“फेरी तिम्रो याद आयो ।”

– राजु राई
यो कथा म कालेज छदा नै २०५८ मा लेखिएको हो । यो कथा केवल काल्पनिक हो । यस कथामा पात्रको रुपमा म आँफैलाई ढालेको छु तर यसको मतलब यो होइन कि मेरो जीवन काहानी हो ।

 

पूर्णिमाको रात भए पनि तर खासै उल्लासपन थिएन – त्यो रात किनकी त्यस पुर्णिमाको रातलाई कालो मेघले आफ्नो बशमा पारी सकेको थियो । त्यसैले यो पूर्णिमाको रात औसीको त्यो कालो रात भन्दा केही फरक देखिएको थिएन । शायद त्यसैले होला आज म आफ्नो कोठामा एउटा सानो टुकी बाल्ने प्रयास गर्दै यो पूर्णिमाको कालो रातमा उल्लास र उमङ खोज्दै छु, जुन उल्लास सदाको पूर्णिमाको रातमा पाइने गर्दथ्यो । म, राजु, बिगत २० बर्ष देखी अनकन्टार अनि दुर्ज्जन एउटा सानो घरमा एक्लै बस्दै आएको थिए । मलाई बुढ्यौलीले छोइ सकेको थियो । लगभग ५० बर्षको बुढ्यौलीमा म हिडदै थिए । तथापि म अहिले सम्म अविवाहित नै थिए । म अविवाहित रहनुको पछाडि एउटा लामो कथा रहेको थियो । जसलाई मैले भित्री हृदय देखी नै चाहन्थे, उनी अरु कसैमा समर्पित भै सकेको थिइन । त्यसैले मैले प्रेममा त्याग अर्पण गर्दै म माया, प्रेमबाट अलग्गिएर शहरबाट् धेरै टाढा बस्दै आईरहेको थिए । हुन त मलाई मेरो परीवारबाट विवाह गर्नु पर्छ भनेर दबाब नआएको पनि पक्कै होइन, तर म कसैसँग पनि विवाहको कल्पना सेमत गर्न चाहन्न थे – सिवाय श्वेता । “श्वेता” हो श्वेता हो उनको नाम, जसलाई म चाहन्थे, जसलाई म आफ्नो बनाउन चाहन्थे । तर मेरो दुर्भाग्य, मैले उनलाई आफ्नो बनाउन सकिन । म उनको लागि जे पनि गर्न तयार हुन्थे । म उनलाई आफ्नो बनाउन सब कुथियो सक्थे । तर उनले अरु कसैलाई चाहन्थ्यो । श्वेताले मेरो साथी प्रकाशलाई चाहन्थ्यो । मैले उनीहरुको बीचमा कहिले पनि खलल पुर्याउने कोसिश गरिन । आखिरमा दुबै मेरो मिल्ने मित्र थियो । तर श्वेताले पनि यो संसारलाई अल्बिदा गरेको आज २० साल भै सकेको थियो । शायद श्वेता सबैको प्यारो थियो होला । त्यसैले होला माथि भगवानले पनि उनलाई तपक्कै टिपेर लाग्यो । यसरी मायाबाट धोका पाएको म घायल आज भिन्नै सँसारमा आई पुगेको थिए । आज रात नपरेको त् होइन । झमक्कै रात परि सकेको थियो । तर मलाई अझै सम्म निद्राले छोएको थिएन । बली रहेको टुकीलाई म एकोहोरोपाराले हेरी रहेको थिए । बाहिर सन्नाटा शून्यता सिवाय केही पनि थिएन । अझ त्यो ठाउँ अनकन्टार, झ्याउकिरीहरुको गाईगुइले त्यो सुन्यतालाई झन कहाली लाग्दो बनाउदै गै रहेको थियो । म यो रात एक्लो थिए तर साथमा टुकीको धिपधिपे उज्यालो भएकोले यस एकान्तमा पनि मलाई एक्लो महशुस भएको थिएन । रात क्रमश: छिप्पिदै गै रहेको थियो । आकाशमा गड्याङ्गुडुङ र बिजुलीको चम्काइले रात अझ डर लाग्दो हुँदै गै रहेको थियो । बाहिर मन्द हावाले पनि तीब्रता साथ आफ्नो गति परिवर्तन गर्दै थियो । शायद निकै ठूलो पानी पर्न लागेको थियो आजको रात । बाहिर झै कोठा भित्र मेरो वरिपरिका बातावरण पनि बिस्तारै परिवर्तन हुँदै थियो । तीब्र हावाले गर्द झ्याल र फेरी तिम्रो याद आयो ढोका हल्लिएको प्रष्ट आवाज आई रहेको थियो । तर म अडिग रुपमा बश बलिरहेको टुकीलाई हेरी रहेको थिए । ममा कुनै भिन्नता आएको थिएन – पहिलेको अवस्था र अहिलेको अवस्थामा । केवल बिगतका केही यादहरुलाई मस्तिष्कमा राखी ताजा गर्ने कोशीस गरी रहेको थिए । “राजु” अब म धेरै समयसम्म आफ्नो यो जुनीलाई टिकाउन सक्छु जस्तो लागेको थिएन । त्यसैले मेरो छोरीको तिमी संरक्षक बनी देउ । केवल संरक्षक । प्लिज मलाई तिमी बचन् देउ कि तिमीले मेरो छोरीलाई आफ्नो सन्तान जस्तै राख्ने थियौ ।” मधुरो आवाज बन्द हुन्छ । “श्वेता” जोडले म चिच्याउन पुग्छु । निकै लामो समयसम्म त्यो आवाज गुन्जी रहयो । अनि मैले आफ्नो शरीर तिर नियालेर हेरे । मेरो अनुहार चिटचिट पसिनै पसिना थियो । मेरो सास लामो लामो गरेर चलि रहेको थियो । tab मेरो मलाई थाहा हुन पुग्छ कि मेरो शरीर पसिनाले भिजि सकेको रहेथियो । बिगतको यादले म आघात भै रहेको थिए । म आँफैले आफुलाई नै धिक्कार्न थाल्छु । “श्वेता ले दिएको बाचान पनि मैले पुरा गर्न सकिन । “ओफ्फ म कस्तो कायर” मनमनै आँफैलाई सरापी रहेको थिए । यो संसारलाइ अलबिदा गर्ने समयमा दिएको श्वेताको इच्छा पनि मैले पुरा गर्न सकिन । मलाई श्वेताको आत्माले शायद सधैं श्राप दिने थियो होला । आज म सँग न श्वेता थियो न श्वेताको छोरी जसको निम्ति मैले आफ्नो सन्तान भन्दा पनि बढी माया गर्ने बाचा गरेको थिए । तर म सँग आज श्वेताको याद सिवाय केही पनि थिएन । आज मलाई यो पनि थाहा थिएन कि श्वेताको छोरी कत्री भइन, कस्ती भइन ? मध्य रात भै सकेको थियो । बाहिर जोडका साथ बतास चलिरहेको थियो । बाहिर पानी पारीरहेको प्रष्टै आवाज आईरहेको थियो । झ्याल र ढोका हावाको कारणले गर्दा कराउन छोडेको थिएन । मेरो ध्यान केही छिन् झ्याल र ढोका तर्फ केन्द्रित गरे । अनी म ढोका र झ्याल थुन्न तिर लागे । जाडो निकै बढी सकेको थियो । क्रमश: मलाई पनि जाडो लाग्दै गयो । अनि म आफ्नो ओछयान तर्फ लाग्न सुर कसे । “ढकढक” अचानक बहिर बाट आवाज आयो । शायद हावाले जोडतोडका साथ ढोका हल्लाउन थालेथियो जस्तो लाग्यो । त्यही भएर पनि मैले त्यो आवाजलाई त्यती ध्यान दिन उपयुक्त मानिन् । “ढकढक” फेरी ढोका ढकढकाएको आवाज आयो । मैले फेरी पनि त्यती ध्यान दिन चाहिन । “भित्र को हुनु हुन्छ ?” कुनै छोरी मान्छेको आवाज आयो यो पटक चाँही । यस पटक भने ढोकाको ढकढकाइको आवाजको साथमा छोरी मान्छेको पनि आवाज आउँदा म आश्चर्यचकित भए । “यस्तो निर्ज्जन ठाउमा कसरी मनिसहरु ?” मनमनै आँफैलाई प्रश्न गरे पनि । केही नराम्रो बिचार पनि आउन थाल्यो । “बाहिरका मानिसहरु को हुन सक्छ ? यती मध्य रातमा, त्यही पनि यस्तो सुनसान ठाउमा घरको ढोका ढकढकाउने को होला ? कतै यिनीहरु ?” मैले अगाडि बढाइ सकेको पाइला पनि टक्क अडियो । “हैन, हैन त्यस्तो हुन सक्दैन । बाहिरका मानिसहरु को हुन ? राम्रा हुन या नराम्रा ?” त्यो आँफैमा प्रश्न चिन्ह थियो । “बाहिर को हुनु हुन्छ ?” धेरै बेर सम्म सोचेर मैले कोठा भित्रैबाट प्रश्न गरे । “हामी परदेशी ” त्यस पछि बाहिरबाट पनि कुनै स्पष्ट उत्तर आउन सकेन । तर म त्यो जवाफले मात्र सन्तुस्ट हुन सकिन । त्यसैले मैले तिनीहरुको बारेमा अरु जान्न चाहे । के भनेर आफ्नो परिचय दिने त ? तिनीहरु निकै सामनजस्यमा परे । बाहिरका मानिसहरु यहाँका हरेक बस्तुहरुसँग अपरिचित छन । “पहिले हामीलाई ढोका त खोली दिनु होस् । त्यस पछि हामी तपाईंलाई भित्र नै सबै कुरा बताउला ।” बाहिरबाट फेरी छोरी मान्छेको आवाज आयो । विश्वाश गर्न लायक त कुरो होइन तर पनि मलाई त्यो बोलीमा कता कता आत्मियपन भएको आभाष मिलिरहेको जस्तो लाग्यो । त्यही पनि मैले कड्केर उनीहरुलाई भने “यती रात न बिरात अर्काको घरको ढोका ढकढकाउने को हो? जाऔ, अरु अन्तै ?” शायद बाहिरका मान्छेहरु खिन्न भए होलान मेरो जवाफ सुनेर । पून: एक पटक फेरी आवाज आयो “हेर्नोस, तपाईंले हामीलाई शायद गलत रुपमा लिनु भयो होला ।” मलाई त्यो आवाजले खिचिरहेको रहेको थियो । कहाँ कहाँ सुनेको जस्तो आवाज लागि रहेको थियो त्यो आवाज । “हामी धेरै टाढाबाट यहाँ आई पुगेका थियौ । हामीले आफ्नो परिचय दिदा पनि शायद तपाईंले हामीलाई चिन्नु हुन्न । हामी यो ठाउको लागि बिल्कुलै अपरिचित थियौ । खै तपाईंलाई कसरी हामीले आफ्नो परिचय दिने र ? तर तपाईंले हाम्रो यो मजबुरीलाई गलत रुपमा परिभाषित् गर्नु भयो । तर एक पटक सोच्नु त, यहाँ बाट हामी कहाँ जाने ?” त्यति खेर मेरो दिमागमा धेरै ठुलो झटका लाग्न पुगेथियो । “ओहो मैले ठुलो गल्ती गरेथिए ।’ त्यो ठाउमा मेरो घर सिबाय् अरु घर नै त्यति थिएन । केवल त्यो ठाउँ निर्ज्जन मात्र थियो । त्यस पछि मैले घरको ढोका खोली दिनु पर्‍यो भनेर बली रहेको टुकी हातमा लिएर ढोका छेउ तर्फ लाग्छु । मैले ढोका उघारी दिए । “घर्याक” ढोका खोल्दा आवाज आयो । बाहिर हुरी बतास चलि रहेको थियो । ढोका खोल्न पुग्दा बाहिरको हावा एकै साथ हावाको भित्र पस्यो । हावाले मेरो हातमा भएको टुकी पनि निभाइ दियो । जसले गर्दा कोठामा अन्धकार छाउन् पुग्यो । न त मैले बाहिर भएको मान्छेहरु ठम्याउन सके न त तिनीहरुले नै मलाई । केवल तिनीहरुको शरीरको आक्रिती सिबाय् मैले केही पनि ठम्याउन सकिन । अहिले हामी सबै जना कोठा भित्र थियौ । उज्यालो नभएकोले गर्दा कोठामा अन्धकार मात्र थियो । कसैले कसैलाई देखी रहेको थिएन । अन्धधुन्ध अन्सारले हामी कोठा भित्र थियौ । मैले टुकी बाल्ने कोशीश गरे । तर मैले राखेको ठाउमा सलाई भेट्न सकिन । अन्धकारमा सलाई खोज्दा सामनहरु खत्राक खुत्रुक झरेको आवाज आई रहेको थियो । त्यतिकै तिनीहरु मध्ये छोरा मान्छेले सलाई आफुसँग भएको कुरा गर्‍यो । उसले आफ्नो गोजीबाट सलाई निकाल्यो र बाल्यो । सलाईको हल्का अनी मधुरो प्रकाश ती युवतीको अनुहार वरिपरि घुमी रहन पुग्यो । “स्वेता” मैले ती युवतीलाई देख्ने बितिकै मेरो मुखबाट आँफै यो नाम उच्चारहण हुन पुग्यो । म चकित परे । तिनीहरुले पनि मलाई हेरी रहे अचम्म मानेर । मेरो सामु श्वेता उभी रहेको थिइन । “श्वेता ! यो हुन सक्दैन । अँह मेरो समु उभिएको श्वेता हुन सक्दैन । श्वेता त हामी सबैलाई छोडेर गएको आज २० बर्ष भै सकेको थियो ।” मैले त्यो युवतीलाई हेरी नै रहेको थिए । “म श्वेता होइन, शितल हुँ ।” म झस्किन पुगे उनको त्यो जवाफ सुनेर । अनी म आफुलाई सम्हाल्ने प्रयास गर्छु । “होइन, होइन । मैले यो के गर्न लागि रहेको थिए । अँह मैले २० बर्ष देखि बिर्सन खोजेको त्यो घटनालाई पून: जन्माउनु हुँदैन । जसरी भए पनि मैले यो कुरालाई यही नै दबाउनु पर्छ । अन्यथा मेरो यो एक्लोपन र एकान्तपनको कुनै औचित्य नै रहदैन । “बाबा” ती युवतीले मेरो काधमा हात राख्दै मलाई बोलाइन । “बाबा ! तपाईंलाई के भयो ? तपाईं त एकदमै मौन भएर बस्नु भयो नि त ? के तपाईंलाई मेरो कुरा मन परेन र ?” मिठो बोलीमा त्यस युवतीले बोलिन । उनको जवाफमा मैले केवल “होइन, होइन” भन्दै उत्तर दिए । “तर बाबा” मेरो मनमा चिसो पस्यो । “तपाईंले मलाई देख्ने बितिकै के नामले बोलाउनु भएको थियो ।” शितलले सोधिन । युवकले भन्यो “श्वेता” पून: युवतीले भनिन “हो, श्वेता । किन बाबा मलाई तपाईंले यो नामबाट बोलाउनु भयो ?” मलाई शितलको आवाजले खै किन हो त्यो २० साल देखि दबिएको कथा तिर खिची रहेको छ, मलाई पनि थाहा हुन सकेन । मैले उनको त्यो जवाफमा केही पनि भन्न सकिन । मेरो मन भित्र आज भन्दा २० साल अगाडिको एउटा कहिले नमेटिने घाऊ दबिएको थियो । शितलको अनुरोधमा मैले त्यो घाउलाई फेरी कोट्याउन गै रहेको थिए । आज भन्दा २५ बर्ष अघिको कुरा हो । जती खेर म कालेजको बिद्यार्थी थिए । त्यति खेर म पनि २०-२२ बर्षको अल्लारे केटो नै थिए । कालेजको म जेहेन्दार बिद्यार्थीहरु मध्ये एक थिए । कालेजमा मेरो आफ्नै स्थान थियो । म प्राय् सबै सँग मिल्ने पनि गर्थे । कलेजमा भर्खर मात्र नयाँ शैक्षिक सत्र खुलेको थियो । त्यही भएर होला नयाँ नयाँ बिधार्थीहरुको चाहलपहल निकै नै देखिन्थ्यो । एक दिन हाम्रो क्लास खाली थियो । हामी थुप्रै साथीहरु मिलेर बेन्चमा बसेर गफ गरी रहेको थियौ । त्यतिकैमा एक जना नयाँ युवतीको क्लास भित्र आगमन भयो । क्लासमा भएको सबैले उनलाई मात्र हेरी रहे – तल देखी माथि सम्म । कतिले उ प्रति हाँसे पनि । त्यस युवती शिर देखि पाउ सम्म गाउले पहिरनमा आइकी थिइन । उनी सरासर एउटा खाली बेन्चमा गएर बसिन । शायद उसलाई पनि केही अपठ्यारो महशुस भयो होला । त्यसैले कसैसँग पनि बोल्ने हिम्मत गरिनन । सबै जना उनलाई देखेर मुसुमुसु हांसी रहेको थिए । तर मलाई मेरो साथीहरुको त्यो कृयाकलाप कत्ती पनि मन परेन । मलाई उ प्रती हास्न मन लागेन । बरु सहानुभुति पलाएर आयो । मैले मेरा सबै साथीहरुलाई सम्झाउन थाले । अनी सबै जना चुप लगेर बस्न थाले । त्यती खेर सम्मा त्यो युवति रातो पिरो भै सकेको थियो । शायद त्यही भएर होला उनी सरासर कसै सँग पनि नबोली बाहिर फुत्त निस्किन । मलाई अघि देखी नै खल्लो लागि रहेको थियो । झन अहिले त अती नै खल्लो लागेर आयो । त्यस पछि म पनि त्यही युवतीलाई नै पछ्याउन् लागे । त्यस युवती निकै नै पर पुगी सकेको थिइन । मैले उनलाई रोक्ने प्रयास गरे । “सुन्नुस् त !” निकै पर पुगे पछि उनी रोकिन मेरो आवाज सुनेर । तर उनले पछाडि फर्किने कोशीस गरिन । अनी म आँफै उनको अगाडि गए । उनी रोइ रहेकी थिइन । उनको आँखाबाट आसुँ बगी रहेको थियो । उनीसँग बोल्न त अली अपठ्यारो लागि रहेको थियो । त्यही पनि मैले उनीसँग बोल्ने हिम्मत जुटाए । “किन तपाईं त्यसरी क्लासबाट बाहिर निस्किनु भएको ?” तर प्रतिबादमा उनी केही पनि बोलिनन । मैले उनलाई केही सम्झाउने प्रयास गर्दै भने । “तपाइले त्यसो गर्नु हुन्न थियो । त्यसले गर्दा तपाईंलाई मेरा साथीहरुले हेर्ने दृष्‍टिकोण झन नराम्रो भएको थियो । मेरा साथीहरुले तपाईं प्रति जस्तो व्यबहार गर्‍यो, त्यस्को लागि म तपाईंसँग क्षमाप्राथी माग्दथिए । ” बल्ल उनी केही मात्रामा भए पनि मुस्कुराइन । मलाई केही खुशी लाग्यो । मलाई उनको नाम सोध्ने मनसाय लाग्यो । “तपाइ रिसाउनु हुन्न भने के मैले तपाईंको नाम थाहा पाउन सक्छु ?” उनले लजाउदै भनिन “दिल कुमारी” त्यस पछि दिल कुमारी अगाडि बढन थालिन । मैले उनलाई फेरी बोलाए । “अँ सुन्नुस् त । ” मेरो आवाज सुन्ने बित्तिकै दिल कुमारी फरक्क फर्किन । “म तपाईंलाई एउटा सल्लाह दिन्छु । के तपाईं मेरो सल्लाह स्विकार्नु हुन्छ ?” तर उनले केही पनि जवाफ थिइन । उनको त्यो कृयाकलापअबाट मैले भन्न लागेको कुरा पनि भन्नमा अली अपठ्यारो लाग्न थालयो । त्यही पनि अपठ्यारो मान्दै भने । “यदी तपाईं आजको जस्तो दिन भोलि पनि होस् भनेर चाहनु हुन्न भने प्लिज आफ्नो यो पोशाकलाई अली चेन्ज गरेर आउनु होला । नत्र अरुले पनि तपाईंलाई आज जस्तै गिल्ला गर्ने छन ।” उ केवल मुसुक्क मुस्कुराइन मात्र । अनि हामी दुबै जना आ – आफ्नो बाटो तर्फ लाग्यौ । भोली पल्ट हामी सबै जना क्लासमा थियौ । शिक्षकले लेक्चर दिइ रहनु भएको थियो । तर दिल कुमारी अझै पनि क्लासमा थिइन । मेरो आँखाहरुले उनलाई खोजी रहेको थियो । त्यतिकैमा बाहिरबाट आवाज आयो । “मे आइ कम इन सर !” सबै जनाले बाहिरको आवाज तिर ध्यान दियौ । ढोका छेउमा उनी उभिरहेको थिइन – उर्फ दिल कुमारी । सबैले उनलाई पाउ देखी शीर सम्म हेर्न थाल्यौ । तर आज उ बिल्कुलै अलग रुपमा थिइन । सबै जना एकोहोरो पाराले उनलाई हेर्न थाल्यौ । त्यसमा त म पनि अछुतो थिइन । “वाउ” सबैको मुखबाट एउटै शब्द निस्की रहेको थियो । अनी दिल कुमारी सरासर क्लास भित्र पसिन । सबैको आकर्षक हेराइ उनी माथि नै थियो । तर उनी कतै नहेरी मेरो छेउमा आएर बसिन । मलाई अली अपठ्यारो लाग्न थाल्यो । किन कि म कहिले पनि क्लासमा केटीहरु सँग बसेको थिइन । क्लासमा भएका सबैले मलाई घुर्न थाले । शिक्षकले पढाएका कुराहरु केही पनि दिमागमा घुस्न सकिन त्यो दिन । क्लास सकियो । अनी हामी दुबै जना बाहिर निस्कियौ । सबै जनाले हामीलाई नै हेरी रहेको थियो । मलाई उनी सँग गफ गर्न पनि असजिलो महशुस भै रहेको थियो । “धन्यबाद तपाईंलाई” दिल कुमारीले भनिन । मैले प्रती उत्तरमा भने ” किन र के को लागि तपाईंले मलाई धन्यवाद दिनु भएको ?” उनले अली शर्माराउदै भनिन ” शायद तपाईं नहुनु भएको भए म आजको दिन कालेजमा हुन्न थिए होला । तर मलाई परिवर्तन हुने सल्लाह पनि दिनु भएकोमा ।” तर तपाईंमा अर्को कुराको पनि परिवर्तन हुनु जरुरी थियो ।” मेरो कुरा सुन्ने बितिक्कै उनी चकितमा पारीन र भनिन ” अरु परिवर्तन र कस्तो परिवर्तन ?” “तपाइको नाम । हो तपाईंको नाम पनि परिवर्तन हुनु जरुरी थियो । हुन सक्छ तपाईंको लागि यो नाम राम्रो होला । तर यो त शहर हो । यहाँ यस्तो नाम आज भोली युवायुवतीहरुले पचाउन मान्दैन । त्यसैले गर्दा तपाईंको नाम पनि परिवर्तन हुनु जरुरी थियो ।” अनी अली अपठ्यारो मन्दै थिइन । “श्वेता” हो श्वेता यो नाम तपाईंको लागि सुहाउथियो । उनी बश मुस्कुराइन मात्र । बिस्तारै बिस्तारै दिल कुमारी श्वेताको नामले चिनिन थाले । यसै क्रममा मेरा साथीहरुसँग अप्नी श्वेताको राम्रो दोस्ती बढ्दै गयो । धेरै समय भै सकेको थियो – श्वेता र मेरो बिच मित्रता भएको । तर म बश मित्रको रुपमा मात्र होइन श्वेतालाई भित्री हृदय देखी नै चाहन्थे । म उनलाई आफ्नो बनाउन चाहन्थे । मैले श्वेतालाई मन पराउथिए भनेर मेरो घरमा पनि सबैलाई थाहा थियो । श्वेता मेरो दिलो ज्यानमा समाहित भै सकेको थियो । तर आज सम्म पनि मैले उनलाई आफ्नो मनको कुर पोखेको थिएन । मलाई लागि रहेको थियो कि उनले पनि मलाई चाहन्थ्यो । एक दिन म मनमा धेरै शाहअस बटुलेर उनी सामु मनका सारा कुराहरु पोख्छु भन्ने सोच लिएर श्वेतालाई भेट्न क्लास तिर गए । तर उनी क्लासमा थिइन । मैले मेरा साथीहरुलाई सोध्न थाले कि श्वेता कहाँ चाइना भनेर । तर कसैले श्वेता कहाँ चाइना भनेर भन्न सकेन । मैले उनलाई क्लास, लायब्रेरी सबै तिर खोजे तर उनलाई खोजे । तर मैले उनलाई भेटिन । अनी म क्यान्टिन तिर लागे । त्यहा श्वेता र प्रकाश (मेरो मिल्ने साथी) बसी रहेको थियो । म उनीहरुको नजिकै गए । म अचानक छाँगा बाट झरे जस्तो भए श्वेता र प्रकाशको कुराकानी सुनेर । उनीहरु माया पिरितिका कुराहरु गरी रहेको थिए । सँगै बाच्ने सँगै मर्ने बाचाहरु गरी रहेको थिए । म चुपचाप आफ्नो पाइला पछाडि सर्दै फर्किए आफ्नो मनको कुराहरु मनमा नै थाती राख्दै । शायद तिनीहरुलाई यो पनि थाहा भएन कि मैले तिनीहरुको कुरा सुने भनेर । मनमनै दुबै जनाको सफल जीवनको लागि प्रार्थना गरे । भोली पल्ट देखी मैले कालेज जान छोडी दिए । मेरो जीवन अन्धकार भै सकेको जस्तो लाग्न थालेको थियो । मानि लिउ यो संसारमा म बश एक्लो मान्छे थिए । मैले जसलाई मन पराएको थिए, उही नै आज आर्काको अङालोमा । मैले सोच्नै नसक्ने कुरो भै सकेको थियो । एक किसिमले म पागल झै भै सकेको थिए । म कालेज एक पटक गए, तर मेरो मन भिजेन पहिलेको जस्तो । म पहिलेको जस्तै साथीहरुसँग खुलेर कुरा गर्न सकिन, हास्न सकिन, रमाउन सकिन । बिगतका श्वेता सँग बिताएका हरेक पलहरुले मलाई पछ्छाइ रहेको थियो । मैले चाहेर पनि श्वेताको यादलाई मेटाउन सकिन । अनी मैले श्वेताको याद मेटाउनको लागि मैले आफ्नो ठाउँ छोड्ने बिचार गरे । मैले घरअपरिवारमा छलफल फरी म गाइघाटबाट काठमाडौं पढाइको निम्ती गए । म काठमाडौं गएको ६ महिना पछी श्वेता र प्रकाशले मन्दिरमा विवाह गरेछन । थाहा नै नपाई समय पनि २।३ बर्ष बिती सकेको थियो । एक दिन मेरो घरबाट बहिनिको विवाह हुन लागिरहेकोले गर्दा घर चाडै आउनु परे भनेर चिट्ठी आयो । त्यसैले त्यही कामको सिलसिलामा म गाइघाट फर्किए । घरमा पुगे, विवाह पनि राम्रै किसिमले सम्पन्न भयो । विवाह सकिन साथ म फर्किनु पर्ने थियो, तर धेरै लामो समय पछी गाइघाट आएकोले गर्दा केही समय मलाई आफ्नै ठाउमा नै बिताउन मन लाग्यो । विवाह सकिएको २ दिन बितिसकेको थियो । म बिहानै उठेए घरबाट बाहिर निस्के । धेरै साथीहरुलाई भेटे, तर श्वेता र प्रकाशलाई भेट्ने कोशीश गरिन । बिहानको समय भएकोले गर्द मैले मन्दिर जन छुटाइन । मन्दिराबाट फर्किदा नजिकै एक दमै राम्रो घरअको निर्माण काम चल्दै थियो । म त्यही घर तिर एक छिन् हेरी रहे । “राजु” कसैले मलाई बोलायो, तर मैले ठम्याउन सकिन कसले मलाई बोलाई रहेको थियो भनेर । त्यही निर्माण हुँदै घरबाट एक जना केही मोटो मान्छे मेरो नजिकै आउँदै गरेको देखे । मैले त्यो मान्छेलाई चिन्न सकिन । त्यो मान्छे मेरो नजिकै आइ पुग्यो । म त्यो मान्छेलाई देखेर म तीन छक्क परे । त्यो मान्छे त जीवन पो रहेथियो । उ मेरो क्लासको साथी । तर जीवन आज धेरै मोटाइ सकेको थियो । पहिले जीवन धेरै पातलो थियो । “अनी राजु ! तिमी त धेरै लामो समय पछी गाइघाट आयौ ?” “के गर्नु यार, पढाईलाई पनि टाईम दिनु पर्‍यो नि त ।” मैले जीवनलाई भने । जीवन मात्रा मुसुक्क हास्यो । मैले उनको हालखबर सोधे । उ त ठेकेदार काम गर्न थालेको रहेथियो । अनी मैले जीवनलाई श्वेता र प्रकाशको बारेमा पनि सोधे । तर जीवनले मलाई केही पनि भन्न चाहेन उनीहरुको बारेमा । त्यस पछी म जीवन सँग बिदा मागी आफ्नो गन्तब्य तिर लागे । फर्किने क्रममा मेरो आँखा गिट्टी कुटी रहेको एउटा आईमाई माथि पर्न गयो । सार्है नै दयनिय अवस्थामा थिए – ति आईमाई । उनको साथमा एउटा सानी बच्चा पनि थियो । शायद भोकले होला बच्चा रोइ रहेको थियो । म त्यस आईमाई नजिकै गए । तर ति आईमाईले आफ्नो अनुहार फाटी सकेको साडीको सप्कोले छोप्ने प्रयत्न गरिन । कता कता देखे जस्तो र चिने जस्तो लाग्यो मलाई । उनको साडीको सप्को उनको अनुहार लुकाउन काफी थिएन । म उनको नजिकै पुग्ने बितिकै कहालिन पुगे । जीवन अन्धकार भए जस्तो लाग्यो एक छिनको लागि । मेरो छातीभरी पुरानो घाउहरु बल्जिन थाले । “श्वेता ! तिमी यो हालतमा? कसरी?” मैले आफ्नो आश्चर्य यसरी पोखे । तर श्वेता मसँग बोल्न चहिनन । उनले आफ्नो अनुहार बिपरित दिशा तिर मोडिन । मैले उनलाई लाख बिन्ती गरे अनी मात्रा उनले आफ्नो २ बर्षको तितो कहानी सुनाउन थाले । उनलाई नियतिले ठगेको एक एक कुराहरुले मेरो बित्री हृदयमा चस चस घोची रहेको थियो । उनको आँखा भरी आन्शुका ढिक्काहरु जमी रहेको थियो र मेरो पनि आँखाबाट आशु बगिरहेको थियो । वास्तव श्वेता गाउको जमिन्दारको एक्लो छोरी थिइन । सबै कुराहरुले सम्पन्न परिवारमा हुर्किएको युवती थिइन । आमा भने पनि बुवा भने पनि श्वेतालाई उनको लागि बुवा नै थियो । किन कि उनको आमा सनै चाडआ नै बिती सकेको थियो । आफ्नो बुवाको इच्छा अनुसार मात्रा उ गाइघाट पढनको लागि झरेको थिइन । नत्र श्वेता एउटा टिपिकल गाउले केटी थिइन । तर मेरो संगतमा परे पछी मात्र उनमा परिवर्तन आएको थियो । प्रकाशले श्वेतासँग मायाको झुटो गाथा गास्यो बश सम्पत्तिको लागि, श्वेता सँग विवाहको सम्बन्ध गास्यो बश सम्पत्तिको लागि । तिनीहरुको विवाह पश्चात श्वेताको बुवाले सबाइ सम्पत्ति प्रकाशको नाम गरी दिएथियो । किन्की बुवाको शेष पछी त सम्पत्तिको हकदार श्वेता नै थियो । तर प्रकाशले त्यस पछीको दिनहरुमा आफ्नो असली रुप देखाउन थालेथियो । आफ्नो ज्वाँईको असली रुप देखे पछी बुवाको हृदयघातबाट निधन भएथियो । त्यस पछी प्रकाशले श्वेतालाई परबाह गर्न चढि दिएथियो । त्यती खेर श्वेता गर्बपती थिए । अहिले प्रकाशको अर्कै दुनियाँ बनी सकेको थियो । अनी श्वेताको चाँही दर्द भरिएको जिन्दगी । यस्तो थियो श्वेताले मलाई सुनाएको कहानी । श्वेता बास्तबमै धेरै दुब्लो भएको थियो । हाड र छला मात्रा थियो उनको शरीरमा । उनको अनुहार पनि कालो निलो भै सकेको थियो । शायद कती दिन देखी भोकै थि होला । नजिकै बच्चा कराइ रहेको थियो । बच्चालाई आफ्नो काखमा लिएर दुध चुसाउन लगिन । तर त्यती नै बेला श्वेता बेहोश भइन । श्वेताको छोरी जोड जोडका साथ कराउन थाले । शायद आफ्नो आमाबाट आफु प्रतिको बात्सल्य प्रेमको खोजिमा थिइन उनी । मैले त्यो बच्चालाई च्यापे अनी एम्बुलेन्स बोलाए । अस्पतालमा पुगेर श्वेतालाई ईमर्जेन्सी वार्डमा भर्ना गरे । डाक्टरले उनलाई पानी चडाइ दिए । श्वेता अझै पनि बेहोश अवस्थामा अनी थियो । लगभग ३।४ घण्टा पछी मात्र श्वेताको होश आयो । “अहिले तिमिलाई कस्तो थियो ?” मैले श्वेतालाई उनको हालखबर जान्ने प्रयत्न गर्दै सोधे । उनले मेरो जवाफ दिनु अगावै नै आफु नजिकै बेडमा भएको छोरीलाई मेरो हातमा दिदै केही भन्न कोशीश गर्‍यो । अस्पष्ट शब्दहरु निस्की रहेको थियो । मलाई बुज्न प्रयास गरे । “राजु अब म धेरै समयसम्म आफ्नो यो जुनीलाइ टिकाउन सक्छु जस्तो लागेको थिएन । त्यसैले मेरो छोरीको तिमी संरक्षक बनी देउ । केवल संरक्षक । प्लिज मलाई तिमी बचन् देउ कि तिमीले मेरो छोरीलाई आफ्नो सन्तान जस्तै राख्ने थियौ ।” म नतमस्तक भए उनको कुर सुनेर । मैले हुन्छ भन्नु सिबाय् केही पनि उनलाई भना सकिन । मेरो त्यस्तो जवाफ सुनेर उनको अनुहारमा केही हल्का मुस्कान छायो । “राजु तिमी मलाई बचन् देउ कि तिमी मेरो छोरीको संरक्षक भन्ने थियौ ।” अडकिदै श्वेताले भनिन । मेरो आँखा भरी आशु भरी सकेको थियो । मैले उनलाई बाचान दिए कि उनले चाहेको अन्तिम इच्छा पुर गर्ने थिए भनेर । त्यतिकैमा श्वेता मलाई अरु कुरा भन्न चाहे जस्तो थियो । तर त्यो कुरा श्वेताले पुरा गर्न सकेन । श्वेताले आफ्नो आँखा सदा सदाको लागि चिम्लिन । श्वेताको शरीर बिना मूल्यमा परिवारतित भै सकेको थियो । म भक्कानो फुट्ने किसिमले रुन पुगे । तर मैले आफ्नो त्यो रोदनलाई रोकेर रोइ रहेको श्वेताको छोरीलाई उठाए । अनी आफ्नो पाइलाहरु अगाडि बढाउन लगे, तर मेरो पाइला टक्क अडिन पुग्यो । मैले देखे मेरो सामु प्रकाश उभी रहेको । प्रकाशको आँखामा पनि आशु बगी रहेको थियो । प्रकाशले श्वेताको खुट्टा हात राखी रुदै भन्यो “श्वेता तिमीले हामीलाई छोडेर जान सक्दैनौ । मलाई माफ गरी देउ । मैले तिमीलाई ढोका दिए ।” मुढा लडे जस्तै लडेको श्वेताको लाशमा छाती पिटी पिटी रुन थाल्यो । प्रकाशलाई पनि मैले निकै दुब्लो देखे । शायद उ लागु प्रदार्थको शिकार भएको थियो । ऐश आरामको जिन्दगीको लागि उनले श्वेताको सम्पत्ति हडप्यो । अनी लागु औषधको बाटो अपनायो । शायद उनले पनि श्वेतालाई त्यती नै चाहन्थ्यो, जती मैले चहेको थिए । तर ऐश आरामको जिन्दगीको लागि प्रकाश बाटो भाडाकिएको मान्छे जस्तै भनी सकेको थियो । प्रकाशले आफ्नो छोरी मसँग मगे । तर मैले उसलाई श्वेताको अन्तिम इच्छाको जानकारी गराउदै छोरी दिन मानिन । मैले भावना र दायित्वको कुरा गरे तर उसले रगतको कुरा गर्न थाले । त्यहा पनि मेरो नै हार भयो । मैले श्वेताको छोरी माथि आफ्नो अधिकार जमाउन सकिन । वास्तबिक अर्थमा प्रकाशको नै छोरी माथि हक र अधिकार लाग्थ्यो । नचाहदा नचाहदै पनि मैले प्रकाशलाई उसको छोरी जिम्मा दिनु पर्‍यो । त्यस पछी बाच्नु देखी बित्रिष्णा लागेर आयो । प्रत्येक् मानिस प्रति मलाई घ्रिणा लाग्न थाल्यो । आँफैले आँफैलाई धिकार्न लागे । शायद म आफ्नो लागि आँफै घ्रिणित पात्र बनी सकेको थिए किन कि मैले श्वेताको बश एउटा अन्तिम इच्छा पनि पुरा गर्न सकिन । त्यसैले आज २० बर्ष भै सक्यो त्यो मानव भनाउदाहरुको बस्ती छोडेको । यसरी मेरो एउटा कहानी टुंगिन पुग्छ । मेरो आँखाबाट आशु बगी रहेको थियो । मैले कोठाको बातावरण तिर ध्यान दिए । शान्त बातावरण छाएको थियो । त्यती खेर पानी पर्न छाडि सकेको थियो । मेरो अगाडि दुबै जना मेरो कहानी सुनी रहेको थियो । दुबै जनाको आँखा रसाइ रहेको थियो । अझ शितलको हालत अली खराब नै थियो । उनको आँखाबाट बलिद्र आशुका थोपाहरु चुहिन मात्र बाँकी थियो । शितल सरासर मेरो सामु आइन र केही बेर सम्मा मलाई एकोहोरो हेरी रहिन । “बाबा ! तपाईंलाई श्वेताको छोरीको बारेमा केही थाहा थियो त ?” मेरो जवाफ कोशीश गरे तर आवाज आएन । बश मैले टाउको मात्रा हल्लाए । केही छिन् मैले भने ” अह, मलाई उनको बारेमा केही पनि थाहा थिएन । शायद उनी त अहिले तिमी जत्री भइन होली ।” मैले शितललाई देखाउदै आफ्नो कल्पना उनलाई पोखे । “के तपाईं श्वेताको छोरीलाई भेट्न चाहनु हुन्छ?” “किन नचाहनु र ? अबश्य पनि म श्वेताको छोरीलाई भेट्न चाहन्छु ।” आफ्नो भित्री इच्छा यसरी पोखे । “तर म त्यती खेर कती लाचार थिए है, मैले श्वेताको अन्तिम इच्छा पनि पुरा गर्न सकिन ।” अली दुखी हुँदै भने । फेरी मैले आफ्नो मनको जिज्ञासा राख्ने मनसाय् गरे ” तर उनी अहिले कहाँ छिन् होला ?” मेरो शिर घोप्टो परी सकेको थियो किन कि मेरो अतितका क्षणले फेरी मेरो छाती चस चस गरी घोची रहेको थियो । मैले उनीहरुसँग नजर मिलाउन सकिन । शितलले मेरो घोप्टो परेको चिउडोलाई हातले माथि उचाल्दै उनले मेरो आँखामा हेर्दाइ भनिन ” बाबा ! श्वेताको छोरी अहिले तपाईंको सामु नै उभिएको थियो ।” म खुशीले गदगद भए । म भित्र खुशीको सिमा रहेन र लाग्यो मलाई पहिलो पल्ट भाग्यले साथ दिए जस्तो लाग्यो । मैले मेरो भगवानअलाई मनमनै धन्यवाद दिए । “हो बाबा, म नै श्वेताको छोरी हुँ ।” भन्दै शितलले मलाई अंकमाल गरिन । मेरो आँखाबाट खुशीको आशु थामिएको थिएन । शायद धेरै समय पछी मैले आफ्नो भन्ने कोही मान्छेको अंकमालमा रमाउन पुगेको थिए । म हर्षले बिभोर भएको थिए । मैले शितललाई उनको बुवा उर्फ प्रकाशको बारेमा सोधे । उनले भनिन ” मेरो बाबा बित्नु भएको ५ बर्षा भयो । मलाई मेरो बाबाले कहिले पनि आफ्नो आमाको कमी हुन दिनु भएन । मेरो आमा भने पनि बुवा भने पनि मेरो बाबा नै हुन । बाबा धेरै समय सम्म लागु प्रदार्थमा रम्नु भयो । तर मेरो खुशीको लागि बाबाले कहिले पनि लागु प्रदार्थ छुनु भएन । तर शायद त्यती खेर निकै ढिलो भाई सकेको थियो क्यार । मेरो बाबालाई क्यान्सर भै सकेको थियो । मलाई बाबाले मर्ने बेलामा मेरो आमा र तपाईंको बारेमा सारा कुराहरु सुनाउनु भयो र उहाको अन्तिम इच्छा थियो कि तपाईं सँग क्षमा माग्ने । तर त्यो काम त बुवाले गर्न सक्नु भएन तर मलाई त्यो काम छोडेर जानु भयो । त्यसैले म मेरो बाबाको तर्फबाट तपाईं सँग क्षमा माग्दै थिए ।” भन्दै हात जोडीन । मैले प्रकाशलाई मन मनै माफ गरे . त्यती खेर सम्म बिहानको किरण लागि सकेको रहेथियो । उनीहरुले आफु सँगै शहर जानको लागि अनुरोध गर्‍यो तर मैले मानिन् । मलाई मेरो एक्लोपन नै मन पर्न थाली सकेको थियो । धेरै अनुरोध गर्दा पनि मैले शहर जान मानिन् । अनी उनीहरु शहर जानको लागि मसँग बिदाबरी मागेर आफ्नो बाटो लगे । तर म जीवन गोरेटोको एउटा यात्री कयौ बर्षौ देखी हुँदै आफ्नो एक्लोपनमा बाची रहेको थिए । आज पनि म त्यही अनकन्टार अनी निर्ज्जन ठाउमा जीवन साची रहेको थिए – कसैको यादमा र भन्दै थियो “श्वेता ! आज फेरी तिम्रो याद आयो ।”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: