Sandip Bhattrai
नातामा हामी दुई जना मीता मीता हो । शायद तपाईंहरुलाई पनि थाहा नै होला मितेरी साईनो के हो भनेर । आज भन्दा १४ साल अगाडि नै हामी मितेरी साइनोमा बाधिएको हौ । हुन त हामी एक आपसमा बेग्लै प्रकृतिको छौ । तर पनि हामी आज सम्म छुटिएको छैनौ, बाल्यबस्था देखि नै सँगै पढने, सँगै खेल्ने गर्दै यहाँ सम्म आउँदा पनि हामी सँगै छौ ।
दिन भरी अलग अलग भए पनि रात एकै ठाउमा भेटेर आज यो गरियो, त्यो गरियो भनेर आफ्नो आफ्नो मनको कुराहरु भनाभन गर्थ्यौ । त्यसैले आज पनि हामी एक आपसमा परेको दु:ख सुखमा आफुलाई साथ पाउने गर्छौ । अल्लारे छदा कति नराम्रा काम पनि सँगै गर्दै हिडिन्थ्यो । कहिलेकाही सबैको आँखा चलेर छतमा लुकी लुकी चुरोट पनि तान्ने गर्थ्यौ । कहिले काही कहाँ कहाँ पुगेर झगडा पनि गरेर आइन्थ्यो । साथीसङिको लहलहै लागेर कहिले कही केटीहरुलाई पनि जिस्काउन पछि परिदैन् थियो । जे होस हाम्रो बाल्यबस्था देखि नै धेरै अबिश्मरणीय घटनाहरु धेरै छन ।
आजको यो घडी सम्म पनि हामी आफुलाई एउटै नजरले हेरी रहेको छौ र भबिश्यमा पनि यो नाता यसरी नै कायम रही रहोस भन्ने चाहन्छु ।
Parsuram Raut
उहा हुनु हुन्छ पर्शु दाई । उमेरमा हामी अली तल माथि भए पनि हामीहरु साथी झै छौ । कतार आए पश्चात चिनजान् भएको हो मेरो उहासँग । हुन त म कतार आउँदा उहा नेपाल जानु भएको थियो । उहा कतार आउनु अघि नै मैले उहाको बारेमा सबै मान्छेहरु राम्रो राम्रो कुरा सुनेको थिए । पछि भेटघाट भए पछि मैले जस्तो सुनेको थिए, त्यस्तै नै हुनु हुदो रहेछ । म र मीताले नै उहालै दाइको रुपमा हेरेको छौ । आज ४ साल भई सक्यो हामी तिनै जना एउटै कम्पनी, एउटै कोठामा बस्दै आएको छ ।
हामीहरु आफुहरुलाई कहिलेकाही हास्छौ, कहिले नाच्छौ, कहिले गाउछौ । दुई दिनको चोलामा मरी लानु के छ र भन्दै कहिले रमाइलो गर्छौ, आफुलाई परेको बेला सघाउ पराउ पनि चली हाल्छ । खै यसरी नै चली रहेको छ हामी ३ जनाको जीवन ।
Rohina Tamrakar
माथिको तस्बीर मेरो एक दमै नजिकैको साथी रोहिना ताम्राकारको हो । सबैले भन्ने गर्छन् कि हामी दुबै जनामा relationship छ भनेर । कति पय् उनको साथीले अनि मेरा केही साथीहरुले पनि त्यस्तै अनुमान लगाएका छन, तर वास्तबिकता रुपमा हामी केवल मिल्ने साथी हौ अनि हामी आफुलाई एक आपसमा एक दमै नजिकै भएको महशुश गर्छौ । आफुसँग भएका खुशी अनि दु:खहरु साटासाट गर्न पनि हामी पछि परेका छैनौ । साथीहरु त मेरा कैयन छन, तर मिल्ने साथी भनेको त शायद मेरो ब्यक्तिगर बिचारमा थोरै नै हुन्छन र ति थोरै साथीहरुमा रोहिना पनि पर्ने गर्छन् । तर यही कुरा पढ्ने हो भने पनि मेरो कति पय साथीले अर्कै अनुमान लगाउनु होला, कृपया अर्थको अनर्थ नलगाई दिनु होला है ।
हुन त हाम्रो चिनजान् भएको पनि ९ साल हुन लाग्यो । Seto Gurans Child Development Service को Supervisor को तालिममा हाम्रो चिनजान् भएको हो । म उदयपुर जिल्लाबाट थिए भने उनी भने सुनसरी जिल्लाको सहभागी थिए । 6 दिनको तालिममा रमाइलोसँग नै बित्यो । त्यस पछी सबै जना आ-आफ्नो गन्तब्यस्थल तिर नै लागियो । तर सन्योगबश मेरो भेट फेरि रोहिना सँग हुन पुग्यो । अफिसको कामले गर्दा सुनसरीको सेतो गुराँसको अफिस जानु पर्ने भयो । त्यती खेर केवल हाइ हेल्लो मात्रमा सिमित भयो हाम्रो भेटघाट । त्यसको केही समय पछी म कतार आउनु पर्यो । तर पनि हाम्रो कुराकानी भाई नै रहन्छ ।