फरक यति

February 27, 2018

म,
एक मानब,
ऊ एक मानब,
ऊ दुखी रहेको छ
म पनि दुखी रहेको छु,
फरक यती कि
ऊ भोग्दै छ
म देख्दै छु ।

 

म,
एक मानब,
ऊ एक मानब,
ऊ मरी रहेको छ,
म पनि मरी रहेको छु,
फरक यति कि,
ऊ मारिदै छन,
ऊ मारिएको देखि म भित्र भित्रै मर्दै छु ।

Advertisements

तिमीसँग भेट नभएको नै जाती

April 5, 2017

अनायसै, तिम्रा सम्झनाले दुखाइ दियो यो छाती
सोच्छु, तिमीसँग भेट नभएको नै जाती

किन किन अनिर्णित कथा गुथ्या थ्यो यो मनले
तिमी सँग यो नजर नजुधेको नै जाती

आधीहुरी झै हलचल ल्याइ दियो त्यो सानो भेटले
दोबाटोमा हाम्रो भेट नभएको नै जाती

टुट्नु नै थियो त सम्पनाहरु किन सपना देख्नु
मेरा हर सपनामा तिमी नआएको नै जाती

बुझेर हो य नबुझेर तिमीले लत्याइ झै देखे
अब देखि मैले तिमीलाई नदेखेको नै जाती

राजु राई
०५-०४-२०१७


“म तीन छक्क”

September 29, 2011

“मित बाबा! तपाईं पनि नेपाल चाडै आउनु अनि मित ममी ल्याउनु”

नेपाल जानु अघि मेरो मित छोराले भनेको यो कुरा सुनेर म तीन छक्क नै परे । ३ बर्षको बालकले यस्तो पनि कुरा गर्छ भनेर मैले सोचेकै थिएन ।


देश भोकाहरुको रोटी होइन

February 21, 2011

-बासु श्रेष्ठ-

(यो शीर्षक कवि हेमन्त श्रेष्ठव्दारा २०५३ सालमा लेखिएको कविताको शीर्षकबाट सापटी लिएको हुँ। मेरो यस ब्लगको लागि योभन्दा अरु कुनै शीर्षक जुरेन, भनौँ अरु कुनै पनि उचित लागेन। शीर्षक तथा कविताँश प्रयोग गर्न स्वीकृति दिनुहुने कविलाई धन्यवाद।)

राजतन्त्रको अवसानपछि सत्ताको लागि दलहरुविच देखिएको लुछाचुँडीले यहि कुरा जनाउँछ कि देश एक रोटी हो अनि दल र दलका नेता उपनेताहरु भोका हुन्। भोकाहरुको विच एक रोटीकोलागी ङयारङयार ङुरङुर अनन्त चलिरहेको छ। सबैलाई थाहा छ एकआपसमा मिलेको खण्डमा देशले तुरुन्त तिब्र गति लिनेछ। तर त्यो तिव्रता दिनकोलागी भने कुनै दलपनि तयार छैनन्। सबैले आआफ्नो डम्फु बजाइ रहेका छन्। आफुले गरेको र बोलेको मात्र असल या ठिक, अरुले गरेका, बोलेका सबै गलत भन्ने गलत निर्क्यौलले देश अनिर्णयको बन्दि भइरहेको छ। जनताहरुले आन्दोलनमा साथ दिएर आफ्नो धनजनको सुरक्षा, आय आर्जनको निश्चिन्तता अनि शान्ति, सुरक्षाको मनोकाँक्षा राखेका थिए। तर यो सपना र चाहनामै सिमित हुन पुगेको छ।

पुष्पकमलको राजीनामापछि धक्कमधक्का, घुर्काघुर्कि र किनबेचको फोहोरी खेल खेलियो। देशलाई मुक्ति दिन एकसाथ लडेका यि दलहरुमा आपसी समझदारी हुनुको साटो एउटा मेचकोलागी राष्ट्र् र जनतालाई बन्दि बनाए। देश र जनता हिजोको एउटा समस्याबाट मुक्त त भयो तर अर्काे थुप्रै समस्याका बीच घेरिए। समस्यामात्र होइन नैराश्य र अस्थिरता अनि असुरक्षापनि बढ्यो। नेपाल देश हाँसोको विषय बन्यो। नेपालीहरु हास्यका पात्र बने। अनि सभासद्मा हारेका व्यक्ति माधव नेपाल प्रधानमन्त्री भए। तर जनताले यसलाईपनि सहजताकासाथ लिए। किनभने देशले सँविधान पाउँछ भने, देशले शान्ति र विकासको मार्ग अवलम्बन गर्ने मौका पाउँछ भने यो हाँसोको पात्र बन्नु कुनै ठुलो विषय होइन। तर आशा गरेका यि कुनैपनि पुरा भएनन्। पुरा त के बरु सँविधान सभाकोलागी म्याद थपियो। शान्ति र विकास होइन यसको ठिक विपरितका क्रियाकलाप गरियो। देशको स्वार्थलाई छोडेर आफ्नो स्वार्थ नदेखे समर्थन नगर्ने प्रवृत्ति भएका दलहरुले आखिर माधव नेपाललाईपनि राजिनामा गर्न बाध्य त बनाए। तर उनै व्यक्ति राजिनामा दिएपनि सात महिनाभन्दा बढि प्रधानमन्त्री नै भैरहे। अर्काे हाँसो र लाज मर्नुको विषय।

राजिनामा दिएपछि सात महिना भन्दा बढि सोहि पदमा रहिरहनुको कारण हो फेरि उहि एकआपसमा पदकोलागी खिचलो। न त दलहरुले आपसी सद्भाव नै देखाए। न त विपक्षलाई सम्मान या अवसर दिन कसैले जाने। सत्र पटकसम्म प्रधानमन्त्री पदकोलागी चुनाव गरियो। बिना कुनै लाज या विना कुनै हिच्किचाहटका साथ देशलाई बन्दि बनाइ राख्नुमै रमाए। एउटा प्रधानमन्त्री पदकोलागी दलहरु र दलहरुभित्रको उपदलहरुको फोहोरी खेलले प्रष्ट गरेको छ त्यो मेच एउटा रोटि हो भने यि नेता उपनेता भनाउँदाहरु भोका हुन्।

अठारौँ पटकको निर्वाचनमा बल्ल प्रधानमन्त्रीको टुँगो लागेको सुन्दा देशले केहि सुखको सास फेरेको थियो। तर त्यो दुइजनाकोमात्र विचार र सल्लाहबाट भएको रहेछ। सातबुँदे सम्झौताले स्पष्ट के देखाउँछ भने सत्ताकोलागी एकापसमा गुप्ती सम्झौता पनि गर्न पछि नपर्ने रहेछन् यि नेताहरु। सत्ताकोलागी लुछाचुँडिको अर्काे रुप हो यो। यदि साँच्चिकै सद्भाव र सहयोगको भावनाले एकर्कालाई समर्थन गरिएको भए त अहिलेसम्म मन्त्रीमण्डलले पूर्णता पाइसक्ने थियो। तर त्यो सम्झौता काँचो र नरम सतहमा बसेर सत्ता मोहको परिवेशमा बाँधिएर गरिएकोले त्यसको नकारात्मक परिणाम त आउनु नै थियो जुन हामी अहिले देख्दैछौ। आखिर निर्क्यौल के हो भने सत्ताकोलागी जेपनि गर्न चाहेर या गरेर देश भोकाहरुको रोटी भएको छ।

त्यसैगरी आफ्नै पार्टीका सदस्यहरुले मन्त्री पद नपाए घुर्क्याउने तथा धम्क्याउने प्रचलन बढेको छ। के हो मन्त्री पद? पार्टीमा कसैको चाकरी र साथ दिएको भरमा मन्त्री हुने या कुनै दक्षता, कुशलताको आधारमा मन्त्री बन्ने? देशलाई अग्रगामी दिशातर्फ उन्मुख गराउन विकासका योजनाहरु ल्याउन सक्ने व्यक्ति मन्त्री बन्ने कि पार्टीभित्र इतर या वितर पक्षमा लागेको आधारमा मन्त्री बन्ने? खोइ नेताहरुमा हुनुपर्ने निश्वार्थता? खोइ नेताहरुमा हुनुपर्ने सौहार्द्रता? खोइ नेतामा हुनुपर्ने त्याग र बलिदानको उदाहरण? नेतामा देखिएको चरित्रले हामी जनताहरुलाई लाज मान्दा मान्दा अब घृणा लाग्न थालिसकेको छ। झलनाथले झापड खानु परेकोे यिनै आक्रोस तथा नैराश्यताको परिणति हो।

दलहरुले आफु अनुकूल चीर हरण गर्दै सँशोधन गरिँदै आएको अन्तरिम सँविधानको पनि शयदिनपछि अन्त्य हुनेछ। अर्थात नयाँ सँविधानकोलागी त्यति नै दिन बाँकि छ। दुइवर्षको अवधि नपुग भएको हाम्रा सभासद् र दलहरुलाई पक्कैपनि यो शय दिन फेरि नपुग हुनेछ। अर्थात देश झन् अनिर्णयको बन्दि हुन बाध्य हुनेछ। जनतामा नैराश्य, अशान्ति, असुरक्षा, अनिश्चितताको बृद्धि हुने छ। जुन अहिले नै पर्याप्त भैसकेको छ। त्यसैले देशलाई रोटीको रुपमा नहेरेर आत्मा साक्षी राखी मन, वचन र कर्मले सद्भाव, सहयोगकासाथ देशलाई अनिर्णयको बन्दिबाट मुक्ति गरुन् भन्ने हामी सामान्य जनताको तिब्र चाहना र माग हो।

अन्त्यमा उपरोक्त शिर्षकको कविताको एक अँशः

भोज छ निरन्तर

दशैँमा झैँ

मार हानिएको छ देशलाई

भतेर छ यत्रतत्र

बिहेमा झैँ

शिकार बनाइएको छ देशलाई

भोकाहरुको कोलाज छ

लुछिएको छ

चोक्टा चोक्टा चिथोरिएको छ

देश ।


“शुभकामना”

January 3, 2011

I would like to express a warm wish to my schoolmate friends named Mr. Sanjay Sigdel and Jeevan Mote who have recently got married.

Wishing you both a successful life with contentment and peace.

                  Sanjay Sigdel & His wife………..      

                   Jeevan Mote & his wife…………..


“शुभकामना”

July 14, 2010

मैले आफ्नो ब्लगलाई सुचारुरुपले चलाऊन सकी रहेको छैन आफ्नो कार्य ब्यस्तताले गर्दा । परदेशी भूमिमा बस्दा आफूले सोचे जस्तो हुनु त बिरलै होला । त्यही पनि कहिले काही आफ्नो कामलाई थाती राखेर केही लेखहरु लेख्ने प्रयत्न गर्छु । तर कामको बोझ र तनाबले गर्दा आफूले सोचे जस्तो लेखहरु फुर्दैन । हुन त आज मैले कुनै लेख प्रेशित गर्नको लागि होइन । मेरा केही साथीहरुको शुभ विवाह भएको अबसरमा उहाहरुको दाम्पत्य जीवन सुखमय रहोस् भन्ने कामना गर्न चाहन्छु, यो मेरो ब्लग मार्फत ।

एल्सिन बस्नेत र उहाको श्रीमती

संगिता पोख्रेल

मन्दिरा दाहाल


“HAPPY BIRTHDAY”

April 23, 2010

HAPPY BIRTHDAY TO YOU, ROHINA!

I wish you will get each achievement that you have desired………………….Happy many many returns of the day.


%d bloggers like this: