“केही मुक्तकहरु”

Jul 11, 2009

-राजु राई

“निशानी प्यारको”

नरोक तिमी यो जलिरहेको ब्यथालाई

यो त सजाय हो कसैको प्रतिक्षाको

नभन यसलाई मेरो पागलपन 

यो निशानी हो कसैको प्यारको

 

“तिम्रो ओठमा मेरो नाम”

 

ब्यथाहरु नै भए पनि तिमीले उपहार दिएको छौ 

खाली नै भए पनि मेरो हातमा बोतल थामिएको छ

म धोकाबाज हुँ भनी तिमीले सबैलाई भन्दै हिड्यौ तर

खुशी लाग्यो कम्तिमा तिम्रो ओठमा मेरो नाम त आएको छ

 

“धडकनको आवाज”

 

तिम्रो कुन्ठित जिन्दगीमा मलाई बोलाउनु

तिम्रो मिठो सपनामा मेरो तस्बीर सजाउनु

यदी मैले तिम्रो हृदयको हालखबर सोधे भने

तिम्रो हरेक धड्कनको आवाज मलाई सुनाउनु