“मेरो सानुलाई एउटा प्रेम पत्र” भाग – ३

विश्वाश गरे, मुटु झिकेर तिमीलाई सुम्पी दिए
दुत्कारी दियौ, फट्कारी दियौ
त्यही शोकले आज म योगी भए
निश्ठुरीलाई माया गरी आँफैलाई जोगी बनाए

सुनेको थिए यो गीत एक ताका । सार्है नै मन छुने किसिमको गीत लागेको थियो मलाई । तर कहिले पनि सोचेको थिइन कि यो गीत जस्तै मेरो जीवनमा पनि यस्तै किसिमले घटना घट्ने छ भनेर । तर आज म योगी बन्नु र जोगी बन्नुको मझदारमा उभिएर सोच्न वाध्य भएको छु । सक्ने भए त शायद म पनि छाती चिरेर उनलाई कति माया गर्छु भनेर देखाउथे होला, तर त्यो पनि गरेर देखाउन सक्दिन । नजिक भए उनलाई कति माया गर्छु भनेर बताउथे होला, शायद मेरो हृदयका तमाम ब्यथाहरु अनि उनैको नामका कोरेका गीत, कबिता, मुक्तक सुनाउथे होला, उनको उनुपस्थितीमा मैले कसरी दिन रातहरु काटेको छु भन्ने कुरा त मलाई मात्र थाहा छ । भन्थ्यो साथीभाईहरुले कसैको माया मोहमा परियो भने दिनको भोक रातको निन्द्रा हराउछ रे । तर मैले त्यो कुरालाई त्यति खेर विश्वाश गर्न सकेको थिइन । तर आज यही कुरा अरु साथीहरुलाई सुनाउने गर्छु, उनीहरुले विश्वाश गर्दैन, जसरी मैले गरेको थिइन । शायद ’emले पनि कसैको मायालाई नजिक बाट नियालेर हेरेको छैन होला । तर सके सम्म मैले आफ्नो हृदयको अनेकौ भावनाहरु मेरी प्यारी सानुलाई ब्यक्त गर्ने प्रयास गरेको छु तर पनि उनले मेरो विश्वाश गरेको छैनन । आखिरमा किन त ?

मनभरी कयैन शोकहरु छन किन भने मैले उनलाई विश्वाश गरी आफ्नो मुटु दिने काम गरेको थिए । हरेक धड्कन धड्किनु भन्दा उनैको नाम लिने गर्थ्यौ मेरो मुटुले । मुटु मेरो भए पनि दासी त उनैको थियो । त्यही कारणले मैले आफ्नो मुटु पनि उनैको नाम गरी दिएको थिए । तर उनले मेरो मुटुलाई बिच दोबाटोमा नै छोडेर गइन । आज पनि मेरो मुटु उनी कहिले आउलिन भनेर प्रतिक्षाको झिनो आशा लिएर त्यही दोबाटोमा पर्खिरहेको छिन् । तर कहिले उनको मन फर्कने कुनै टुङो छैन । सुर्य कयौ पटक उदाइ सक्यो, कति पटक पुर्णिमाको चन्द्रमाले आफ्नो काचुली फेरी सक्यो, तर उनको मन शायदै अब पग्लिने छैन होला । शायद मोमको मुटु भाई दिएको भए, म पगाल्न पनि सक्थे होला, तर उनको मुटु त ढुङ्गाको पो रहेछ, पगाल्नै नसक्ने । कसैले कसैले भनेको थियो कि कसैको मुटु ढुङ्गा सरह सारो छ भने त्यसलाई फुटाउनु पर्छ भनेर तर म त्यसो पनि गर्न मानिन । कतै उनको मुटुलाई चोट लाग्ने छ भनेर मैले उनलाई टुटाउन चाहिन किन कि म उनलाई टुटाएर होइन न कि मनाएर आफ्नो बनाउन चाहन्थे । तर उनले त मेरो विश्वाशलाई यसरी लत्याइ दिइन कि म आज निश्ठुरीको माया लिई योगी र जोगी बन्नु सिबाय् केही गर्न सकीरहेको छैन ।

बाँकी चाँही अर्को पटक है सानु ।

यहाँ लेखिएको प्रेम पत्रलाई केवल काल्पनिक मानि दिनु हुन अनुरोध गर्दछु ।

Advertisements

4 Responses to “मेरो सानुलाई एउटा प्रेम पत्र” भाग – ३

  1. raju rai भन्नुहुन्छ:

    I could not get you my friend Dharma Joshi G………

  2. suraj भन्नुहुन्छ:

    la la sanu lai bheri nai maya garnu hudo rahecha. mero pani testi halat 6. ma pani yeuta kati man parauchu. tesko lagi tapai le prem patra lekhara mail garidinu paro…………..

  3. raju rai भन्नुहुन्छ:

    aa-aafno soch ra bhavanaaharu jaher garne tarika hunchha, sayad tapai sanga pani chha……..tyasaile ek patak aafai koshish gari hernu na Suraj G………..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: