“”केही मुक्तकहरु”

– राजु राई

“प्रेम”

जब नजर नजरसँग मिल्ने गर्छ
हरेक मोडमा कसैको प्रतिक्षा हुने गर्छ
ह्रुदय रुने छ तर घाऊहरु हास्ने गर्छ
शायद यसैलाई प्रेम भन्ने गर्छ

 
“कसैको याद”

कहिले यस्तो एक्लोपन र उदासी म थिइन
कहिले मेरो हृदयमा ब्यथाहरु बल्झेको थिइन
थाहा छैन किन तिम्रो त्यो मुस्कानले के गर्‍यो
नत्र कसैको यती धेरै याद आउने गरेको थिइन

 
“हर पल”

जब तिम्रो नाम मेरो आवाजमा आउछ
तब बिना कारणै मेरो हृदय मुस्कुराउने गर्छ
हुन्छ मेरो मन सम्झी उनलाई
जो हर पल मेरो यादमा आउने गर्छ

 
“केटीको बाउलाई के थाहा?”

हृदयको ब्यथा हृदय तोड्नेलाई के थाहा
प्रेमको रस प्रेम नरुचाउने यो समाजलाई के थाहा
कती गार्हो हुन्छ केटीलाई फकाउन
यो कुरा घरमा बस्ने केटीको बाउलाई के थाहा

 
“चिन्न छाड्यो रे”

पहिले ऊ मेरो लागि ज्यान दिन्छु भन्थ्यो
तर ऊ आज निकै माथि पुग्यो रे
मेरो नजिक हिड्दा पनि अन्जान सरह बनी
आज उसले मलाई छिन्न छाड्यो रे

 
“प्रेम गर्नु अगाडि”

झरी दिन्छ आँसु रोइ दिनु भन्दा अघि
टुटी जान्छ सारा सपना निदाउनु अघि
सबैले भन्छन प्रेम एक किसिमको सजाय हो
शायद कसैले रोकी दिए हुन्थ्यो प्रेम लगाउनु अघि

 
“मेरो जिन्दगी”

भिजी सकेको कागज समान भै सकेको छ मेरो जीन्दगी
कसैले लेख्ने पनि गर्दैन र कसैले जलाउने पनि गर्दैन
यस्तो किसिमले म एक्लो भै सके कि आजकल
कसैले सताउने पनि गर्दैन र कसैले मनाउने पनि गर्दैन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: