“जसले खान्छ साथी बन्छ”

– राजु राई

“जसले खान्छ साथी बन्छ” शायद तपाईंहरुले पनि यो वाक्यंश सुन्नु भएको होला टेलिभिजनमा । यो एक जमानामा निकै चलेको हाजमोला क्यान्डी चकलेटको बिज्ञापनको वाक्यंश हो । तपाईंहरुले पनि शायद अनुमान लगाइ सक्नु भयो होला कि यो बिज्ञापन कस्तो थियो भनेर । यदी तपाईंहरुलाई थाहा छैन भने संक्षिप्त रुपमा सुन्नु होला है त । 

पानी परि रहेको समयमा एउटा ब्यापारी हातमा ब्याग लिएर आई रहेको हुन्छ, त्यति नै खेर एउटी सानी फुच्ची केटी पनि छप्ल्याङ छप्ल्याङ गर्दै ऊ भए तिर नै आउछ । जसले गर्दा पानीको छिटाहरु उसको सेतो धोतीमा लाग्छ । धोतीमा दाग लागेर देखेर त्यो ब्यापारी त्यो सानो फुच्ची केटीलाई झम्टिन पुग्छ, त्यती खेर नै त्यो बच्चाले आफ्नो हातमा हाजमोला क्यान्डी निकाल्दै भन्छ “जसले खान्छ साथी बन्छ” । त्यस पछीको समयमा दुबै जना पानीमा खेल्न थाल्छ ।

यही बिज्ञापनले मेरो दिमागमा पनि ठाउँ ओगटी सकेको थियो । दिनहु यही वाक्यन्श दोहोराइ दोहोराइ भन्थे, हुन त त्यस ताका म मात्र होइन मेरो अरु साथीहरुलाई पनि यो बिज्ञापन खुब मन पर्ने गर्थ्यौ । एक दिन मलाई पनि बिज्ञापनमा जस्तो गरेको थियो, त्यस्तै उटपट्याङ गर्न मन लाग्यो । अनी मैले पनि आफ्नो हातमा हाजमोला क्यान्डी चकलेट पछाडि राख्दै मन्जु (साथीहरु मध्ये एक) को नजिकै गएर आफु तिर हेर्न लगाइ एक थप्पड उनको गालामा बजाए अनि भने जसले खान्छ साथी भन्छ ।

तर बिज्ञापनमा जस्तो त कहाँ हुदो रहेछ र । उनी त रोएको रोएकै गर्न थाल्यो । शायद राम्रो सँग गालामा परेको थियो होला । त्यस पछी म त डराएर सयौ कोश पर भागे । घरमा उनको र मेरो बुवाले थाहा पाउनु भयो र मलाई गाली गर्नु हुन्छ भने डरले राती सम्मा पनि घर नै गईन । त्यती खेर केटाकेटी न परियो, बहिर त बस्नै कुरा नै भएन । त्यस पछी म घर रातको १० बजे तिर पुगे । तर घरमा कसैले पनि चाल पाएको रहेनछ । त्यसको भोली पल्ट मैले ५-६ वटा हाजमोला क्यान्डी चकलेट दिएर साथीलाई फकाए ।

आज पनि यो दिनको सम्झना आई नै रहेको छ र शायद भोलिका दिनमा पनि आई नै रहने छ होला शायद भन्नु पर्दा ।

“जसले खान्छ साथी बन्छ” को एउटा प्रतिक्रिया

  1. वसन्त भन्नुहुन्छ:

    यो सानो प्रयास राम्रो लाग्यो। निरन्तरताको शुभकामना!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: