“एकान्तमा रोएर”

Oct 30, 2009

-गोपाल कुमार प्रधान
7 JNP Road
पोस्ट अफिस कुर्सेयोङ, दार्जिलिङ

धप धप बल्ने यो मेरो मनको दियो
कता तिर उज्यालो पाउने यो मुटुले भनेको थियो
तिप तिप बर्षा जस्तै यो चोलिमा मूल फुट्यो
हसिलो, मुस्कान र् मिठो बोलिमा मन लुट्यो

धुनीवालाले तर बजाइ सिमल उडायो
दिलवालाले सार लगाइ महल बनायो
बियोगले मन कता उड्यो सम्हाल्न सकिन
सँयोगले भन सर्यो फुल फुल्दैन भन्दिन

सिरानी च्याती कहिले रुवाहरु सित रुमिलिए
कहानी पोखी अहिले भावनाहरु सित खोली दिए
पारीजात फुल्ने हो भने म तिम्रो साझ रोज्छु
झरिबाट खुल्ने हो म तिम्रो माझ बस्छु

मैले राखेको पात किताब भित्र सन्कल्प गरेर
पहिले प्रेमका साथ खिताब भित्र जादैन खिएर
तिमीले चाहे खोजी दिन्छु बल्न मुटुमा रहेर
तिमीले न चाहे निभेर बसी दिन्छु कतै एकान्तमा रोएर

 

-यहाहरुलाई यो लेख कस्तो लाग्यो । कृपया तल leave comment मा गई सुझाब चाँही छोड्न नबिर्सिनु होला ।


“मेरो सानो भनाइ अनि अनुरोध”

Oct 23, 2009

सर्बप्रथम त सम्पूर्ण मित्रजनहरुलाई न्यानो नमस्कार,

भन्नै पर्दा म कुनै साहित्यकार होइन, न त म कुनै कबिताकार नै हो, न त कथाकार नै । तर साहित्य रुचाउने एउटा पारखी चाँही भन्दा बेश होला जस्तो लाग्छ मेरो बिचारमा । तर पनि जिन्दगीको भोगाइबाट हामीहरुले धेरै कुरा सिकिदै जाने रहेछौ । त्यसैले कहिले काही यही जिन्दगीको तितो मिठो अनुभवहरुबाट जन्मिएको भावहरुलाइ मैले आफ्नो यस ब्लगमा राख्ने जमर्को गरेको छु । शायद तपाईंहरुको बिचारमा यो उपयुक्त साबित नहुन सक्छ । तर पनि सिर्जना त सिर्जना नै हो, चाहे त्यो ठूला साहित्यकारले गरेको होस या एउटा सामान्य मानिसले नै किन नहोस ।

मेरो बिचारमा कुनै पनि सिर्जनाहरु दिमागले लेखिने गरिदैन, यो त हृदयबाट निस्किने एउटा उपज हो । साहित्यको सिर्जना गर्न चाहनु हुन्छ र त्यस बखत तपाईंहरुले दिमाग लगाउनु हुन्छ भने शायद त्यो तपाईंको मुर्खता सिवाय अरु केही पनि कहिदैन । त्यसैले एक पटक मनले सोच्नु होस, सिर्जना आफसेआफ उब्जिएर आउने गर्छ ।

हुन सक्छ मेरो यो कुराहरु तपाईंहरुलाई सही नलाग्ला । यदी तपाईं सही अर्थमा साहित्य रुचाउनु हुन्छ भने, साहित्य प्रति झुकाब छ भने मेरो यस अभिब्यक्तिले चोट पुर्याउन गएको खन्डमा दुई हात जोडी माफी माग्ने छु किनकी मैले अगाडि नै भनी सकेको छु कि म कुनै साहित्यकार होइन ।

हुन त म सानै उमेर देखी नै कहिले काही साहित्य फाट्मा हात लगाइ रहने भएको हुँदा आज पनि त्यही प्रभावले कहिले काही आफ्नो काम र ब्यस्ततालाई थाती राख्दै सेतो क्यान्भाषमा कालो मसी दौडाउने प्रयास गर्छु । म भित्र साहित्य शब्दहरुको धेरै अभाव छ, तर पनि मनले सोचेर लेख्ने गर्छु । तसर्थ आफ्नो सिर्जना आफूलाई मन पर्छ, तर यहाँहरुलाई ……………………. यहाँहरुको जिम्मा ।

वास्तवमा यो कुरा सही अर्थमा नै लेखिएको हुन सक्छ । “जहा पुग्दैन रबि, त्यहा पुग्न सक्छ कबि” एक पटक मनले सोचेर लेख्ने प्रयत्न मात्र तपाईंले गर्नु होस, तपाईंले सोच्न पनि सक्नु हुन्न कि तपाईंको सोच कहाँ कहाँ पुगी रहेको हुन्छ । त्यस्तै मेरो मन पनि थाहा नै नपाई कहिले काही कहाँ कहाँ उडी रहेको हुन्छ, कहाँ कहाँ पुगी रहेको hunchha । त्यस बखत नै कुनै सिर्जनाको सिर्जना हुन पुग्छ मेरो हातबाट । त्यती खेर लाग्ने गर्छ मलाई लेख्न चाहेर लेख्न सकिदैन, लेख्छु भनेर बस्दैमा लेख्न सकिदैन कुनै पनि सिर्जना । किनकी यो दिमागको देन होइन, यो त हृदयको सिर्जना हो ।

र त्यही सिर्जनाहरुको म एउटा फूलबारी बनाउने प्रयत्न गरी रहेको छु, तर लाग्छ तपाईंहरुको सहयोग र सल्लाह, सुझाब बिना म अपूरो नै हुन्छु जस्तो लाग्छ । त्यसैले मेरो https://meropaila.wordpress.com/यो सिर्जानाको फूलबारीमा यहाँहरुलाई पटक पटक हेरी दिनु हुन, आफ्नो साथीभाइहरुलाई बाडी दिनु हुन अनुरोध गर्दै यहाँको सहयोग सदा सदैव मलजलको रुपमा पाइ रहने छु भन्ने कुरामा बिस्वस्त् छु ।


“ल, भुन्टेकी आमा ल”

Oct 22, 2009

तल लिखित कबिता मैले http://ilostangel.wordpress.com बाट साथी प्रकाश गौतम अशोक ज्यूको तस्ताको त्यस्तै सारेको छु । आशा गर्छु मलाई जति मन परेको छ, त्यति नै तपाईंहरुलाई पनि यो कबिता मन पर्ने छ होला ।


भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
तिमी मेलापातमा जाउ,
म भुन्टे फकाउँछु
खाजा तुल्याउँछु
घर सफा गर्छु
फुर्सद भयो भने,
बरु सिनेमा हेर्दिन्छु ।
एकान्तमा घोत्लिएर
अक्षर गाँठो पार्दै
कविता जस्ता कविता लेख्दिन ।

ल,
भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
इराक पड्किरहँदा,
छटपटिदैँ पिडाबोध गर्दिन ।
श्रिलंका डढीरहँदा,
“नाक पिरो भो” भन्दिन ।
अभाव र चित्कार सुन्दा,
लंगडो भइदिन्छु ।
छिमेकमा बन्दुक पड्कदा,
बहिरो भईदिन्छु ।
छोरीचेली बलात्‍कृत भए,
अन्धो भईदिन्छु ।
यो अत्याचार र शोषण
सजिलै सहिदिन्छु ।

ल,
भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
भित्र रुदैँ बहिर
गदगद भईदिन्छु ।
संसार यस्तै रहेछ,
म चित्त बुझाईदिन्छु ।

ल,
भुन्टेकी आमा, ल
म तिमीले भनेजस्तै गर्छु
एकान्तमा घोत्लिएर
अक्षर गाँठो पार्दै
कविता जस्ता कविता लेख्दिन ।
ल, भुन्टेकी आमा ल …


“संघर्ष यो जीवनको”

Oct 20, 2009

-गोपाल कुमार प्रधान
7 JNP Road
पोस्ट अफिस कुर्सेयोङ, दार्जिलिङ

आसुँ र हासोको दोभान जस्तै मोल यो जीवनको
संघर्षको भीडमा परेछु यो अन्धो भई प्रेमको परिणामको
कहाँ म पाउ तिमीलाई सधैं यो अङालोमा
बेदना प्यारको सताउछ मलाई छ उतिकै यो याताना

बित्दैन त्यो दिनहरु पनि अझै अब कति बिताउनु छ
मेटिदैन ति यादहरु तिम्रो मायाले अझै सताउनु छ
न भिजाउनु तिम्रो नयन मनको भक्कनो फुटाएर
उज्यालो यो दीपको बाल्नु छ जिन्दगीलाई चित्त बुजाएर

मनको ब्यथा मनमा राख के गर्नु अरुलाई सुनाएर
भाग्यको लगाम तान्नु छ हाम्रो विश्वाश अरुलाई दिलाएर
समयको घन्टी कहिले बज्ने निश्चय नै त्यो आवाज सुनौला
कालो रात छोडे पछी दिनको उज्यालो भै अवश्य बाचौला

संसारको त्यो रङमन्चमा भागी हुन पर्छ सम्पूर्ण यो जन
मिठो र तितो छ जिन्दगी के छ र रस यसको भन
माया र मामाताको भूवरी हो मरे पश्चात लम्पसार
छोड्नु छ चिनो तिम्रो र मेरो मायाको यो उपहार


“धोकेबाज”

Oct 19, 2009

-राजु राई
यो गीत मिती २०६५ असोज २० गते लेखिएको हो । 

नशा पिउदै तिमीलाई भुल्ने कोशीश गर्न थाले
छाती भित्र भएको ब्यथाहरु भुलाउन थाले
तर यो नशा पनि आखिरमा धोकेबाज निस्कियो
नशामा पनि तिमीलाई नै याद गर्न पो थाले

मुटु भित्र गडेको तिम्रो मायालाई निकाल्न चाहे
हर सासबाट निस्कने तिम्रो नाम रोक्न चाहे
तर यो धडकन पनि आखिरमा धोकेबाज निस्कियो
यो धडकनले पनि केवल तिम्रै नाम जप्न चाहे

 


“गीता (हिन्दूको महान ग्रन्थ)लाई सोध”

Oct 11, 2009

-गोपाल कुमार प्रधान
7 JNP Road
पोस्ट अफिस कुर्सेयोङ, दार्जिलिङ

 धुवामा उडायौ तिमीले मेरो प्यारलाई
सम्झना रहयो तिम्रो मेरो मुटुको यारलाई
कुरामा ऊडायौ गगनको त्यो छायालाई
देखेनौ खोलाई गहिराइको कायालाई 

टिल् टिल् गर्दै पात पात भई झर्यो आसुँ बररर
छन छन गर्दै टाढा रहयो माया पर्यो सधैं पर पर
सानु थियो हावाको झोकामा पात झर्यो झररर
सँगालेन तिमीले त्यो पतकर् छरप्रस्टियो माया वरपर

बोल्न नपाई खोल्न नपाई यो मेरो मनको ब्यथाहरु
मर्मले होइन धर्मले छपाइ बन्द भयो मेरो कथाहरु
किन रोप्न थियो मायाको फूल आखिर पिरितिको चिहान थियो
किन उदाउनु थियो मन उसको निम्ती न त त्यसमा बिहान थियो

न त आकाश न त पातल त्यो क्षितिज भयो
न त रात न त दिन उसको नमा निशा थियो
मैले पनि पोखी दिए कथा गीत बनेछ सोध बिणालाई
कहिले कसम राखे तिरौला ऋण प्यारको सोध गीतालाई