थियो । मैले आफ्नो नाक खुम्चाउन थाले । त्यो देखेर सडकले म प्रति मुसुक्क हाँस्दै भन्यो किन तिमीले आफ्नो नाक कुम्चाएको नि?” मैले नाक बन्द गर्दै भने एकदमै नमिठो गन्ध आई रहेको छ, त्यसैले” “हो मलाई मान्छेको यस्तो किसिमको बानी मन पर्दैन ।उसले के भन्न खोजेको हो मैले त्यो आशय रामरी बुझे ।
मैले फेरी उसलाई सोधे यो तिम्रो छाती भरि खाल्डा र खुल्डी छ, तिमीलाई यो देखेर पिर लाग्दैनउ गललल हाँस्दै भन्यो लाग्छ नि, तर लागेर केही फाईदा छैन । यहाँ कसलाई फुर्सद छ र हाम्रो मर्म सुन्ने?” निकै थाके जस्तो भयो सडक । मैले उसलाई पून: सोधे तिमिलाई कस्तो मान्छे मन पर्दैन ?” त्यति नै खेर नजिकैबाट एउटा मान्छे पल्सर बाईक निकै ठूलो आवाज गर्दै उ माथि गुड्यो । बाइकमा चड्ने मान्छे निकै सुटेड बुटेड थियो । त्यो देख्ने बितिक्कै सडकले त्यो मान्छे प्रति अन्कित गर्दै भन्यो मलाई यस्तो मान्छे मन पर्दैनम आश्चर्यमा परे उसको त्यो कुरा सुनेर र भने किन नि ?” त्यो मान्छे शहरको एकदमै नाम चलेको ब्यक्तिहरु मध्येको एक थियो । अझ भन्ने हो भने त मेरो लागि त्यो मान्छे निकै आदरणीय थियो । यही मान्छे हो, जसले मेरो यस्तो हबिगत बनाएकोमैले उसको कुराको सार नै पाउन सकिन तिमी यो के भन्दै छौ । यो मान्छे त हाम्रो शहरको एकदमै गन्यमान्य मान्छे हो । तिमी कसरी यस्तो कुरा गर्न सक्छौ यो मान्छेको बारेमा ।त्यस पछि सडकले मलाई सबै ब्रितान्त सुनाए । कुरा के थियो भने उसको निर्माण कार्य हुँदा यो मान्छे नै ठेकेदार थियो रे अनि उसको निर्माण भएको ३ साल पनि भएको छैन, आज उसको हालत यस्तो छ । यस्तो कुरा सुनेर त्यो मान्छे प्रतिको मेरो हेराइको दृष्‍टिकोण पनि एकाएक फेरिएर आयो त्यस पछी म त्यो मान्छेलाई किन हो किन एकदमै घ्रिणाले हेर्न थाले
हिजो सम्म यो ठाउँ के थियो र? केही पनि थिएन । बस एउटा गाउ थियो, अहिले सबैले यो ठाउलाई शहरको रुपमा हेर्न थालेको छ । बत्ती, बिजुली, सुबिधा सबै आएको छ । तर मेरो अवस्था हेर त ।वास्तबमा उसको कुरा सही थियो । तिमी आँफै भन त म कती दुखी छु। के तिमीले अनुमान लगाउन सक्छौ ? के यहाँको मान्छेहरुको कहिले दिमाग फिर्ने ?”
पर बाट बसको हर्नको आवाज आयो । मेरो सबै साथीहरु दौड्दै बस चड्न थाल्यो । मैले पनि त्यती खेर सडकसँग बिदा मागेर लागे । तर मेरो मन भरी अनेकौ सवालहरुले डेरा जमाइ सकेको थियो, न त त्यसको मसँग कुनै जवाफ नै थियो न त कुनै उपाय् नै । म चुपचाप बस चढे । तर मैले त्यो सडकलाई झ्यालबाट हेरी रहे । उसले पनि मलाई हेरी नै रहेको थियो निकै पर पुगिन्जेलसम्म ।

यो कबिता मिती २०५९ पौष ४ गते लेखिएको हो

बरु ऊ माथि गुड्नेहरु थोत्री सके
कुदाऊनेहरु थाकी सके
अनि पुग्नेहरु जहाँपुग्नु थियो
त्यहा पुगी सके
तर ऊ न थाकेको छ न गलेको छ
मात्रा ऊ पिल्सिएको, निरन्तर दबिएको छ .
न दिन न रात
सधैं ब्यस्त सधैं जागा छ
छाती माथिगुड्नेहरु गुडे पनि
हिंड्नेहरु जहाँ सुकै हिंडे पनि
झरी बर्षामा पनि ऊबेफुर्सदिलो छ
ऊसलाई झरीले निथ्रुक्कै भिजाए पनि
ऊसको दिल सदा खुल्ला
सडे गलेका रासहरु सबै
आफुनिर यत्रतत्र थुप्रिए पनि
न ऊसलाई रीस नै न रागनै
चाहे ऊसलाई कसले कुल्चियोस य थुकेर जाओस
तर ऊ हरपल लम्पसार पारी
आफ्नोऊदाङो अस्तित्वको तमाशा देखाइ रहेको छ ।
न हिड्दा न दौड्दा
न त छाती माथि नैगूड्दा
ऊ न् आत्तिएको छ न मात्तिएको छ
मात्र ऊसको पीडा थपिएको छ
कसैलेऊसलाई वास्ता नगरदा
ऊ केवल दबिएको छ
सभ्य भनाऊदाहरुले ऊ माथि
पृथ्वीकासारा बोझ फ्याक्दा
बरु ऊसको नाममा यहाँ
कयौ गाऊहरु शहर भएका छन
कयौलेसरकारी बजेट जती कुम्लाएको छन
तर ऊसको ब्यथा हिजो जस्तो थियो
आज पनि त्यस्तै
झन भोली त थपिदै जाने छ
अनि पानी बिनाको रारा र फेवाताल (खाडल) बोकी
आजऊ हामीलाई खिसी गरी रहेको छ

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: