“बिदाई”

डिसेम्बर 27, 2011

-राजु राई

ऊ  त्यहाँ  पर क्षितिज पारी

एउटा सानो झुप्रो

शायद दरिद्रताको बिस्मात र तिरिस्क्रित भै

झुकिरहेको थियो

अनि,

म गह भरी त्यान्द्रो आशाको आस बोकी

त्यो कहाली लाग्दो मरुभूमिमा भौतारी रहेको थिए

केवल सफलताको मात पाउन

एक्कासी

हावाको एक झोक्का आई दियो

अनि पात झै उडाइ कहाँ पुर्याइ दियो

मलाई जीवनको यात्री बनायो

शायद त्यो जमातमा तपाईं हुनु हुन्थ्यो

म थिए, तर अपरिचित

शायद बोल्न खोजे जस्तो

केही भन्न खोजे जस्तो

क्यान्भासमा रङिएको चित्र जस्तो

अनि एकदमै मौन भए जस्तो

म त यसै तिरिस्क्रित थिए, त्यसै एक्लो नै थिए

तर सोची दिनेले आफ्नो सोची दिए

भाई माने, साथी माने,

अनि मैले पनि सबैलाई आफ्नो माने

म तपाईंहरुको भए अनि तपाईंहरु मेरो

तर दुर्भाग्यबश

हावाको गतिसँगै समय र परिस्थिती आई पुग्यो

अनि साथी साथीलाई छुटाउन लाग्यो

भावनात्मक सम्बन्ध धुजा धुजा बनाइ दियो

अनि के भयो ?

मेरो हृदय चिरा पर्यो ।

शायद यसले जमिन फाटिएको आभाष दिईरहेको थियो

मेरा आँखाबाट आँसुका थोपाहरु बग्न थाल्यो

शायद

यसले सप्तकोशी र गण्डकीलाई सुकाइ रहेको थियो

यो मेरो दुर्गति हो

यो हाम्रो दुर्भाग्यको नियति हो ।

यही क्रममा बिदाइ छ मेरो यहाँहरुलाई

शुभकामना छ रुन्चे हसाइले बिछोडिने क्रममा

मिलनका आशा फेरी राखेछ

मेरा गुम्सिएका चाहले – जानी नजानी – जानी नजानी ।

सेतो गुराँस क्षेत्रिय बाल बिकास सेवा, सुनसरीको आयोजनामा ७ दिने सुपरिबेक्षक तालिम-२०५७ को अन्तिम बिदाईमा लेखिएको कबिता ।

Advertisements

“म चाहन्न”

सेप्टेम्बर 29, 2011

-राजु राई

बितेका ति दिनहरु सम्झन म चाहन्न
देखेका सपनाहरु दोहोर्याउन म चाहन्न ।
चस चस घोचिरहन्छ तिम्रो सम्झनाले सधैं
तिमीलाई अब मुटुमा सजाउन चाहन्न ।

हरेक मिलनको अन्त्य बिछोडमा टुङिदो रहेछ भने
अब तिमीसँग मिलनको आशा राख्न चाहन्न ।
साचेको खुशी तिम्रो निम्ती फगत बनि दिन्छ भने
आज देखि यो खुशीसँग नाता गास्न चाहन्न ।


“नयाँ साल”

अप्रील 16, 2010

-राजु राई

चोखो मनले चोखो मायाले तिम्रो हित देउ
बर्षौ नयाँ तिम्रो मितेरी मसँग लगाइ देउ

टोलाउदै लजाउदै मिरमिरेमा उज्यालोसित आउ
मुस्कुराउदै शरमाउदै शितल पवनसङै नजर झुकाउ

हातमा कलश फूलभरी पानी पूजाको थाली समाउ
शिरमा बिन्दी मुहारमा हलुका चन्चल लिएर जाउ

स्वागत गर आउने पाहुनालाई भबिष्य सम्झेर
बिदा गर जाने यात्रीलाइ आशिष देउ भनेर

पञ्चे बाजा सहनाइ बजाउ नयाँ बर्ष फूल बर्षाएर
शुभकामनाका गुच्छाहरु फिजाउ शान्तिको बिगुल गाएर

खुशीहरु देउ हासोहरु देउ रमाउदै उमङहरु छरेर
चिनारी र साईनो गासी देउ भाईचाराको सन्देश बोकेर

जाउ तिमी २०६६ कुरीति अनि अशान्ति यहाँबाट बोकेर
आउ तिमी २०६७, नयाँ संबिधान हामी बीच बोकेर । । ।

यहाँहरुलाई यो लेख कस्तो लाग्यो ? सुझाबको लागि तल comment मा गई आफ्नो सुझाब छोडी दिनु हुन नबिर्सिनु होला ।


“दशैको शुभकामना”

सेप्टेम्बर 24, 2009

– राजु राई
यो कबिता असोज ८ गते लेखिएको हो ।

दशै आई सक्यो तर पनि मैले आफ्नो ब्लगमा खासै केही पनि लेखी रहेको छैन । यसो सोचे दशैको अबसरमा त केही न केही लेख्नै पर्छ । सोही अनुरुप अफिसको कामलाई केही समयको लागि भए पनि अलि पर सार्दै सेतो कागज र कलम लिएर सरसर्ती एउटा सानो कबिता लेख्न पुगे । धेरै राम्रो त छैन, त्यही पनि शुभकामना दिनु न हो जस्तो लाग्यो, त्यही भएर पनि उक्त कबितालाई आफ्नो ब्लगमा राख्ने चेस्टा गरेको छु ।

च च हुइ रोटे पिङ झुल्यो सररर
आकाशै भरी उड्न थालयो चङ्गा फररर
खुशीयाली फैलिन थाल्यो ’round
नयाँ उमङ छौं थाल्यो यत्रतत्र
 
छ जमरा कानैको छेउमा
खुलेको छ रातो टिका निधारमा
जमघट रमाइलो छ छ घरआगनमा
रौनक खुशीको बनेको छ सबैको परिवारमा 
 
बर्ष दिनको पर्ब यो दशमी
मनाउ हामी खुशीले झुमेर
सुख सम्रिद्दी छाओस सबैको घरमा 
यही छ शुभकामना यहाँलाई मेरो झुकेर


“आँसु”

मे 18, 2009

-राजु राई
यो कबिता मिती २०६६ बैशाख २६ गते लेखिएको हो ।

 

मुस्कुराउने आँखामा आउने गर्छ आँसु

कति ब्यथा छ भनी दिन्छ यो आँसु

चोटहरु जब मनमा पर्न जान्छ

मन हलुका पार्न झरी दिन्छ यो आँसु

यो आँसुको मुल्य कसलाई थाहा छ र

खुशी हो या दु:ख छल्की दिन्छ यो आँसु

तिमीसँग मिलन नभएमा सोच तिमी

तिम्रो याद आउने छ अनि झरी दिने छ यो आँसु


“सडक” मनोबाद र कबिताको सँगम

फ्रेवुअरी 10, 2009

राजु राई
यो लेख मिती २०६५ माघ १७ गते लेखिएको हो । ।


मेरो एक दिन कालेज चाडैनै सकियो । त्यही भएर मोतिगडाको बस प्रतिक्षालयमा बस कहिले आउला भनी बसको 2072717802_006055e85cइन्तजारमा बसिरहेको थिए । मेरा अरु साथीहरु आफ्नै धुनमा गफ गरी रहेको थियो । त मलाई किन हो किन आज त्यति रौश थिएन जति हिजोका दिनमा थियो । अचानक मेरो आँखा आफु अगाडि भएको सडकको खाडल तिर ध्यानाकर्षण हुन पुग्यो । छाती भरि खाडलहरु बोकेको सडकलाई देखेर मलाई खिस्स हास्न मन लाग्यो र हासे पनि । मलाई अचम्म लाग्यो जब म प्रति पनि त्यो सडकले खिसी गर्दै हास्यो । किन हासेको नि ?” भनेर मैले सडकलाई सोधे । जवाफको सवाल दिनु त कहाँ हो कहाँ उल्टै मलाई प्रश्न तेर्साइ दियो । तिमी चाँही म माथि किन हासेको नि ।म अलि असामन्जस्यमा परे । खास त म त्यो सडकको हबिगत देखेर हासेको थिए। त्यही पनि मैले वास्तबिक कुरा नै बताए । तिम्रो यो अवस्था देखेर मैले आफ्नोहासोलाई रोक्न सकिन ।””यसमा हास्नु पर्ने कुरा नै के छ र ? कहिले तिमीले आफुलाई नियालेर हेरेको छौ ?” एक्कासी मेरो हासो रोकियो त्यो कुरा सुन्ना साथ । कता कता मुटु भित्र नै काँडाले घोचे जस्तो भयो । अनी मैले आफुलाई मजाले नियालेर हेरे –भित्री बाहिरी सबै चिरफार गर्न थाले । त्यति खेर मैले आफुलाई वास्तबिक रुपमा त्यो सडक जस्तै नै पाए । कही ब्यथा, कही बेदना अनि कति सपना र बिपनाको सही धरातल, सबै नै मैले राम्ररी मुल्याङ्कन गर्न थाले आफ्नो यथार्थ जीवनको ।
त्यति नै खेर एउटा भलादमीले मुखमा भएको पान प्याच्च त्यही नै थुकी दियो । मलाई त्यो सडकले टुलुटुलुहेरी रहयो । मैले उसको आँखामा हेरे, उसले त आँखा भरि पानीका थोपाहरु जमाइ रहेको थियो । उ माथि मलाई दया पलाएर आयो । अनी मलाई पान खाएर थुक्ने मान्छेलाई गाली गर्लौज गर्न मन लाग्यो, तर मैले गर्न सकिन किनकी उ पनि म जस्तै मान्छे थियो, जसलाई संसारको समाजदार् र बुद्धिमान मानिएको छ । उ भन्दै थियो यी हेर संसारको सबै भन्दा बुद्धिमानी प्राणीहरुको बुद्धी यस्तो छ ।मेरो मनमा कसिलो पेच पर्‍यो । आखिरमा म पनि त्यही बर्गमा पर्थे ।
तिमीलाई मान्छेहरुको कुन कुन बानीहरु मन पर्दैन्?” मैले उसलाई सोधे । त्यति मात्रा के सोधेको थिए, नजिकै चिया पसले दिदीले एक बाल्टी फोहोर पानी फ्यात्त सडक तिर फ्याकी दियो । उसले आफुतिर नियालेर हेर्यो साथमा मलाई पनि ईशारा गर्दै आफ्नो छाती भरि फ्यालिएको फोहोर देखाउन थाल्यो । त्यहाबाट एकदमै नमिठो गन्ध आई रहेको थियो । मैले आफ्नो नाक खुम्चाउन थाले । त्यो देखेर सडकले म प्रति मुसुक्क हाँस्दै भन्यो किन तिमीले आफ्नो नाक कुम्चाएको नि?” मैले नाक बन्द गर्दै भने एकदमै नमिठो गन्ध आई रहेको छ, त्यसैले” “हो मलाई मान्छेको यस्तो किसिमको बानी मन पर्दैन ।उसले के भन्न खोजेको हो मैले त्यो आशय रामरी बुझे ।
मैले फेरी उसलाई सोधे यो तिम्रो छाती भरि खाल्डा र खुल्डी छ, तिमीलाई यो देखेर पिर लाग्दैनउ गललल हाँस्दै भन्यो लाग्छ नि, तर लागेर केही फाईदा छैन । यहाँ कसलाई फुर्सद छ र हाम्रो मर्म सुन्ने?” निकै थाके जस्तो भयो सडक । मैले उसलाई पून: सोधे तिमिलाई कस्तो मान्छे मन पर्दैन ?” त्यति नै खेर नजिकैबाट एउटा मान्छे पल्सर बाईक निकै ठूलो आवाज गर्दै उ माथि गुड्यो । बाइकमा चड्ने मान्छे निकै सुटेड बुटेड थियो । त्यो देख्ने बितिक्कै सडकले त्यो मान्छे प्रति अन्कित गर्दै भन्यो मलाई यस्तो मान्छे मन पर्दैनम आश्चर्यमा परे उसको त्यो कुरा सुनेर र भने किन नि ?” त्यो मान्छे शहरको एकदमै नाम चलेको ब्यक्तिहरु मध्येको एक थियो । अझ भन्ने हो भने त मेरो लागि त्यो मान्छे निकै आदरणीय थियो । यही मान्छे हो, जसले मेरो यस्तो हबिगत बनाएकोमैले उसको कुराको सार नै पाउन सकिन तिमी यो के भन्दै छौ । यो मान्छे त हाम्रो शहरको एकदमै गन्यमान्य मान्छे हो । तिमी कसरी यस्तो कुरा गर्न सक्छौ यो मान्छेको ’boutमा ।त्यस पछि सडकले मलाई सबै ब्रितान्त सुनाए । कुरा के थियो भने उसको निर्माण कार्य हुँदा यो मान्छे नै ठेकेदार थियो रे अनि उसको निर्माण भएको ३ साल पनि भएको छैन, आज उसको हालत यस्तो छ । यस्तो कुरा सुनेर त्यो मान्छे प्रतिको मेरो हेराइको दृष्‍टिकोण पनि एकाएक फेरिएर आयो त्यस पछी म त्यो मान्छेलाई किन हो किन एकदमै घ्रिणाले हेर्न थाले
हिजो सम्म यो ठाउँ के थियो र? केही पनि थिएन । बस एउटा गाउ थियो, अहिले सबैले यो ठाउलाई शहरको रुपमा हेर्न थालेको छ । बत्ती, बिजुली, सुबिधा सबै आएको छ । तर मेरो अवस्था हेर त ।वास्तबमा उसको कुरा सही थियो । तिमी आँफै भन त म कती दुखी छु। के तिमीले अनुमान लगाउन सक्छौ ? के यहाँको मान्छेहरुको कहिले दिमाग फिर्ने ?”
पर बाट बसको हर्नको आवाज आयो । मेरो सबै साथीहरु दौड्दै बस चड्न थाल्यो । मैले पनि त्यती खेर सडकसँग बिदा मागेर लागे । तर मेरो मन भरी अनेकौ सवालहरुले डेरा जमाइ सकेको थियो, न त त्यसको मसँग कुनै जवाफ नै थियो न त कुनै उपाय् नै । म चुपचाप बस चढे । तर मैले त्यो सडकलाई झ्यालबाट हेरी रहे । उसले पनि मलाई हेरी नै रहेको थियो निकै पर पुगिन्जेलसम्म ।

यो कबिता मिती २०५९ पौष ४ गते लेखिएको हो

बरु ऊ माथि गुड्नेहरु थोत्री सके
कुदाऊनेहरु थाकी सके
अनि पुग्नेहरु जहाँपुग्नु थियो
त्यहा पुगी सके
तर ऊ न थाकेको छ न गलेको छ
मात्रा ऊ पिल्सिएको, निरन्तर दबिएको छ .
न दिन न रात
सधैं ब्यस्त सधैं जागा छ
छाती माथिगुड्नेहरु गुडे पनि
हिंड्नेहरु जहाँ सुकै हिंडे पनि
झरी बर्षामा पनि ऊबेफुर्सदिलो छ
ऊसलाई झरीले निथ्रुक्कै भिजाए पनि
ऊसको दिल सदा खुल्ला
सडे गलेका रासहरु सबै
आफुनिर यत्रतत्र थुप्रिए पनि
न ऊसलाई रीस नै न रागनै
चाहे ऊसलाई कसले कुल्चियोस य थुकेर जाओस
तर ऊ हरपल लम्पसार पारी
आफ्नोऊदाङो अस्तित्वको तमाशा देखाइ रहेको छ ।
न हिड्दा न दौड्दा
न त छाती माथि नैगूड्दा
ऊ न् आत्तिएको छ न मात्तिएको छ
मात्र ऊसको पीडा थपिएको छ
कसैलेऊसलाई वास्ता नगरदा
ऊ केवल दबिएको छ
सभ्य भनाऊदाहरुले ऊ माथि
पृथ्वीकासारा बोझ फ्याक्दा
बरु ऊसको नाममा यहाँ
कयौ गाऊहरु शहर भएका छन
कयौलेसरकारी बजेट जती कुम्लाएको छन
तर ऊसको ब्यथा हिजो जस्तो थियो
आज पनि त्यस्तै
झन भोली त थपिदै जाने छ
अनि पानी बिनाको रारा र फेवाताल (खाडल) बोकी
आजऊ हामीलाई खिसी गरी रहेको छ

 


“WHEN I FIRST SAW YOU”

फ्रेवुअरी 9, 2009

When I first saw you

I missed the comfort of being sad

Seeing you from far away

Without telling you about my heart

I could not bore holding my thoughts

About how much I would like

To hold you and fill you with joy

When I first saw you

I knew my love for you was never going to die.


%d bloggers like this: