My Place

udayapur01

udayapur

१. जिल्लाको भौगोलिक अवस्थाको सामान्य परिचय
१.१ भौगोलिक अवस्थिति,
नेपालको मानचित्रमा यो जिल्ला २६ डिग्रि ३९’ देखि २७ डिग्रि १’ १०” उत्तरी आक्षाँश रेखा र ८६ डिग्रि ०’ ९” देखि ८७ डिग्रि १’ ०” पुर्बि देशान्तर रेखाको बीचमा रहेको छ । उदयपुर जिल्ला नेपालको पुर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा अवस्थित छ । यस जिल्लाले महाभारत श्रृङखला देखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ । यसको कुल क्षेत्रफल २०६३ वर्षकि.मि. रहेको छ । क्षेत्रफलको हिसाबले यो जिल्ला नेपालको २७ औं, पुर्वाञ्चल क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दास्रो स्थानमा पर्दछ ।
१.२ राजनीतिक सिमाना

पुर्व-पश्चिम लम्बिएर रहेको यस जिल्लालाई सुनकोशी नदीले उत्तर र पुर्बतिर सप्तकोशी नदिले सिमानाको काम गरी ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर र पुर्बमा सुनसरी र धनकुटा जिल्लाबाट छुट्याएको छ भने पश्चिमतर्फ ककरु, कमला र बहादुर खोलाले सिमानाको काम गरी धनुषा र सिन्धुली जिल्लासँग छुट्याएको छ । दक्षिणतर्फ अधिकांश भागको सिमानाको काम चुरे पहाडले गरी सिराहा र सप्तरीसँग छुट्याएको छ । पश्चिममा अफगानिस्तानदेखि सुरु भएर लगातार हानिदै आएको चुरे पहाड यसै जिल्लामा आएर अन्त्य हुन्छ ।
पहिला उदय नाम गरेको राजाले यस जिल्लामा शासन गरेको हुँदा यस जिल्लाको नाम उदयपुर रहन गएको भन्ने किम्बदन्ती पनि सुनिन्छ । वि।सं। २०२८ सालभन्दा अगाडि यस जिल्लाको सदरमुकाम हालको पंचावली गा।वि।स। मा पर्ने उदयपुरगढी भन्ने ठाउँमा थियो । २०२८ जेठ ९ गतेदेखि महेन्द्र राजमार्गको कदमाहादेखि २७ कि।मि। उत्तर गाईघाट भन्ने स्थानमा रहेको छ ।
यो जिल्ला महाभारत श्रृङखला र चुरे पर्वत श्रृङखलाबीच रहेकाले महाभारत श्रृङखला अर्न्तर्गत धारिला, विकट, डाँडाहरु, छरिएका र पातलिएका वस्तीहरु छन् भने महाभारत फेदिदेखि चुरे श्रृङखलाबीचमा समथर फाँटहरु र दक्षिणी सिमाना चुरे क्षेत्रमा जंगल रहेको छ । महाभारत र चुरे श्रृङखलाको बीचमा दुईवटा ठूला ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेशको रुपमा पनि गणना गरिन्छ । यस जिल्लाको पश्चिममा रहेको फाँटमा रिस्कु, त्रिवेणी र कटारी गा.वि.स. रहेका छन् भने पुर्वी भागको ठूलो फाँटमा ठोक्सीला, तपेश्वरी, बसाहा, बेल्टार, सुन्दरपुर, हडिया, जोगिदह, गरी १० गा.वि.स. १ नगरपालिका त्रियुगा न.पा. भित्री मधेशको समथर फाँटमा रहेका छन् । बाँकी ३४ वटा गा.वि.स. हरु सामान्य पहाडदेखि विकट पहाडमा पर्दछन् ।
१.३ प्रशासनिक विभाजन
त्रियुगा नदीको किनारमा अवस्थित गाईघाट, बोक्सेमा सदरमुकाम रहेको यस जिल्लामा तिन संसदिय निर्वाचन क्षेत्र, ११ वटा जिविस इलाका, १ नगरपालिका र ४४ गाउँ विकास समिति छन् ।
उदयपुर जिल्ला प्रचिनकालमा उदयसेन नामक राजाले शासन गरेको क्षेत्र भनेर उनैको नामबाट उदयपुर रहन गएको भन्ने जनश्रुति रहेको छ । संसारको सर्वोच्च शिखर सगरमाथा रहेको सगरमाथा अञ्चलको मध्य भागमा आबस्थित यो उदयपुर जिल्लाको आफ्नै बिशेषताहरु र पहिचान रहेको छ । देशको सबै भन्दा ठुलो सिमेन्ट उद्योग “उदयपुर सिमेन्ट उद्योग” यस जिल्लामा रहेकोले यस जिल्लालाइ परिचय गराउन थप मद्दत पुगेको छ ।
यो जिल्ला नेपालको मान चित्र मा २६ डिग्रि २६’ ३९” देखि २७ डिग्रि १’ १०” उत्तरी अक्षांस, ८६ डिग्रि ०’ ९” देखि ८७ डिग्रि १’ ०” पुर्बी देशान्तरमा रहेको छ । यस जिल्लाको क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ । यस जिल्लाको पुर्बमा सुनसरी र धनकुटा, पश्चिममा धनुषा र सिन्धुली, उत्तरमा भोजपुर, खोटाङ र ओखलढुङ्गा र दक्षिणमा सिराहा र सप्तरी पर्दछन । उष्ण शितोष्ण र समशितोष्ण हावापानी पाईने यो जिल्लाको सरदर अधिक्तम तापक्रम ३८ डिग्री सेलिसियस र न्युनतम १६ डिग्री सेलिसियस छ भने बर्षा सरदर २१५२ मिलिलिटर रहेको देखिन्छ ।
यस जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिका स्थित गाइघाटमा रहेकोछ । यस जिल्लालाइ ३ वटा संसदिय क्षेत्र, ११ वटा ईलाका संख्या, १ नगरपालिका र ४४ वटा गविसहरुमा बिभाजन गरिएको छ । उत्तरमा माहाभारतको श्रृँखला वरीपरी चुरे पहाड श्रृँखलाहरुले घेरिएको हुँदा यस जिल्लालाई भित्री मधेशको रुपमा लिईन्छ। यो जिल्लाको कुल भुभाग मध्य भित्री मधेस करीब ५२% मध्य पहाडी क्षेत्र ४२% र तराइ तथा भाबर क्षेत्र ६% भु-भाग रहेको पाईन्छ।
प्राकृतिक श्रोत र सम्पदाः- कुनै पनि गाँउ, जिल्ला वा राष्टको उन्न्ती गर्न प्राकृतिक श्रोत र सम्पादाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उदयपुरको प्राकृतिक श्रोतको कुरा गर्दा जमिन्, खनिज पदार्थ, बन जङ्गल तथा जलश्रोतनै प्रमुख हुन आउछन । महाभारत पर्बत श्रृँखला देखि लिएर पहाड चुरे पर्बत्, ताल नदिनालाहरु, एवंम जिल्लाका ऐतिहासिक महत्वका स्थानहरु पर्यटन ब्यबसायकोलागि, पहाडी चुरे क्षेत्र पशुपालन र कृषि व्याबसाय र भित्री मधेशको उब्जाउ भुमी कृषि उत्पादनका लागि बिकास गर्न सकिने खालको रहेको छ । यस जिल्लामा बिभिन्न खानिज पदार्थको उपलब्धताको प्रचुर सम्भावना रहेको छ । तर त्यसको सर्बेक्षण, उत्खनन् गर्न भने बाँकी नै छ । जिल्लामा प्रसस्त मात्रामा रहेको चुनढुङ्गा खानिले देशकै ठुलो सिमेन्ट उद्योग संन्चालन भैसकेको छ ।
यस जिल्लाको उत्तरमा महाभारत पर्बत श्रृंखलामा पर्ने सबै भन्दा अग्लो चुचुरो चित्रेथाम हो । जसको उचाई करीब ७७७० फिट रहेको छ । जलश्रोतको दृष्टिकोणले यो जिल्ला धनी नै छ । यस जिल्लाको कुल भुमी मध्ये नदिनाला तथा खहरेले ढाकेको क्षेत्र २३.१३% रहेको छ । यस जिल्लामा बग्ने मुख्य नदिनालाहरुमा सप्तकोशी, रसुवा, त्रियुगा, बरुवा, ककरु, तावा, कमला आदी प्रमुख रुपले लिन सकिन्छ । ताल पोखरीमा रौता गबिसको करीब ५९०० फिटको उचाईमा रहेको रौताको पोखरी प्रमुख रुपमा लिन सकिन्छ । जसको पानी कहिले पनि सुक्दैन । धर्मिक रुप ले ठुलो श्रद्धा र बिश्वास रहेको यो पोखरिमा मनोकामना पुरा गर्न भक्तजनहरुको भिड लाग्ने, उदयपुर जिल्लाको आन्तरिक पर्यटनलाई बढावा दिने ठुलो सम्भावनाको रुपमा रहेको छ ।
त्यसै गरी अन्य तल पोखरीमा इनामे गाबिसको ताप्लिपोखरी, झिल्केपोखरी, आँपटार गाबिसको सुकेपोखरी, थानापोखरी जोगिदहको पोखरी प्रमुख रुपमा लिन सकिन्छ । बनजङ्गल एवंम जडिबुटिको क्षेत्रमा यो जिल्ला अत्यन्त धनी छ । यस जिल्लाको अधिकांस क्षेत्र अर्थात करिब ५३.७३% भु-भाग बनजङ्गलले ढाकिएको छ । जसमा साल, सिसौ, सिमल, बर,पिपल, खयर, हर्रो, बर्रो, गुरास, तेजपात, रिठ्ठा, पिपला, अमला, बेल, लालगेडी, बोझो, गुर्जो, घोडताप्रे आदी यस जिल्लाको बन जङ्गलमा पर्याप्त मात्रामा पाउन सकिन्छ । त्यसै गरी यहाँको बनजङ्गलमा अनेक प्रकारका बन्यजन्तुहरु र पंछीहरु पाईन्छ।
प्रमुख जनजाती र जनसख्याः-यस जिल्लामा क्षत्री, राई, मगर, थारु, ब्राम्हण, तामाङ्ग, कामी, नेवार, दनुवार, दमाई, सार्की, माझि, मुसहर, सुनुवार, थकुरी, सन्यासि आदी जनजातीहरुको बसोबास छ । त्यसै गरी यस जिल्लामा हिन्दू, बौद्ध किरात, ईस्लाम, क्रिस्चियन, जैन र अन्य धर्मका अनुयायि रहेका छन । यस जिल्लाको कुल जनसंख्या २,८८,१५२ रहेको छ जसमा पुरुष १,४३,७७० र महिला १,४४,३८२ पर्दछन । यस जिल्लामा कुल ५३,०८९ घरधुरी रहेको छ भने जनघनत्व भने ११० जना प्रती बर्ग किलोमिटर रहेको छ । यस जिल्लाको जनसंख्या बृध्दिदर भने २०.४% रहेको तथ्यांकले देखाउछ ।
स्वास्थ्यः-यस जिल्लामा स्वास्थ्यको क्षेत्रमा राम्रो ब्यवस्था देखिदैन। रहेका स्वास्थ्य केन्द्रहरुमा चिकित्सक, स्वास्थ्य कार्यकर्ता, स्वास्थ्य उपकरणहरुको अभाब रहेको देखिन्छ ।

उदयपुर जिल्ला तालिकामा
(१) भौगोलिक अबस्थिती
पूर्वपहाडी सिमाना जोडिएका जिल्लाहरु: भोजपुर, खोटाङ, ओखलढुङ्गा, धनकुटा, सुनसरी, सप्तरी, सिरहा, सिन्धुली
(२) क्षेत्रफल
२,०६३ बर्ग कि.मि.
(३) प्रशासनिक बिभाजन
गा.बि.स. संख्या : ४४
नगरपालिका संख्या : १
इलाका संख्या : ११
संसदीय निर्वाचन क्षेत्र संख्या :- ३
(४) जनसंख्या सम्बन्धी बिबरण
(२०५८ को जनगणना अनुसार)
जम्मा जनसंख्या : २,८७,६८९
महिला : १,४३,९३३
पुरुष : १,४३,७५६
५ बर्षुनीको जनसंख्या : ३६,२१२
७५ बर्ष सो भन्दा माथिको जनसंख्या : ३,५१२
घरपरिवार संख्या : ५१,६०३
औसत परिवार सदस्य संख्या : ५.५८
जनघनत्व (प्रति वर्ग कि.मि.) : १३९ जना
बार्षिक जनसंख्या बृद्धिदर : २.६३ प्रतिशत
शहरी जनसंख्या (प्रतिशत) : १९.२२
पुरुष महिला अनुपात : ९९.८८
(५) नेपालको जनसंख्यासंगको तुलना
नेपालको जनसंख्यामा जिल्लाको अंश (प्रतिशत) : १.२४
आश्रति जनसंख्या (प्रतिशतमा) जम्मा : ९१.८७
बालबालिका (उमेर ० -१४ बर्ष) : ८०.४९
बृद्धबृद्धा (उमेर ६० बर्षभन्दा माथि) : ११.३८
(६) शिक्षा
(२०५८ को जनगणना अनुसार)
साक्षरता (६ बर्ष वा सो भन्दा माथिको मात्र) (प्रतिशतमा) जम्मा : ५३.६
महिला : ४२.५
पुरुष : ६४.८
शैक्षिक वर्ष २०५९/६०
बिद्यालय संख्या : ३११
बिद्यार्थी संख्या : ६५,९४७
शिक्षक शिक्षिका संख्या : १,३५०
(७) स्वास्थ्य
(२०५८ को जनगणना अनुसार)
स्वास्थ्य संस्थाहरुको जम्मा संख्या : ४७
जनसंख्या प्रति स्वास्थ्य संस्था : ६,१२१
परिवार नियोजनका साधन प्रयोगगर्ने : २७.६८ प्रतिशत
बालबालिका महिला अनुपात : ५३२
पहिलो विवाह गर्दाको औसत उमेर महिला : १९.७३ बर्ष
पहिलो विवाह गर्दाको औसत उमेर पुरुष : २२.८७ बर्ष
१० -१४ बर्ष विवाहित जनसंख्या : ०.६४ प्रतिशत
(८) सुबिधा उपयोग गर्ने परिवारको प्रतिशत
(२०५८ को जनगणना अनुसार)
शौचालय प्रयोग गर्ने : २४.४
सुधारिएको स्रोतको खानेपानी प्राप्त : ६९.७
बत्तिको लागि विद्युत प्रयोग गर्ने : ३२.२
टेलिभिजन भएका : १२.३
रेडियो भएका : ३८.५
खाना बनाउन ठोस इन्धन प्रयोग गर्ने : ९२.७
(९) धर्म मान्नेहरुको जनसंख्या प्रतिशतमा
(२०५८ को जनगणना अनुसार)
हिन्दू : ७५.४३
बौद्ध : १२.२३
किराँत : १०.५०
क्रिस्चियन : ०.८०
मुस्लिम : ०.६०
अन्य : ०.४४
(१०) जातजाति
(२०५८ को जनगणना अनुसार)
प्रमुख पाँच जातजातिको जनसंख्या प्रतिशतमा
क्षेत्री : २१.०६
राई : १६.३८
मगर : १३.८१
थारु : ७.७६
तामाङ : ६.७७
(११) मातृभाषा
(२०५८ को जनगणना अनुसार)
प्रमुख पाँच भाषा बोल्नेको जनसंख्या प्रतिशतमा
नेपाली : ५३.०३
मगर : ११.९१
वान्तावा : ९.६७
थारु : ७.३१
तामाङ : ५.७१
(१२)आर्थिकक्रियाकलाप
(२०५८ को जनगणना अनुसार)
(उमेर १० बर्षवा सो भन्दा माथिको मात्र ) आर्थिक दृष्टिले सक्रिय जनसंख्या (प्रतिशतमा)
जम्मा : ५९.८८
महिला : ५१.३९
पुरुष : ६८.४७
(१३) प्रमुख पेशा (२०५८ को जनगणना अनुसार)
(प्रतिशतमा)
कृषि : ६९.२१
गैह्र कृषि : ३०.७९
(१४) कृषि सम्बन्धी बिबरण
(२०५८/५९)
कुल कृषियोग्य जमिन : ३०,०६५.४ हेक्टर
कुल कृषियोग्य जमिन मध्ये सिँचित क्षेत्र : ४९.५०
(१५) प्रमुख बाली लागेको क्षेत्रफल र उत्पादन
(२०५८)
बाली
क्षेत्रफल (हेक्टर)
उत्पादन (मे.टन)
धान
१२,३८३
३०,९७०
मकै
१४,५००
२३,४९०
गहुं
४,७५०
६,८४०
कोदो
१,५७०
१,८२७
जौं
३४
२६
आलु
६७०
५,७६२
(१६) पशुपंक्षी संख्या
(२०५८/५९)
गाईभैसीको संख्या : १,४८,५५२
भेडाबाख्राको संख्या : १,१०,७६६
हांसकुखुराको संख्या : २,९५,७६९
(१७) सडक सुबिधा
(२०५९)
जम्मा सडकको लम्बाई (कि.मि.) : १९९
(१८) हुलाक
(२०६०)
हुलाक कार्यालय संख्या : ४७
(१९) उद्योग
(२०५९)
ठूला उद्योगको जम्मा संख्या : २४
ठूला उद्योगमा रोजगारी संख्या : ८९३
(२०) अन्य
पर्वाञ्चलका पहाडी जिल्लाहरु मध्ये सबभन्दा बढी वाषिर्क जनसंख्या बृद्धि दर भएको ।



          

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

My Place का 8 वटा प्रतिक्रियाहरु

  1. jonathan rai भन्नुहुन्छ:

    la thik cha yar keep it up cheers…!!!!!!!!

  2. max rai भन्नुहुन्छ:

    तपाइको स्यानो यो प्रयासलाइ म सह्नाना गर्दछु, धन्यबाद राजु सोल्टि!!

  3. raju rai भन्नुहुन्छ:

    धेरै धेरै धन्यवाद तपाईंलाई मेरो प्रयासको सराहना गरी दिनु भएकोमा । यस्तै नजर रही रहोस यहाँको आगामी दिनहरुमा पनि ।

  4. david भन्नुहुन्छ:

    nice job………….

  5. Madan Rai भन्नुहुन्छ:

    thanks raju jee. i like so mouch. me madan khaling rai from chandragadhi jhapa .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: