“मेरो सानुलाई एउटा प्रेम पत्र” भाग – २

यद्यपि मेरो मन भरी अनेकौ सवालहरु मडारिरहेको छ । म मेरी सानुलाई जति चाहन्छु, त्यति नै मेरी सानुले पनि मलाई  के …..? यो आँफैमा एउटा प्रश्न चिन्ह हो यो मेरो सवाल । मैले कति पटक मेरी सानुको सामु हृदयभरी उकुसमुकुस भएका भाबनाहरु अटल अनि अदभ्य साहस् लिएर राख्ने प्रयास गरे । तर मलाई त यो पनि थाहा छैन कि मेरी सानुले मेरो मनका भाबनाहरु बुझिन कि बुझिनन ? यो पनि सवाल हो मेरो लागि म आफ्नैको ।

शायद उनले मेरो अझै पनि अग्नी परिक्षा लिन खोजी रहेको छिन् होला । तर यो कुरा सही हो भने मेरी प्यारएे सानु मलाई माफ गरी देउ किन भने म तेत्रा युगको हनुमान होइन जो कि आफ्नो छाती चिरेर देखाउन सकू । तर म तिमीलाई यो कुराको पूर्ण विश्वाश दिलाउन चाहन्छु कि तिमीलाई मैले साचो माया गरेको छु । अब पनि तिमीले मेरो यो साचो मायालाई खेलाची सम्झी दियौ भने म सम्झिने छु कि तिमी वास्तब मै ढुङ्गाको मन भएको मान्छे रहेछौ । ढुङ्गासँग आफ्नो मनको भावनाहरु पोखे समान झै भै रहेको छ, मैले तिम्रो सामु आफ्नो अभिब्यक्ति राख्नु त ।

यदि तिमी साचै नै यति कठोर छौ भने मेरो सपनामा पनि आउने नगर । भनिन्छ नि सपना त आफुले चाहेको मान्छेको मात्र देखिने गरिन्छ, तर यो कुरा केलाउदा त म असामन्जस्यमा पर्न जान्छु । अनि म आँफैलाई प्रश्न गर्छु किन त म मेरी सानुलाई सधैं सपनामा देख्ने गर्छु ? आज पनि उनैको लागि हरेक चाहरा, कन्दरा, पात पतिङर सँग मैले मित लगाएको छु, ’emसँग मैले आफ्नो प्रेम कथा सुनाएको छु, चराचुरुङीहरुसँग तिम्रो नामको गीत गएको छु र कोइली र मुनाल चराहरु पनि उफ्री उफ्री नाचिरहेको छन यहाँको परिवेशमा । तर त्यहा तिम्रो मनमा के मेरो लागि स्थान छ त ?

धोका भन्ने चिज मलाई पहिले देखि नै मन नपर्ने चिज हो । त्यसैले आज रातिको सपनामा तिमी आउने छौ कि छैनौ र यदि सपनामा आयौ भने मेरो प्रेम प्रस्ताबलाई स्विकार्ने छौ कि छैनौ ? आजको रात सम्म म तिम्रो प्रतिक्षा गर्ने छु । तर तिमी ढुङ्गा नै बन्न चाहन्छौ भने त मेरो भन्नु तिमीलाई केही छैन । बश तिमीलाई सफल शुभकामना दिन चाहन्छु ।

बाँकी चाँही अर्को पटक है सानु ।

यहाँ लेखिएको प्रेम पत्रलाई केवल काल्पनिक मानि दिनु हुन अनुरोध गर्दछु ।

Advertisements

4 Responses to “मेरो सानुलाई एउटा प्रेम पत्र” भाग – २

  1. Prakash Gautam Ashok भन्नुहुन्छ:

    Raju ji, tapaile sanu lai lekheko patra sanu le herin ta; maile ta here….
    malai ramro lagyo. sanu lai tapai really chahanu hun6 jasto 6. chahanus, yo tapaiko god given previlage ho. ane arko kura, “true love is never expressed”, hares nakahnus; sachcha manle chahanuvaeko 6 vane unlai vanna pardaina; ekdin sanu tapaikae hun6in.. wish u all da best
    http://www.ilostangel.wordpress.com

  2. raju rai भन्नुहुन्छ:

    प्रकाश जी,

    तपाईंको सुझाबको लागि धेरै धेरै धन्यवाद, तर के अबगत गराउन चाहन्छु भने यो केवल काल्पनिक पत्र हो ।

  3. sanukanchi भन्नुहुन्छ:

    lol.. प्रकाश जी, को सुझाब chai yad_raknu hi nojuu.. uhata jotes po jasto 6 ni future ko kura pani vannu hudo rahe6 ho..!! mero barei ma pani soddnu man_theyo.!!!

  4. Prakash Gautam Ashok भन्नुहुन्छ:

    sanukanchi ji, k chha testo??? sodda hun6. tara maile raju ji ko barema jotes jasto k vane ra??? actually ma jotes chahi hoina hai…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: