“खागले टोकेको दिन”

-राजु राई

मान्छेहरु जति सुकै ठुलो भए पनि आफुले सानो उमेरमा गरेको हरकतहरु कहिले पनि बिर्सन सक्दैन । हुन त शायद जो कोही पनि सानोमा केटाकेटी अवस्थामा अलि चुलबुले, उटपट्याङ गर्ने खालको, चकचके अनि काम मात्रा बिगार्ने किसिमको मात्र हुन्छ जस्तो लाग्छ मेरो ब्यक्तिगत अनुभवमा । म पनि सानो छदा त्यस्तै नै थिए । चकचके, काम बिगार्ने, गुच्चा खेल्ने, खोपी खेल्ने यस्तै थिए म पनि सानोमा । 

काम बिगार्ने, गुच्चा खेल्ने, खोपी खेल्ने, सलाइको खोल जम्मा गरी त्यसैको तास खेल्ने यस्तो काममा धेरै नै अगाडि थिए, बरु म खाना खाने काम छोड्थे । शायद केटाकेटीको दिमाग अलि परिपक्व नहुनाले पनि जस्तो लाग्छ अहिले मलाई । जति काम बिगारे पनि, जती गाली खाए पनि, बाबु आमाको जति कुटाइ खाए पनि कहिले चेत आउने थिएन । त्यस्तो हुँदा एक छिन् सम्म चुप लागेर बस्यो अनि केही बेर पछि फेरि त्यही काम कृयामा लाग्यो । तर एक दिन मेरो चकचकको पनि हद नै भयो । 

गाइघाट बजारमा नै दाहुर साहुको घर थियो । अहिले त निकै मजाले सजिएको छ यो घर, तर आज भन्दा १२-१३ साल अघि त्यो घर एउटा खन्डहर जस्तो थियो । अगाडि पट्टी मात्र हेर्न लायकको थियो, तर पछाडि त हेर्न नै सकिने थिएन । त्यो घरको पछाडि एउटा बयरको रुख थियो । त्यहा बयर पनि लटरम्म फलेको हुन्थ्यो । बयरको रुख नजिकै टासिएको घरमा खागको (माहुरीको एक प्रकार) गोलो थियो । खाग बिच्किन्छ र हामीलाई टोक्ने छ भन्ने डर पनि लाग्दैन थियो । बिना डर हामी बयरको रुखमा चडी बयर टिप्थ्यौ ।

यसै क्रममा एक दिन म अनि मेरा साथी दिपक, बिष्णु मिलेर रुखमा आई रहने फिष्टे र भङेरो चरा पनि मार्ने सोच बनाएर गुलेली लिएर त्यो बयरको रुख तिर गयौ । त्यो बयरको रुख भए तिर जान पनि हामी जस्तो केटाकेटीलाई निषेध नै थियो, तर हामी त त्यस्तो थियौ कि जे गर्न हुँदैन थियो, त्यही काम नै गर्न मन पराउथ्यौ । त्यसैले पनि हामी त्यो बयरको रुख भए तिर जानको लागि पल्लो घरको देवल चढेर जाने गर्थ्यौ । बिष्णु र म चाँही बयरको रुखमा चढेर बयर टिप्न थाल्यौ, दिपक भने रुखमा आएको चराहरुलाई गुलेलीले निशानामा लगाउन थाल्यो ।

बिष्णु र म भने आफ्नै धुनमा मज्जाले बयर टिप्दै खाँदै थियौ । त्यतिकै एक्कासी भुँ भुँ भुँ भुँ भुँ भुँ गर्दै खाग त हाम्रो कान वरिपरि घुम्न थाल्यो । त्यस पछि त हाम्रो चेत नै उडेर हरायो । हतार हतार हामी दुबै जना रुख बाट ओर्लियौ । तल ओर्लिएर यसो हेरेको त दिपक भाग्न् सुरसार कसी सकेको थियो । हामी पनि पछि पछि डौदिन थाल्यौ । दाहुर साहुको घरको मूल ढोकाबाट नै निस्कियौ, हामीलाई त खागको बथानले लखेट्न थाल्यो । हामी भने हस्याङ फस्याङ गर्दै पुरानो सिनेमा हलको पछाडि रहेको खेत तिर दौडिन थाल्यौ, तर पनि हामीलाई खागले छोडेको छैन । त्यहाबाट पनि डाडा चड्दै पुरानो जिला शिक्षा कार्यालय भवनको पछाडि हुँदै हातिमारा खोला तिर भाग्न थाल्यौ । त्यो क्रममा हामीलाई के के भयो केही थाहा हुन सकेन । बश ज्यान जोगाउन तिर मात्र हाम्रो ध्यान थियो ।

ज्यान जोगाउनको लागि हामीले कति र कसरी भागनु परेको थियो भनेर शायद हामीलाई मात्र थाहा छ । निकै समय पछि हामी तिनै जना गाइघाटको बिचमा निमार्ण हुँदै गरेको घरको माथिल्लो तलामा पुग्यौ । त्यति खेर हामीलाई खागले पछ्छ्याउन छोडि सकेको थियो । बल्ल सन्तोषले सास लिन सक्यौ । हामीले आ -आफ्नो अनुहार हेर्न थाल्यौ । अनि मात्र थाहा भयो कि हाम्रो अनुहार त डम्म डम्म सुनिएको रहेछ । अनुहार भरी खागले टोकेर खिल गडेको कारणले गर्दा पोको नै पोको नै थियो । अनि मात्र हामीलाई दुखेको महशुश हुन थाल्यो ।

त्यस पछि हामी घर रात नपरिन्जेल सम्म गएनौ । घर पुगे पछि त मैले त बुवा र ममिको लास्टै गाली सुन्नु पर्‍यो । धेरै चित्त पनि दुखेर आयो तर के गर्नु के गर्छस मंगले आफ्नै ढंगले भने जस्तै भएको थियो । त्यसको लगतै मलाई ३ दिन सम्म ज्वरो आएछ ।

आज पनि म यो क्षण कहिले पनि बिर्सिन सक्दिन ।

“खागले टोकेको दिन” का 2 वटा प्रतिक्रियाहरु

  1. manju भन्नुहुन्छ:

    HA HA HA HA BRO SARAI HASE,DHANNA HOSPITAL LANU PARENA CHHA,YASTAI HO NI HAI BALYAKAAL BHANEKO, RAMRO CHHA

  2. sud भन्नुहुन्छ:

    ohi yo khag ho ki kag ho yadi khag nai ho bhane khag bhaneko k ho

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: