“मुटुको भित्र”

अगस्ट 9, 2012

– राजु राई

 

सम्हालेर राख्या छु तिम्रो तस्बिर मुटु भित्र भित्र

केवल तिमी नै तिमी छौ यो मुटुको भित्र भित्र

 

चस्स पोल्दा निकाल्न खोज्दा पनि कयौ पटक

बिझी दिन्छ झन् काँडा सरि यो मुटुको भित्र भित्र

 

पिउनु त के नै पीए थिए र नशा जस्तो मैले ?

बिना पिएर नै मदहोशी फैलियो मुटुको भित्र भित्र

 

भ्रममा रहेछु यो मनको बाँध बाँधेर राख्या छु भन्ने

तिम्रो अनुभूति आँधी झै उर्ली आयो मुटुको भित्र भित्र

 

सम्हालेर राख्या छु तिम्रो तस्बिर मुटु भित्र भित्र

केवल तिमी नै तिमी छौ यो मुटुको भित्र भित्र

 


“फेरि आयो नव बर्ष उत्साह नै लिएर”

जनवरी 1, 2012

– आचार्य प्रभा

फेरि आयो नव बर्ष उत्साह नै लिएर
दुई हजार एघारलाई अन्तिम बिदा दिएर

जहाँ बसौं जे नै सोँचौं बदलिरन्छ समय
जसरी नि बाँच्नै पर्छ सुखी आसुँ पिएर

दुई हजार एघार साल जे जसरी बिते नी
बार्‍ह सालमा बाँच्नु पर्छ मनको घाउ सिएर

सबै मिली हाँसी खुशी बाँचौँ अब मिलेर
सुकी जाओस् मनको पिडा नास होस् खिएर

अतितको रिसराग तिलान्जली चढाई
जीवनलाई सार्थक बनाउँ सद्भावले जिएर


%d bloggers like this: