“मेरो complain मलाई नै”

म बिगत ४ साल देखी Al Jaber Trading & Contracting Company, Doha, Qatar मा कार्यरत छु । म जब देखि Qatar आएको छु, त्यो दिन देखि नै म Main Office मा काम गर्दै आएको थिए, तर कम्पनीले निकै ठुलो Project पाएको कारणले मलाई मेरो Manager ले Al Khor Housing Project मा H.R. Site Administrator को रुपमा पठाउने कुरा मेरो सामु राख्यो । मैले आफ्नो Manager ले भनेको कुरालाई नकार्ने कुरा नै उठेन ।

मैले काम गर्ने Company मा काम गर्नेहरु मध्येमा नेपालीहरुको सँख्या निकै ठूलो मात्रमा छ् । Company मा काम गर्ने नेपालीहरु साथीभाइहरुले केही समस्याहरु परेको खण्डमा धेरै जसो मात्रमा मलाई नै कल गर्ने गर्थ्यो । मान्छे यही हो भनेर नचिने पनि Site मा काम गर्ने केही नेपाली साथीभाइहरुबाट मेरो Mobile Number नफैलिने त कुरै थिएन । त्यही भएकोले कति नेपाली साथीहरुले मलाई नचिने पनि सोल्टीको नाता लगाउदै भए पनि सहयोगको अपेक्षा गर्नु हुन्थ्यो र म पनि सक भर आफ्नो नेपाली साथीभाइहरुलाई सहयोग गर्न तयार हुन्थे । यसो गर्नुमा मलाई सन्तोष पनि मिल्ने गर्थ्यो, तर कति पय अवस्थामा त चाहदा चाहदै पनि म उहाहरुलाई म आफ्नो सहयोग प्रदान गर्न असमर्थ हुन्थे । त्यसमा पनि ९०% नेपाली साथीभाइहरु त semi-skilled र labor कामको लागि मात्र छन । त्यो हुँदा खेरी धेरै जसो समस्याहरु त आफन्तहरुको मात्र हुने गरेको अनुभव छ मसँग ।

कसैले तलब नपाएको त कसैले छुट्टी जानको लागि त कसैले काम नपाएको अनि कसैले ticket refund को पैसाको बारेमा सोधपुछ गर्नु हुन्थ्यो मसँग । आफ्नो उत्तरदायित्वमा भएको काम त म तत्कालाई solve गरी दिन्थे, तर कती पय काम त मसँग सम्बन्धित नभएर अरुसँग हुने गर्थ्यो । त्यस बखत म आफ्नो नेपाली साथीभाइहरुको समस्या लिएर सम्बन्थित staff सँग जान्थे । कति पय अवस्थामा त ती समस्याहरु चाडै नै solve हुने गर्थ्यो त कहिले त समाधान नै हुँदैन थियो । यस्तो बेला ती नेपाली साथीभाइहरु म सँग रिसाउने गर्थ्यो । कतिलाई सम्झाउने पनि गर्थे, तर कतिलाई सम्झाएर पनि site अनि camp मा मेरो बारेमा नराम्रो नराम्रो कुराहरु अरुलाई सुनाउदै हिंड्ने गर्थ्यो ।

यस्तै घट्ना एकदिन मेरो सामु नै घट्न पुग्यो । लगभग आज भन्दा ९ महिना अगाडिको कुरा हो । म Al Khor Housing project मा जानु पूर्व main office काम गर्दा एक जना नेपालीले फोन गरी आफ्नो समस्या सुनायो । छुट्टी जानको लागि main office मा आफ्नो document दिएको एक महिना भै सकेको रहेछ, तर पनि त्यो समय सम्म उहाले final settlement पाउनु भएको रहेनछ । त्यही भएर उहाले मलाई सक्दो सहयोग गरी दिनु अनुरोध गर्नु भयो । मैले पनि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने सोच लिएर सम्बन्धित section को स्टाफलाई त्यो काम चाडो भन्दा चाडो सकी दिनको लागि मैले आग्रह गरे । तर त्यो स्टाफ Egyption मूलको परेको हुनाले इन्सल्लाह मात्र भने ।

त्यसको लगतै म भोलि पल्ट म Site मा Transfer भए । त्यो भएकोले गर्दा मैले पनि त्यो नेपाली साथीको समस्यालाई त्यति राम्रो सँग follow up गर्न सकिन किनभने म Site मा काम गर्न थाले पछि मेरो main office जाने काम पनि त्यति नै हुँदैन थियो । site गएको ५ दिन बिहान् ८ बजे तिर म आफ्नो काम गरी रहेको थिए, एउटा Time keeper ले एक जना नेपालीलाई केही समस्या छ भनेर मेरो अगाडि ल्यायो अनि मैले उहालाई आफ्नो समस्या भन्न लगाए । “सर! मै vacation जना चाहता हुँ, (धेरै जस्तो नेपालीले यहाँ हिन्दी भाषा नै प्रयोग गर्ने गर्छ) मैने अफिसमे काम कर्ने वाला राजुको फोन करके सब कुछ बता दिया था, फिर भि उसने अभी तक कुछ भि नही किया है, सार पहाडीयाकी ! (धनुषा जिल्लाको नेपाली थियो, त्यही भएर मैथिली पनि मिसाउथ्यो) मै नेपाल जाके forum को रिपोर्ट कर दुङा उनके खिलाफ” यसरी मेरो सामु उहा महानुभावले मेरो नै complain गर्नु भयो । आँखा भरी आसु चुहाउन थाल्यो, त्यो देखेर मेरो पनि मन पग्लिनु स्वाभाविकै थियो किनकी म पनि नेपाली हुँ । त्यस पछि मैले त्यति खेर नै अफिसमा फोन गरेर त्यो समस्याको बारेमा सोधे । final settlement तयारीमा नै रहेछ । अनि मैले उहालै सम्झाउदै भने “आपका पैसा आज साम camp मे ही आएगा । आप अभी अपना camp मे जाइए । अगर आज आपको पैसा नही मिला त कल इधर फिर मेरे पास आईए, मै फिर फोन कर देगा अफिसमे।” त्यस पछि आफ्नो गम्छाले आसु पुछ्न थाल्यो । मलाई “शुकृया” दिदै जान लागेको त्यो नेपाली (उमेरमा म भन्दा धेरै ठुलो थियो)रोक्दै सोधे “आपने कभी राजुको देखा है?” “नही” भन्दै उहाले आफ्नो बाटो ततायो ।

त्यसको २ दिन पछि त्यो नेपाली दाई नेपाल उडी सकेको खबर मेरो कानमा पर्‍यो, तर उहाले जस्को complain जसलाई सुनायो, त्यो मान्छे पनि complain सुनी दिने मान्छे नै हो भनेर थाहा पाए कि पाएन, त्यो त मलाई थाहा हुन सकेन, तर मलाई अझै पनि मेरो दिमागमा उहाले भनेको कुरा अझै घुमी रहेको छ “सार पहाडीया अनि forum को रिपोर्ट” ।

“मेरो complain मलाई नै” का 7 वटा प्रतिक्रियाहरु

  1. Ashok भन्नुहुन्छ:

    राजुजि, परदेशी भुमिमा नेपालीसँग मिलेर बस्नुभएको थाहा पाउदा साह्रै खुशी लाग्यो…
    आफ्नो काम राम्ररी गर्नुहोला, मेरो बिशेष शुभकामना….

  2. raju rai भन्नुहुन्छ:

    तपाईंको शुभकामनाको लागि धेरै धन्यवाद ।

  3. Ametya भन्नुहुन्छ:

    “धेरै जस्तो नेपालीले यहाँ हिन्दी भाषा नै प्रयोग गर्ने गर्छ.”…… नेपाली भाषा को यो छ हाल .. अनि के नेपाली हुनु मा गर्व गर्नु ????

  4. raju rai भन्नुहुन्छ:

    तपाईंको सोचाई शायद मेरो सोचाइसँग मेल खान पुगेन । कतारमा धेरै official स्टाफहरु भारतीय मूलको नै गरेकोले गर्दा प्राय् नेपालीहरुले पनि नेपालीहरुसँग पनि पहिलो भेटमा हिन्दी नै प्रयोग गर्ने गरेको सत्यता चाँही मैले ओकल्न खोजेको हो र अर्को हामी नेपाली हौ, नेपाली हुनुमा गर्ब गर्छौ ।

  5. kkbhattrai@yahoo.com भन्नुहुन्छ:

    Really raju sir yasto ghatana ta mero pani ghatako6 kati nepal and indian ko sathma mero mobile no6 junlai maila ni chindina, kati cal haru auchan din ma therefore hame nepali haru la nepali & indina chamiki rasta haruko seva garnu parcha ani ma god sanga pray garchu ke yasari ni nepali haru lai nepali haru ko help garne power dinus
    bye

  6. kkbhattrai@yahoo.com भन्नुहुन्छ:

    ho raju sir hami haru la aru employers haru la ja vanapani result sanga hoina afno kartabba sang cure garnu parcha ani yo bidashi vume ma afno nepali haru lai badi parthamikata dinu parcha vannela ja vanun afnu karbabe kailai navulnu vandai bida hunchau
    bye and take cure of Nepali brothers

  7. monika भन्नुहुन्छ:

    hi raju bro i would like to say congratulation n i will pray for you for your onother step.i am really happy with your help to other those are unable to speak in main office,but think that those are taking help frpm you they will never help because they are very jelious with your position even they are from your….but i hope so your so experiance guy u know better than me bye

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: