“मेरो पहिलो माया”

– राजु राई

भनिन्छ नि सानो छदा लाएको माया कहिले पनि बिर्सिन सकिदैन भनेर, त्यस माथि केटाकेटी हुँदा खेरिको घटनाहरु त झन दिमाग वरिपरि घुमी रहेको हुन्छ । अनि यस्तो लाग्ने गर्छ कि एक पटक फेरि त्यो बाल्याबस्थाको समय आई दिए हुन्थ्यो कि जस्तो । शायद तपाईंहरुले पनि यस्तो अनुभब गर्नु भएको होला जसरी मैले गरेको छु । कति पय यस्ता पनि क्षण हुन्छ, जुन क्षणलाई हामी कहिले पनि भुलाउन चाहदैनौ । त्यस्तै एउटा क्षण मेरो जीवनमा पनि छ, जसलाई मेरो देह त्याग नभईन्जेल सम्म पनि आफ्नो दिमागबाट निकाल्न सक्दिन होला । शायद सानो छदा मैले गरेको मेरो पहिलो माया पो भएर हो कि । यस्ता कारण खोज्ने हो भने धेरै नै कारणहरु पता लाग्न सक्छ । तर यो मेरो माया एक तर्फी मात्र थियो ।

आज भन्दा ११ साल अगाडिको कुरो हो । म त्यती खेर ८ क्लासमा अध्ययन गर्थे । जेहेन्दार विद्यार्थीहरु मध्ये म पनि एक नै थिए । म अनि मेरा साथीहरु जीवन, सञ्जय, बिजएे, भुपाल र काशी सबै कुराहरुमा अगाडि नै थियौ । पढ्नुको अलावा अरु अतिरिक्त क्रियाकलापमा हामी निकै अगाडि नै थियौ । हामीलाई केवल हाम्रो क्लासको साथीहरुले मात्र हैन, आफु भन्दा सानो र ठुलो विद्यार्थीहरुले पनि राम्रै चिन्थे । सबै सँग राम्रै बोलचाल हुन्थ्यो, तर म भने केटी साथीहरुसँग बोल्नु भने पछी निकै नै पछि पर्थे । के कारणले त्यो त मलाई पनि थाहा हुन सकेन, तर जब म कुनै पनि केटी साथीको नजिक गएर बोल्नु पर्दा म एक्कासी रातो पिरो भई हाल्थे । यो बोल्छु भनेर हिंडेको मान्छे पनि केही नबोली फर्किन्थे, यदी बोले भने पनि के के बोले भनेर केही थाहा हुँदैन थियो ।

तर हामीले सुनेको छौ नि घुसघुसे मान्छे भित्र भित्रबाट अलि कपटी हुन्छ भनेर । शायद म पनि त्यस्तै थिए होला । केटी साथीहरुसँग त्यती मेरो बोलचाल नभए पनि म एउटी केटीलाई भित्र भित्र बाट नै मन पराउठे । खै त्यति खेर मलाई नै के हुन्थ्यो, त्यो केटी सँग आँखा जुध्न पुग्दा पनि मलाई एक दमै लाज लागेर आउथ्यो । अनि म आँफै आफ्नो नजर झुकाउथे । तर पनि म त्यो केटीलाई आफ्नो छबी देखाउन कहिले के कहिले के गरी रहन्थे । तर यो पनि थाहा हुँदैन थियो कि त्यो केटीले मेरो क्रियाकलाप प्रति गौर गरेर हेरेको छ कि छैन भनेर । त्यही पनि म केही न केही गरी नै रहन्थे ता कि उनको नजरमा म पर्नु सकू । 

त्यति खेर गाइघाटको सिनेमा हलमा हिन्दी फिल्म “दिलवाले” चलिरहेको थियो । त्यो फिल्मको अन्तिम पटकको सिनमा नायक अजय देवगनले गरेको स्टन्डले मलाई गहिरो छाप छोडि सकेको थियो । उक्त सिनमा नायकले माथि उडिरहेको तलवारलाई उडेर खुट्टाले हानेर विलेनलाई मारेको छ ।  यदी तपाईंहरुले पनि यो फिल्म हेर्नु भएको छ गौर गरेर हेर्नु होला ।

त्यस पछिका दिनहरुमा हामी साथीहरु हिरो गुण्डा आफु आफु नै बन्दै कहिले उडी उडी जम्प गर्थ्यौ, कहिले साथीलाई उफ्रेर नाघ्थ्यौ । एक दिन उनी क्लासमा सेतो ड्रेस लगाएर आएको थियो । करीब घुडा घुडा सम्मको ड्रेस अनि जाली परेको थियो उनले लगाएको ड्रेस । त्यो देख्दा त म झन पागल जस्तै भई सकेको थिए । आफुलाई नै सम्हाल्न नसक्ने भई सकेको थिए । तर पनि म कहिले पनि आफ्नो कुरा कसैलाई पनि सुनाउन चाहन्न थिए । लाग्थ्यो यदी सुनाए भने साथीहरुको अगाडि गिल्ला हुन्छु । त्यही भएर पनि मैले यो कुरा कसैलाई पनि भनेको थिएन, मनको कुरा मनमा नै रही रहेको थियो ।

त्यो दिन मलाई झन बढी खुबी देखाउन मन लाग्यो उनको अगाडि । उनी ढोकाको छेउमा बसेर कता कता हेरी रहेको थियो । तर मलाई त लाग्थ्यो मलाई नै हेरी रहेको हुन । अनि मलाई अचानक के भयो, नजिकैको मन्चमा सरासर गए अनि अलि परबाट दौडिदै यसरी जम्प गरे जसरी “दिलवाले” मा नायक अजय देवगनले गरेको थियो । जम्प त गरे, साथीहरुले सबैले मलाई नै हेर्न थाल्यो । तर उनले भने कुनै चासो देखाइ रहेको थिएन ।

त्यसको एक छिन् पछि पो मलाई खुट्टा दुख्न थाल्यो । के गर्नु जोशको बेला होश थिएन । त्यस पछि आँफैले आँफैलाई सराप्न थाले । त्यो दिन साह्रै मेरो मन दुख्यो । अनि कहिले पनि उनको सामु त्यस्तो उटपट्याङ गरिन । पछि त ऊ पनि काठमाडौं तिर गए ।

तर यो दुनियाँ गोलो छ रे, गुम्दै फिर्दै फेरि पनि भेट गराइ दिन्छ रे । मेरो जीवनमा पनि त्यस्तै घट्ना घट्न पुग्यो । म कतार बाट छुट्टी मनाउन नेपाल गएको बेला त्यसको लगभग ९ साल पछि मैले उनलाई आफ्नो मनको कुरा राखे कि हामी सानो छदा मन पराउथे भनेर अनि उनको सामु म के के उटपट्याङ गर्थे केवल उनको नजरमा पर्नको लागि । त्यो कुरा सुनेर उनी पनि हासिन अनि म पनि मज्जाले हासे । शायद त्यो दिन म कहिले पनि भुल्न सक्दिन । मेरो कुरा सुनेर उनले के भनिन भन्ने कुरा चाँही म अलि गोप्य नै राख्न चाहन्छु ।

CIMG2155

सिमा

आज उनी जापानमा छिन् अनि म कतारमा । तर पनि यो २१ औ शताब्दीमा पाइ रहेको सुबिधाले गर्दा हामी बिच दुरीको भिन्नता भए पनि कहिले फोनमा कहिले अन्लाईनमा कुरा भाई रहन्छ । कहिले काही त्यही कुरा दोहोराइ दिन्छु उनलाई अनि हामी दुबै जना मज्जाले हास्न पुग्छौ ।

यस्तो थियो मेरो सानो छदाको अन्जान मै लगाएको पहिलो माया । मेरो यो लेख पढे सके पछि मेरा धेरै मित्रहरुले शायद गलत अर्थ लगाउनु भयो होला, तर यहाँहरुलाई जानकारी गराउन चाहन्छु कि हामी अहिलेको अवस्थामा केवल साथीको रुपमा मात्र रहेको छौ । शायद मेरो ब्यक्तिगर बिचरमा जो कोहीको पनि पहिले पटक कसै न कसैसँग यस्तै घट्ना सकेको हुन सक्छ । त्यसैले यो मेरो लेखलाई त्यस्तो रुपमा नहेरी दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

“मेरो पहिलो माया” का 4 वटा प्रतिक्रियाहरु

  1. manju भन्नुहुन्छ:

    bhai tapaiko pahilo maya man paryo ,tara maya chahi sima ho ki bijaya ho ni?

  2. SANTOSH SHRESTHA भन्नुहुन्छ:

    yo ta jhan mitra ekdami super fantastic mind blowing rahe6.I like it more than 100%

  3. bibek भन्नुहुन्छ:

    Dai Tapai ko Pahelo maya Ramro Lagyo. Shachhi Nai pahelo Maya Vaneko Pahelo Nai Rahechha.I also felling that

  4. raju rai भन्नुहुन्छ:

    hi santosh G and bibek bhai

    thanks for ur such lovely comment. keep on viewing it.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: