“मेरो सानुलाई एउटा प्रेम पत्र” भाग – १

सम्झना पूजारी मेरी प्यारी सानु,

हर पल – पल सम्झना ……………………… !!!

साथमा तिमीलाई अबिरल सम्झनाको क्षणहरु अनि युगौयुगसम्म चुमिरहने मायाका थुँगाहरु !

शिशिर ऋतु पछिको इन्तजारमा बशन्तले पाइला टेके सरी मेरा यी वाक्यहरु सँगाल्दै एउटा निर्जीब सेतो कागजको क्यानभासलाई सजिबता दिन आफ्नो कुन्ठित प्रयासलाई तिम्रो सामु ल्याउने चेष्टा गरी रहेको छु, आशा छ यो चेष्टाले अबश्य पनि तिम्रो हृदयमा घात पुर्याउने छैन ।

बिगतमा बितेका ती पलहरु मानसपटलमा खेलिरहेको अवस्थामा आज अनायसै मेरो यी औलाहरु तिम्रो सम्झनालाई स्पर्श गर्न आतुर रहेको छ । तर मलाई थाहा छ कि यो सम्भावना एकदमै बिरलै मात्रामा छ । तथापि तिमीले बोलेका हरेक शब्दहरुले आज सम्म पनि मेरो हृदयमा डेरा जमाइ रहेको छ, विश्वाश गर तिमीलाई मैले भौतिक रुपमा पाउनु भनी मैले कहिल्यै पनि सोछेको छैन, तर हृदयको सम्बन्ध हृदयसँग हुन्छ रे, त्यसैले त तिम्रो स्‍मृतिहरु मेरो आँखाभरी नाचिरहदा अन्जानमै म मुसु मुसु हाँसी रहेको हुने छु – बिना कारणै ।

आजको घडीसम्म जीवनलाई घिसार्ने क्रममा कता कता मेरी सानु के गर्दै छिन्, कसो गर्दै छिन्, मलाई सम्झदै बसी रहेकी छिन् कि भन्ने कौतुहलता मन भरी पलाई रहेको छ । तर म अहिले पनि सोची रहेको छु कि मेरी सानुले मलाई Mr. Gaighat भनेर किन बोलाउने गर्छ ? यस्तै मेरी सानुले मलाई अरु पनि कयौ उपनामहरु दिएको छिन् । कती पय त उनले दिएका नामहरु अनि ती नामहरुबाट उब्जेका कैयन सवालहरु आँफै अनुतरित गर्दै हास्न पुग्छु । हुन त उनले मलाई हा! हा! हा! गरेर हास्न निषेध गरी दिएको छ । त्यसैले कहिले काही हा! हा! हा! गरेर हास्न पुगेछु भने पनि उनले भनेका कुराहरु सम्झिन पुग्छु अनि एक छिन् वरिपरि हेर्ने कोशीश गर्छु ता कि उनको सम्झनाले पनि मेरो यो हसाइ थाहा नपाओस भनेर । त्यस पछी म आफ्नो ठुलो हसाइलाई रोकेर पुन: मुसु मुसु हास्न पुग्छु । वास्तबमा नै भन्ने हो भने आज साचै नै मेरो यस किसिमको मुस्कुराहट्ले सही अर्थमा हास्न सिकाइ दिएको छ । त्यसको लागि मेरी प्यारी सानुलाई मुरी मुरी धन्यवाद टक्याउन चाहन्छु ।

 बाँकी चाँही अर्को पटक है सानु ।

यहाँ लेखिएको प्रेम पत्रलाई केवल काल्पनिक मानि दिनु हुन अनुरोध गर्दछु ।

“मेरो सानुलाई एउटा प्रेम पत्र” भाग – १ का 2 वटा प्रतिक्रियाहरु

  1. meesan poudel भन्नुहुन्छ:

    ramro chha tapai ko yo preem patra

  2. raju rai भन्नुहुन्छ:

    tapaiko comment pani ramro lagyo malai…….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: