“मुटुको भित्र”

अगस्ट 9, 2012

– राजु राई

 

सम्हालेर राख्या छु तिम्रो तस्बिर मुटु भित्र भित्र

केवल तिमी नै तिमी छौ यो मुटुको भित्र भित्र

 

चस्स पोल्दा निकाल्न खोज्दा पनि कयौ पटक

बिझी दिन्छ झन् काँडा सरि यो मुटुको भित्र भित्र

 

पिउनु त के नै पीए थिए र नशा जस्तो मैले ?

बिना पिएर नै मदहोशी फैलियो मुटुको भित्र भित्र

 

भ्रममा रहेछु यो मनको बाँध बाँधेर राख्या छु भन्ने

तिम्रो अनुभूति आँधी झै उर्ली आयो मुटुको भित्र भित्र

 

सम्हालेर राख्या छु तिम्रो तस्बिर मुटु भित्र भित्र

केवल तिमी नै तिमी छौ यो मुटुको भित्र भित्र

 


“एउटै आशमा”

फ्रेवुअरी 19, 2010

-राजु राई

आज कयौ दिन बिते तिमी पाउने एउटै आशमा
छोडि दियौ किन तिमीले ब्यथाहरु मेरो पासमा

ब्यथाहरु चर्की चर्की किन दुख्छ मेरा छातीहरु
तिम्रै बेदनाले रोकी दिन्छ मैले खाने मिठो गासमा

नयनमा प्रतीबिम्ब तिम्रै मात्रा हुन्छ किन
तिम्रै नाम गुन्जे झै लाग्छ मैले फेर्ने प्रत्येक् सासमा

सम्झनाले छटपटिएर कल्पनामा तिमीलाई खोज्छु
तड्पाइ रहन्छौ आई किन हृदयको बासमा

सुन्यतामा हराएर तिमीलाई भुल्न खोज्छु
तिम्रै सन्देश ल्याए जस्तो लाग्छ चिसो बतासमा


“तिम्रो लागि”

सेप्टेम्बर 2, 2009

-राजु राई
यो गजल मिती २०६६ भदौ ८ गते लेखिएको हो ।

 

मुटु मेरो जल्दा तिमीलाई न्यानो हुन्छ भने
आफ्नो मुटु जलाउने छु !

आँसु झर्दा तिमीलाई खुशी मिल्छ भने
आँसुको नदी बहाउने छु !!
 

जीन्दगी उजाड हुँदा तिमीलाई बहार मिल्छ भने
उजाड मरुभूमी भन्ने छु !!!

मेरो रगत बग्दा तिम्रो सिउदो सिन्दूरले रङिन्छ भने
म आफ्नो रगत बगाउने छु !!!!

म चितामा खरानी बन्दा तिम्रो डोली उठछ भेन
म आफ्नो मलामी बोलाउने छु !!!!


“मनको कुरो”

अगस्ट 20, 2009

– राजु राइ
यो गजल मिती २०६५ भदौ २ गते लेखिएको हो । 

लुकाइ नदेउ प्रिय तिमी आफ्नो मनको कुरो,
नबोले के भो र? बोली दिन्छ आँखाले त्यो मनको कुरो ।

तर्की तर्की हिडि जान्छौ किन यो मनमा चोट पारी,
चोट पारे के भो र? मल्हम बनेको छ त्यो मनको कुरो ।। 

कर्के नजरले हेरी दिन्छौ तिमी मलाई घुरी घुरी
त्यसरी हेरे के भो र छाया बनी दिन्छ त्यो मनको कुरो ।।।

चर्को घाम बनी तिमी मेरो नजिक आई दिन्छौ फेरी,
घाम भए के भो र? शितल छहारी बनी दिन्छ त्यो मनको कुरो ।।।।

लुकाइ नदेउ प्रिय तिमी आफ्नो मनको कुरो,
नबोले के भो र? बोली दिन्छ आँखाले त्यो मनको कुरो ।।।।।


“गजल”

फ्रेवुअरी 8, 2009

-राजु राई
यो गजल मिती २०६१ कार्तिक १५ गते लेखिएको हो ।

 
फाटी गएको मन एक फेर टाली हेरे
हाँसोको निम्ती आँसु जती छिचोली हेरे

जीउनुको निम्ती हाँसो जती सँगाली हेरे
हाँसो त के आँसु नै मेरो साथी बनी रहे

अन्जान मै माया पनि उनीसँग लाई हेरे
मायाको साटो माया होइन ढोका पाइ रहे

हिंड्नु थियो यात्रा धेरै नशामा डुबी हेरे
जीउनु के कुरा गर्छौ चितामा म त जली रहे


“गजल”

फ्रेवुअरी 3, 2009

-राजु राई
यो गजल मिती २०६५-१०-२१ गते लेखिएको हो । 

 

तिम्रो एक मुस्कुराहटको निम्ती
तिम्रो हरेक दु:खसँग मैले नाता गासेको छु

 

तिम्रो आँखाबाट आसुँ झर्दा
मैले मुस्कुराउन बिर्सी सकेको छु

 

तिमी मेरो लागि चन्द्रमा हौ
मैले पुर्णिमाको चन्द्रम्मा हेर्न छोडेको छु

 

तिमी फूलको कालिनमा हिड्दा
मैले काडै काडाको बाटो रोजेको छु

 

आज तिम्रो डोली निस्कदा
मैले आफ्नो मलामी लिकालेको छु


%d bloggers like this: