“नआउ नयाँ बर्ष तिमी”

-राजु राई
यो कबिता मिती २०५७ फागुन २३ गते लेखिएको हो ।

 

नआउ नयाँ बर्ष तिमी
यदी तिरस्कार लिएर आउछौ भने
आउछौ त नयाँ बर्ष तिमी
बशन्तको नव पालुवा मात्र लिएर आउ
शिशिरको कठाँग्रिदो जाडो लिई होइन
चैते बैशाखको हुरी बतास झै आउछौ भने
डर लाग्दो पहिरो र बाढी भै आउछै भने
तिमी नआउ यहाँ, किन आउछौ ?
नयाँ बर्ष ! तिम्रो आगमनसँगै
बशन्तको गीताहरु गाउँए
न्याउली चरी र कोइलिको बास नउजाडियोस
आँसुका थोपाहरुले साउने भेल बन्नु नपरोस
त्यसैले नयाँ बर्ष ! तिमी
हामी कहाँ आउँदै नआउ
बरु तिम्रो आगमन चाहिदैन
किनकी त्यो आगमनले प्रश्न चिन्ह खडा गर्छ भने
तिमी हामीलाई नलोभ्याउ नयाँ लहरको
यदी लहरमा अनिकाल र खडेरी नहरिन्छ भने
म त भन्छु तिमी! यहाँ आउँदै नआउ
किनकी तिम्रो आगमन पक्ची दीन दुखिले दशा पाउछ
तिमी आए पछि दसैं आउछ र
दसैं पछि त दशा पनि आउछ
तिम्रो आगमनसँग सँगै 
कतिको सिउदो उजाडिन्छ, कतिको भाग्य खोसिन्छ
अनि कति लुटिन्छ, अनि कति भुटिन्छ
थाहा हुन्न यहाँ कति नाङिन्छ र कति मारिन्छ
नयाँ बर्ष ! तिमी यहाँ नआई
यदी बिधुवाको चित्कार बुझ्दैनौ भने
टुहुराको खुशी खोसिन्छ भने
नआउ, नआउ तिमी
यदी आउछौ नै भने नयाँ बर्ष तिमीले
टुहुरा, बिधुवाको मर्म बुझी दिनु
असहाय् आर्तनाद घाउहरुमा मल्हम लगाइ दिनु
अनि स्वागत छ, नयाँ बर्ष तिमीलाई
मेरो अनि सबको साथ छ तिमीलाई
तर दु:ख नल्याउ, आसुँ नबगाउ
केवल खुशी लिएर आउ
बिकास लिएर आउ प्रगती लिएर आउ
आफू हाँस्दै सारा सँसारलाई हसाउ
अनि नयाँ उल्लास र उमङ साथ
आफू जस्तै अर्को नयाँ बर्ष ल्याउ

“नआउ नयाँ बर्ष तिमी” का 7 वटा प्रतिक्रियाहरु

  1. manju भन्नुहुन्छ:

    man paryo kabita bhai

  2. SANTOSH SHRESTHA भन्नुहुन्छ:

    Hai,It’s me santosh shrestha all the way from BAHRAIN I am also members fo meroclub freinds.I saw your poem I like so much and more much I appreciate to your progress.I bless to you never be go backwards always be go forwards really i love this poem

  3. santosh shrestha भन्नुहुन्छ:

    u know dear actually i looked the mail but i got mistake myself as my website may be u have been feeling badly because of u didnt acess my site as well as full details right
    anyway i will do my best whatever i know ok dear keep in touch.see u
    santosh shrestha

  4. santosh shrestha भन्नुहुन्छ:

    u can see me as well mero club.com also but i am proud of u because of u r best and geneious and excellent super mind blowing man.

  5. SANTOSH SHRESTHA भन्नुहुन्छ:

    ke chha aru khabar
    sab aaraami ho?

  6. santosh shrestha भन्नुहुन्छ:

    naulo khabar ke6 aru
    udaypur.co.cc saknuvayo ki baki6?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: